

परम्परागत शैलीको योजनाले कर्णालीको विकास हुदैनः मुख्यमन्त्री शाही
-
खबरडबली संबाददाता
-
मंसिर १७ गते, २०७५ - १५:०९

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले परम्परागत शैलीको योजना निर्माण र लगानीले कर्णालीको विकास असम्भव रहेको बताएका छन् । कर्णाली प्रदेश राजधानी सुर्खेतमा सोमवार भएको एसियाली विकास वैंकको नेपालका लागि प्रस्तावित साझेदारी रणनीति ९२०२०–२०२४० का सन्दर्भमा संघीय, प्रदेश, स्थानीय सरकार तथा सरोकारवालहरुसंगको छलफल तथा परापर्श कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि द्रुतमार्गको प्रयोग अपरिहार्य भएको बताएको हो ।
विकास वैंकले नेपालमा ठुलो मात्रामा लगानी गरेको भएपनि त्यसको परिणाम नदेखिएको भन्दै मुख्यमन्त्री शाहीले अवको लगानी प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा गर्नुपर्ने बताए । ‘नेता र पहुँचको आधारमा टुुक्रे योजनामा लगानी गरेर कर्णालीको समृद्धि हुनेवाला छैन ।’ मुख्यमन्त्री शाहीले भने–‘एउटा मात्रै भएपनि तर्पाईहरु पुर्वाधारको क्षेत्रमा लगानी गर्नुहोस ।’
कर्णाली प्रदेशमा सडक, विद्युत, उद्योग, पर्यटन र कृषि क्षेत्रका ठुला परियोजनामा लगानीको आवश्यकता रहेको वताउदै मुख्यमन्त्री शाहीले एशियाली विकास वैंकको आगामी रणनीति यस तर्फ केन्द्रीत हुनुपर्ने सुझाव दिए । ‘पेपर वर्क’ र ‘अफिस वर्क’ले कर्णालीले चाहेको गतिमा समृद्धि संभव नभएको वताउदै मुख्यमन्त्री शाहीले एशियाली विकास वैंकका प्रतिनिधिहरुलाई भन्नुभयो–‘तपाईहरुले देखिनेगरि पुर्वाधारका क्षेत्रमा लगानी गरिदिनुस, कम्तीमा कोहलपुर–सुर्खेत सडकलाई ६ लेनको वनाईदिनुस ।’
फाष्ट ट्रयाकवाट कर्णालीको विकास र आर्थिक समृद्धि हाँशील गर्ने प्रदेश सरकारको योजना रहेको वताउदै मुख्यमन्त्री शाहीले सरकारको प्राथमिकताका क्षेत्रमा दाताहरुले लगानी गर्नुपर्ने धारणा राखे । आफुहरुले योजना आयोग समेत निर्माण गरिसकेको र छिटै परियोजना वैंक तयार गरेर विकास निर्माणको प्राथमिकता सुची निर्माण गर्ने उनको भनाई छ ।
कर्णालीको गरिवि र विकटता वेचेर व्यक्तिगत समृद्धि हाँशीले गर्ने प्रवृत्ति हावी रहेको वताउदै मुख्यमन्त्री शाहीले परिणाममुखी काममा मात्रै हात हाल्न दाताहरुलाई आग्रह गरे । मुख्यमन्त्री शाहीले प्रदेश सरकारको तर्फवाट दाताहरुको लगानीको सदुपयोग गर्न र पारदर्शीताका साथ परिणाममुखी कार्य गर्न प्रतिवद्ध रहेको बताए ।
एशियाली विकास वैंकका नेपाल आवासीय नियोग राष्ट्रिय निर्देशक मुख्तोर हामुदखानोभले स्वागत गरेको कार्यक्रममा नेपालका लागि एशियाली विकास वैंकको प्रस्तावित राष्ट्रिय साझेदारी रणनीतिवारे प्रमुख अर्थशास्त्री शरद भण्डारी प्रष्ट पारेका थिए ।
कार्यक्रममा कर्णाली प्रदेश सभाका सभामुख राजवहादुर शाही, प्रदेश सरकारका प्रवक्ता एवं भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, प्रदेश सभा सदस्यहरु, प्रदेश सरकारका सचिवहरु, विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
६ प्रदेशका प्रमुखहरु किन पुगे शीतलनिवास ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न ६ वटा प्रदेशका प्रदेश प्रमुखहरु शितल निवासमा पुगेका...फुटबल टोलीका मुख्य प्रशिक्षक योहान बिहीबार नेपाल आउने
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिन बिहीबार नेपाल आउने भएका छन्...‘बाँदर समाऔँ अभियान’ सुरू
खोटाङ । भारतबाट झिकाइएका शिकारीद्वारा यहाँ बाँदर समात्न थालिएको छ । केही वर्षयता किसानले लगाएका अन्नबाली...डा. गोविन्द केसी फेरि अनसन बस्ने चेतावनी, हेर्नुहोस् विज्ञप्ति
काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले अनसनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयनको माग...नेता पराजुलीको निधनप्रति दुःख व्यक्त
काठमाडौँ। नेपाली काङ्ग्रेसले पार्टीका नेता बारा निवासी दण्डपाणि पराजुलीको निधनप्रति दुःख व्यक्त...कश्मीर आक्रमण: अस्थिरता बढ्दा बाँकी विश्व किन चिन्तित हुन्छ ?
भारत । कश्मीर विश्वमा सबैभन्दा बढी सैनिकीकृत क्षेत्रमध्ये एक हो। त्यहाँ भारत र पाकिस्तानजस्ता दुई...सुन तस्करिका केही ठूला माछाहरु अझै पनि जाल बाहिरनै छन् – गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीमा संलग्नलाई पक्राउ गर्ने प्रक्रिया जारी रहेको...दश ग्राम ब्राउन सुगरसहित छ जना पक्राउ
सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज १० ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित छ जनालाई पक्राउ...ट्रम्पको कार्यकालमा राष्ट्रिय ऋणको भार अहिलेसम्मकै उच्च, रिपब्लीकन पार्टी भने चुपचाप
वासिङ्टन। अमेरिकी राष्ट्रिय ऋणको भार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अझ वृद्धि भएर २२ हजार...वर्तमान सरकार पुर्ण रुपमै असफल भएको डा. भट्टराईको दाबी
रुकुम। नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्राईले गर्नैपर्ने र सजिलो काम पनि गर्न नसको...
