/  Wed, December 19, 2018

बुवालाई पठाएको चिठ्ठि कसरी पुग्यो स्वर्गमा ? हुलाकले दियो यस्तो जवाफ

“स्वर्गमा” आफ्ना बुवालाई जन्मदिनको सन्देश चिठ्ठीमार्फत् पठाएका एकजना बालकले हुलाकबाट ‘उक्त पत्र सुरक्षित रुपमा पुग्यो’ भन्ने जवाफ पाए।

‘रोएल मेल’ नामक ब्रीटेनको हुलाक सेवाले उक्त पत्र पुगेको भनी जवाफसहितको पत्र ती बालकलाई पठाएको हो।

वेस्ट लोथियानका सात वर्षीया जेस हाइण्डमनले उनले पठाएको पत्रले निकै कठिन यात्रा पार गरेर बुवा जेम्ससम्म पुगेको भन्ने जवाफ पाए।

उनकी आमा टेरी कोपल्याण्डले भनिन्, “मैले भन्नै सक्दिनँ उ आफ्नो बुवाले त्यो सन्देश पाए भन्ने थाहा पाउँदा कति भावुक भयो भनेर।”

जवाफ

“रोएल मेलले मानवता छ भन्ने मेरो विश्वास पुर्स्थापित गरिदियो।”

जेसले आफ्ना बुवालाई लेखेको पत्र “स्वर्गमा” पुर्याउन गरेको अनुरोधमा रोएल मेलका शन मिलिगनले लेखेका छन्: “म तपाईँलाई सम्पर्क गर्ने यो अवसरमा हामीले कसरी तपाईँको स्वर्गमा रहेका बुवालाई पत्र पठाउन सफल भयौं भनेर बताउन चाहन्छु।”

“स्वर्ग पुग्ने बाटोमा आउने ताराहरू र अन्य आकाशगंगाका विभिन्न चीजहरूलाई पार गर्न यो कठिन चुनौती थियो,” उक्त पत्रमा लेखिएको छ।

निष्कर्षमा लेखिएको छ: “म सुरक्षित रुपमा पत्रहरू स्वर्ग पुर्याएको आश्वस्त पार्नसक्ने सबै कुराहरू निरन्तर गर्नेछु।”

रोएल मेलले जेसलाई जवाफ पठाएको पत्रसम्बन्धी फेसबुक पोष्ट दुई लाख भन्दा बढी पटकसम्म श्यर गरिएको छ।

‘भावुक’

जेस र उनकी १० वर्षीया दिदी निभले आफ्नो बुवाको सन् २०१४ को मे महिनामा निधन भएयता सधैँ जन्मदिन मनाउने गरेका छन्।

कोपल्याण्डले भनेकी छन्: “उ निकै भावुक बन्यो र भनिरह्यो ‘मेरो बुवाले साँच्चै मेरो पत्र पाउनुभयो आमा’… मैले जेस र निभलाई सधैँ भनेको छु तिमीहरूले कसैलाई उपहार दिन नपाए पनि क्रिस्मस र जन्मदिनमा सधैँ कार्डमार्फत् सन्देश पठाउनु निकै राम्रो हो।”

“म चाहन्छु मानिसहरूले महसुस गरून् की कसैको एउटा सानो दयालु कामले कसैको जीवनमा कति उत्कृष्ट असर पार्नसक्छ… रोएल मेलले त्यसमा भाग लियो र त्यसले मलाई निकै सहज बनाएको छ।” बीबीसी

मंसिर १६ गते, २०७५ - १५:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केपी ओलीमाथि ‘शब्द आक्रमण’: कतिले प्रहार गरे, कतिले जोगाए ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी समिति बैठकमा आज बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री...   
भारतलाई अस्ट्रेलियाले १४६ रनले हरायो

भारतलाई अस्ट्रेलियाले १४६ रनले हरायो

दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले भारतलाई एक सय ४६ रनले हराएको छ । दोस्रो टेस्टको पाँचौं...   

यी हुन् सम्मानित हुने चार न्यायाधीश

काठमाडौं । न्याय परिषद्को २८औँ दिवसका अवसरमा चार उत्कृष्ट न्यायाधीशलाई आज सम्मान गरिएको छ । प्रधानन्यायाधीश...   

के शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिदैंछन् ?

काठमाडाैं । प्रदेश ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का स्थायी कमिटी सदस्य शंकर...   

कांग्रेस महासमिति बैठकस्थल सर्योः प्रवक्ता शर्मा भन्छन्-फेरि बैठक फेरि सुरू भइसक्यो

काठमाडाैं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । विधान संशोधनबारे शीर्ष तहमा आज विहान सहमति...   

एक सातादेखि विद्युत् अवरुद्ध

बाजुरा । बाजुराको बडिमालिका नगरपालिकामा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको यन्त्रमा खराबी...   

चिनियाँ राष्ट्रपति सी जिनपिङले दिए यस्तो चेतावनी

बेइजिङ । चिनीया राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनैपनि मुलुकले हस्तक्षेप...   

के-के भयो नेकपाको बैठकमा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमाथिको...   

दोहोरो अंकले घट्यो शेयर

काठमाडौं । आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार...   

१२ दिनदेखि बालिका बेपत्ता

इलाम । इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् । सन्दकपुर गाउँपालिकास्थित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top