Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

पहिलो डेटमा किन पुरूषले नै खर्च गर्छन् ? २७ वर्षीया लेखिकाको अनुभव

जब मैले डेटिङ गर्न सुरु गरेँ तब मेरी आमाले मलाई खानपिन कहिले पनि निःशुल्क हुँदैन भन्ने गर्नु गर्थिन् । उनले भन्थिन्, ‘धेरै पुरुषले यो सोच्नेछन् कि तपाईंले यसको बदलामा केही दिनैपर्छ ।’ मलाई थाहा थियो, मेरी आमाले मेरो मनमा कुनै घृणा पैदा गर्न चाहन्नँथिन् । तर जतिबेला म कोही नयाँ व्यक्तिलाई भेट्थें, उनको सल्लाह सुनेर मलाई रिस उठ्थ्यो । डेटिङका बेला पाँच डलर पर्ने बियरको बिल तिर्दा पुरुषप्रति पैदा हुने कर्तव्यबोधबाट स्वतन्त्र हुन मलाई निकै समय लाग्यो । म त्यस्तो युवती हुँ जसले १४ वर्षको उमेरमा डेटिङ गर्न सुरु गरेकी थिएँ । यसकारण एक शानदार साथी खोजी गर्न कस्ता कुराहरु चाहिन्छ त्यसबारे मलाई राम्रोसँग थाहा छ । अहिले एप्स र अनलाइन समूदायका कारण मानिसहरुका लागि आफूलाई मनपर्ने साथीसँग डेटमा जानु निकै सजिलो भएको छ । तर पहिलो डेटमा बिल कसले तिर्ने भन्ने विषयमा सधैं बहस हुन्छ । क्यानडाको टोरोन्टोमा बस्ने २७ वर्षीया लेखिका एन रुचेटोले आमाको सल्लाह पाएको थुप्रै वर्षपछि पहिलो डेटमा पुरुषले नै खानाको बिल तिनुपर्ने निष्कर्ष निकालिन् । कसले तिर्नुपर्छ बिल ? ‘महिलाले पुरुषले झैं बराबरीको हक पाउनुपर्छ । हामीले डेटको क्रममा आफ्नो बिललाई आधा–आधा बाँड्नुपर्छ’ । म यस्तो सोच भएकी महिला हुँ । म यस्तो रेष्टरेन्टको खोजीमा हुन्छु जहाँ बिलको आधा रकम चुकाउन सकियोस् । तर पाँच वर्षअघि मेरा साथी र शिक्षकले मलाई यस्तो विचारबाट अवगत गराए जसले मेरो सोचलाई चुनौती दियो । मैले बेल हुक्स उपनामबाट लेख्ने ग्लोरिया जीन वाटकिंसजस्ता महिलावादी लेखिकालाई पढ्न सुरु गरेँ । उनीहरुलाई पढ्दै गर्दा मैले सोचें कि वर्तमान ढाँचाका कारण समाजमा कसलाई सबैभन्दा धेरै फाइदा भइरहेको छ । वाटकिंस र अन्य लेखकलाई पढ्दै गर्दा मैले व्यक्तिगत लेनदेनदेखि हरेक स्तरमा शक्तिको समिकरणले कसरी काम गर्छ भन्ने बारे पनि मैले सोच्न सुरु गरें । \"\"   अत्यधिक खर्चिलो जीवनशैली पुरुषको तुलनामा महिलाको तलब कम हुन्छ । क्यानडामा यदि एक पुरुषको औसत आय एक डलर हुन्छ भने महिलाको औसत आय ०.०९ क्यानडियन डलर मात्र हुन्छ । तर यसको अर्थ यो होइन कि हाम्रो जीवनशैली पुरुषको तुलनामा सस्तो छ । कतिपटक महिलाको जीवनशैली पुरुषको भन्दा महँगो हुन्छ । महिलाको व्यवहार र रुप–रंगका लागि जे अपेक्षा गरिन्छ त्यसका कारण महिलाले खर्च गर्नुपर्छ । महिला पुरुषभन्दा सहज, समझदार, सजग र मिलनसार हुनुपर्ने अपेक्षा राखिन्छ । यतिमात्र होइन, डेटिङका बेला हुने खर्चलाई महिला भर्सेस पुरुषको मद्दा बनाउन सकिँदैन । हाम्रो आर्थिक, सामाजिक, लैंगिक र नागरिकताको आधारमा यसबारे भिन्न अनुभव हुन्छ । समानता र समता दुई भिन्न कुरा हुन् । यदि दुई व्यक्तिले समान जुत्ता पाइरहेका छन् भने त्यो समानता हो तर हरेक व्यक्तिले आफ्नो खुट्टामा फिट हुने जुत्ता पाउनु न्यायसंगत हो । उत्कृष्ट सम्बन्धका लागि मानिसहरु समता हाँसिल गर्न कोसिस गर्छन् । एकपटक म एक पुरुषसँग पहिलो डेटम थिएँ । उनले धेरैजसो समय आफ्नो स्पोर्टस् कार र यात्राको बयान गरेर बिताए । त्यसपछि जब बिल तिर्नुपर्ने समय आयो तब उनले बिलको रकम बाँड्नुपर्ने बताए । यो सुनेर म सोचमा परेँ । रोचक कुरा के छ भने यस्तो समृद्ध परिवारका ती पुरुषले मेरा साथीहरुबीच आफू महिलावादी भएका कारण खर्च बाँड्नुपर्ने पक्षमा भएको घोषणा गरे । पुरुषले चाहे यो कुरा मानून् या नमानून् तर पुरुषको तुलनामा महिलाको तलब थोरै हुन्छ । यतिमात्र होइन, पुरुषले यो पनि मानून् या नमानून्, यसले पुरुषलाई प्रत्यक्ष फाइदा पुर्याइरहेको छ । तर पुरुष मेहनत गर्दैनन् वा उनीहरुले नै सधैं बिल तिनुपर्छ भन्न खोजिएको होइन । यदि मभन्दा कम तलब पाउने पुरुषसँग यदि म डेटमा जान्छु भने म बिलको आधा रकम तिर्न तयार छु । साथै, यदि पहिलो डेटको बिल तिरेपछि यदि कुनै पुरुषले ममाथि अपेक्षा राखिरहेको छ भने म उनलाई बिल देखाउन सुझाव दिन्छु । त्यसपछि उनीसँग कुनै पनि प्रकारको सम्बन्ध राख्दिनँ । यस्ता पुरातनवादी सोचले बताउँछ कि यस्ता पुरुष महिलाको सम्मान र उनीहरुको सहमतीलाई महत्व दिँदैनन् । \"\"   शक्तिको असन्तुलनलाई चुनौती मैले अहिलेसम्म महिला र पुरुष दुबैलाई डेट गरिसकेको छु । तर जब म कुनै महिला वा लैंगिक–विविधता भएका व्यक्तिसँग डेटमा जान्छु तब हामी बिल तिर्नका लागि झगडा गरिरहेको पाउछौँ । यसमा मलाई हाँसो लाग्छ । म आफ्ना साथी ज्याकसँग पछिल्लो एक वर्षदेखि सँगै छु । जब उसले मलाई आफू जनावर प्रेमी हो भन्दै उनका साथीबारे, श्रम अधिकारबारे कुरा गरे तब मलाई निकै राम्रो लाग्यो । हाम्रो पहिलो डेटमा उनैले बिल तिरेका थिए र दोस्रो भेटमा मैले । अहिले हामी बाहिर घुम्न जाँदा वा एक अर्काको घरमा जाँदा आफ्नो क्षमताको आधारमा खर्च बाँड्छौं । भविष्यमा यो परिवर्तन हुनसक्ला तर हामीबीच एक सन्तुलन कायम भएको छ । हाम्रो उद्देश्य यो हो कि हामी दुबै सम्मानित महसुस गरौं र कसैलाई पनि आफ्नो फाइदा उठाइँदै छ भन्ने नलागोस् । हामी राम्रा मानिसहरुसँग समय बिताउन चाहन्छौं भने शक्तिको असन्तुलनलाई चुनौती दिनु प्रत्येक सम्बन्धको लागि अत्यावश्यक हुन्छ । पहिलो डेटमा कसले पैसा खर्च गर्नेछ, त्यसले सम्बन्धका नियम निर्धारण गर्दैन । डेटपछि जब मानिसबीच एक तालमेल बन्छ तब मानिसहरु त्यो समिकरणको खोजी गर्न सक्छन् जुन दुबैको दष्टिकोणमा ठिक हुन्छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies