Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

टेडविमिन: औसत हुनु किन ठीक हो ?

स्कुलमा औसत अङ्क ल्याउने र कार्यालयमा कहिल्यै पनि अब्बल देखिन नसकेका मध्यमस्तरका मानिसहरूको अमेरिकाको क्यालिफोर्नियास्थित पाम स्प्रिङ्समा भएको टेड विमिन सम्मेलनमा आवाज उठाइएको थियो ।

सामाजिक अभियन्ता डेनियल मस ली त्यस्ता औसत मानिसहरूका लागि बोलिदिन मञ्चमा पुगिन् र ती मध्यमस्तरका मानिसले पनि अझ धेरै योगदान कसरी गर्न सक्छन् भन्ने बाटो देखाइदिन भनिन् । \"अब्बलहरू याद भइहाल्छन् र एकदमै नजान्नेहरूले थप सहायता पाउँछन् तर संख्यामा धेरै हुने मध्यमस्तरका बालबालिकाबारे कसैले पनि सोच्दैन ।\" त्यस्ता मानिसहरूले स्कुल र कार्यालयमा मूल्यवान योगदान पुर्‍याउन सक्छन् तर तिनीहरूलाई बेवास्ता गरिन्छ । मस ली ले भनिन्, \"उनीहरूको क्षमता तिखार्नका लागि हामीले विभिन्न उपायहरू अपनाउनुपर्छ ।\" टेड विमिन नामक सम्मेलन क्यालिफोर्नियाको पाम स्प्रिङ्समा नोभेम्बर २८ देखि ३० तारिखसम्म भएको थियो जहाँ परिवर्तनका संवाहक हुन खोज्ने विभिन्न क्षेत्रका महिला र किशोरीहरूले भाग लिएका थिए । उनले टेडविमिनमा भाग लिन आएकाहरूलाई आफू स्वयं पनि एउटा औसत विद्यार्थी रहेको बताइन् । \"म कलेज पढ्दा एकजना विज्ञान शिक्षककोमा पुगेँ र उनले म कुन कलेजमा पढेको भनेर विश्वासै गर्न सकेनन् । त्यस बेलासम्म मैले आफू कत्तिको ‌औसत विद्यार्थी थिएँ भन्ने बुझ्नै सकेकी थिइनँ ।\" उनको औसत अङ्कका कारण आमाले उनलाई बाध्य भएर अतिरिक्त क्रियाकलापमा लगाउन खोजिन् । \"मलाई कुन काम मन पर्छ भन्ने थाहा पाउन उहाँले मलाई कार्यक्रमहरूमा पठाउनुभयो ।\" त्यसले मसलाई उनको रुचि लेखनमा रहेछ भन्ने थाहा भयो र उनी विश्वास गर्छिन् मध्यमस्तरका विद्यार्थीहरूमा केही हुन्छ जसले उनीहरूलाई उम्दा बनाउँछ । उनले भनिन्, \"मध्यभाग कहिल्यै पनि स्थायी ठाउँ हुनसक्दैन ।\" तर अन्यले भने विमति जनाउँछन् र औसत मानिसहरूले उम्दा काम गर्न सक्दैनन् भनेर स्वीकार्नुपर्ने ठान्छन् । \"धेरै मनोवैज्ञानिक विशेषताहरू समान रुपमा बाँडिएका हुन्छन् । त्यो भनेको जनसंख्याको ठूलो हिस्सामा औसत बौद्धिकता र नेतृत्व क्षमता हुन्छ,\" लण्डनको युनिभर्सिटी कलेजमा व्यापार मनोविज्ञान पढाउने एकजना प्राध्यापकले बताए । उनलाई लाग्छ कि हालैका वर्षहरूमा उत्कृष्ट हुन सामाजिक दबाब बढ्दो छ । उनले भने, \"सन् १९५० को दशकमा १२ प्रतिशत कलेजका विद्यार्थीहरूले आफू महत्त्वपूर्ण मानिस हो भनी व्याख्या गर्थे भने अहिले त्यो प्रतिशत बढेर ८० पुगेको छ ।\" सबैजना उस्तै स्तरमा उत्कृष्ट हुन सक्दैनन् भनी मानिसहरूले स्वीकार्न सके उनीहरू खुसी हुने उनी ठान्छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies