Khabar Dabali Logo
  October 21, Mon

अष्टावक्रगीताको नेपाली अनुवाद सार्वजनि

काठमाडौँ ।  संस्कृत र नेपाली साहित्यका अध्येता प्राध्यापक शिवगोपाल रिसालद्वारा विशेष विवरणसहित नेपाली भाषामा अनुवाद र व्याख्या गरिएको ‘अष्टावक्रगीता’ पुस्तक सार्वजनिक भएको छ ।
पशुपतिनाथ क्षेत्रमा आइतबार आयोजित एक विषेश समारोहमा महेश सन्न्यास आश्रम, देवघाटका स्वामी मधुसुदनानन्द गिरिले सो पुस्तक सार्वजनिक गरेका हुन् । संस्कृत भाषामा रहेको राजा जनक र ब्रह्मर्षि अष्टावक्रको सम्वादलाई प्राध्यापक रिसालले नेपाली भाषामा अनुवाद गरी त्यसमाथि विशेष टिप्पणी सहितको व्याख्या गरेका छन् । उक्त पुस्तक महेश सन्न्यास आश्रम, देवघाटले प्रकाशन गरेको हो ।

सो पुस्तकमा मिथिलाका राजा जनक र ब्रह्मर्षि अष्टावक्रबीचको सम्वाद समेटिएको छ । अष्टावक्रले राजा जनकको राजसभामा आफ्नो अनुपम विद्वता प्रदर्शन गरेर सभामा उपस्थित सबै विद्वानलाई चकित पारेका थिए । अष्टावक्रगीता अरु गीताजस्तो साधनाको क्षेत्रमा भन्दा पनि चिन्तनको दृष्टिले गहकिलो मानिन्छ । मानिसले ज्ञान, सिद्धि र मोक्ष कसरी प्राप्त गर्नसक्छ भन्ने बारेमा ब्रह्मर्षि अष्टावक्रले सजिलोसँग बाटो देखाउने प्रयत्न गरेको विद्वतापूर्ण बहसलाई यस पुस्तकमा समेटिएको छ ।

स्वामी मधुसुदनानन्दले पुस्तक नेपालीमा अनुवाद गरेर प्राध्यापक रिसालले वैदिक सनातन धर्म तथा संस्कृत वाङ्मयको संरक्षण र सम्बद्र्धनमा ठूलो गुन लगाउनु भएको बताए । प्राध्यापक रिसालले आफूले नेपाली भाषीलाई पाठ पढाउन नभई ज्ञानी बनाउने उद्देश्यका साथ अष्टावक्रगीतालाई नेपाली भाषामा अनुवाद गरी त्यस कृतिको महत्वको विशेष विवरण र व्याख्या समेत गरेको बताए ।

यत्रो ठूलो र महत्वको ग्रन्थ नेपाली भाषामा अनुवाद उपलब्ध नभएकाले निकै लामो समयको साधनासहित पुस्तक तयार पारेको प्राध्यापक रिसालले बताए ।

मंसिर १० गते, २०७५ - १४:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यसकारण दिँदैन विवाहले स्थायी खुसी

यसकारण दिँदैन विवाहले स्थायी खुसी

के तपाईं आफ्नो जीवनमा कसैलाई समावेश गर्ने तयारीमा हुनुहुन्छ रु यदि प्रश्न ‘हो’ मा आउँछ भने तल दिइएका...   

नरभक्षी चितुवा नियन्त्रणमा गम्भीर बन्न ध्यानाकर्षण

दमौली । तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा लगातार चितुवाको आक्रमण बढेपछि नेपाली काङ्ग्रेसका...   

नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न

काठमाडौ । दलित समुदायको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने र सम्बन्धित देशमा जातीय छुवाछूत कानून...   

प्रसारण लाइन निर्माण गर्न पुनः बोलपत्र

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले कूल २२० केभी क्षमताको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन...   

पर्यटकको रोजाइमा तालपोखरा

बेझाड । रामपुर घुम्न आउने धेरैजसो व्यक्ति तालपोखरा पुग्ने गर्छन् । तालपोखरामा डुङ्गा नचढिकन फर्कने...   

सत्तारुढ नेकपाले भोली चियापन गर्दै

काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका...   

विद्यालयमा तालाबन्दी

लहान । विद्यालय व्यवस्थापन समितिका असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले सिरहाको सखुवानन्कारकट्टी...   

आन्तरिक पर्यटकले भरियो पोखरा

पोखरा । उत्तरतर्फ टलक्क टल्कने हिमाल, फेवातालमा डुबुल्की मारेको माछापुच्छ्रे मात्र नभई लेखनाथ क्षेत्रका...   

गैँडाको आक्रमणमा परी एकको मृत्यु, एक घाइते

कावासोती । गैँडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक सख्त...   

लागुऔषधसहित तीन युवक पक्राउ

सिराहा । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट तीन युवकलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top