Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

श्वासप्रश्वास र आँखाका बिरामी ह्वात्तै बढ्दै

बर्दिवास। महोत्तरी जिल्लामा श्वासप्रश्वास र आँखाका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । जिल्लाको सुदूर उत्तरी क्षेत्रको बर्दिवास नगरपालिकादेखि सुदूर दक्षिणी भेगको जलेश्वर नगर क्षेत्रका सबैजसो ठाउँमा अहिले श्वासप्रश्वास र आँखाका बिरामीको सङ्ख्या निकै बढेको अस्पताल र स्वास्थ्य संस्थाले जानकारी दिएका हुन् । बर्दिवास नगर क्षेत्रका सरकारीदेखि निजी क्षेत्रका अस्पतालमा दिनहुँ स्वास्थ्य जाँच र उपचारका लागि पुग्नेमध्ये धेरैजसोमा श्वासप्रश्वास र आँखाको समस्या पाइने गरेको चिकित्सक र स्वास्थ्यकर्मीको भनाइ छ । पछिल्लोपटक मङ्सिर लागेपछि चिसो बढेसँगै दिनहुँजसो २५/३० सङ्ख्याको हाराहारीमा जाँचका लागि आउने नयाँ बिरामीमध्ये धेरैजसोमा श्वासप्रश्वास र आँखाको समस्या पाइने गरेको बर्दिवास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारीले जानकारी दिए । खासगरी धूमपानको लत भएका महिला, चिसो बढेसँगै राम्रो सम्भार नपाएका ५० वर्ष उमेर कटेकामा श्वासप्रश्वासको समस्या भेटिने गरेको बर्दिवास अस्पतालले जनाएको छ । जताततै लगातार उड्ने धूलो, धुँवाबाट बचेर हिँड्ने स्वास्थ्य सजगता नअपनाउँदा, मौसमअनुसार खानपान, लवाइ र अन्य आहार व्यवहारमा ध्यान नदिँदा श्वासप्रश्वासका थप बिरामी बढ्दै गएका बर्दिवास अस्पतालकै मेडिकल सुपरिटेण्डेन्ट डा विधानचन्द्र झा बताउछन् । यसैगरी बर्दिवास आँखा अस्पतालका सञ्चालक मुकुन्दप्रसाद पौडेलले मङ्सिर लागिकन आँखाका बिरामी निकै बढेका बताएका छन् । जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वर जिल्ला अस्पताल, गौशाला र सम्सीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र जिल्लाका १५ वटै स्थानीय तहमा रहेका स्वास्थ्यचौकी र अन्य निजीस्तरमा सञ्चालित अस्पतालमा पनि श्वासप्रश्वास र आँखाका बिरामी आउने क्रम बढेको छ । जिल्लाका सबैजसो मुख्य सडकमा उड्ने धुलो, जाडो छल्न प्लास्टिक, भिजेका पतिङ्गर, पुराना टायर र फोहर लुगामा आगो सल्काएर तापिने ‘घुर’को धुँवाले श्वासप्रश्वास र आँखाको समस्या बढाएको जलेश्वर जिल्ला अस्पतालका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झा बताछन् । यस्तो स्वास्थ्य समस्या दलित र गरीबको झुपरबस्ती (पराले झुप्राका बस्ती) मा बढी देखिएको झाको भनाइ छ । चिसो बढेसँगै धूलो र धुँवाका कारण बढेको स्वास्थ्य समस्या आहार व्यवहारबाट नियन्त्रण गर्न सकिने चिकित्सकको भनाइ छ । “घरबाट निस्कनासाथ जताततै धूलो उडिरहेको देखिन्छ तर आम नागरिक मास्क लगाउने गर्दैनन्” बर्दिवास अस्पतालका मेसु डा झाले भने, “यसले गर्दा श्वासप्रश्वाससँगै जटिल स्वास्थ्य समस्या बढ्ने गर्छन् ।” चिकित्सक र स्वास्थ्यकर्मीले श्वासप्रश्वासबाट बच्न स्वस्थ्य आहार व्यवहार अपनाउन बताइरहेका बेला जिल्लाका अगुवा सामाजिक कार्यकत्र्ता र वुद्धिजीवीले भने सडकमा उड्ने धूलो सबैभन्दा ठूलो समस्या भएको बताएका छन् । जिल्लाका मुख्य सडक बर्दिवास, जलेश्वर, भिठ्ठामोर, जलेश्वर, जनकपुर, बर्दिवास, रौजा, जलेश्वर, गौशाला, सम्सी, रामगोपालपुर, लोहारपट्टी–जनकपुर र जलेश्वर, मनरा, सम्सीलगायतका सबै सडक खाल्डाखुल्डी बनेका र यी सडकमा चल्ने सवारीसाधनले उडाउने धूलोले स्वास्थ्य समस्यासँगै दैनिक काम व्यवहार पनि नराम्ररी प्रभावित पार्दै आएको जिल्लाका सामाजिक कार्यकर्ता गौरी मण्डल बताउछन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies