Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

शृङ्खला खतिवडाबारे कसले के लेखे ? उपाधि जित्लिन ?

मिस वर्ल्ड २०१८ को अनलाइ भोटिङमा ३० प्रतिशतभन्दा बढी मत पाएकी नेपालकी शृङ्खला खतिवडा सो अन्तर्राष्ट्रिय सौन्दर्य उपाधिको एक खुड्किलो नजिक पुगेकी हुन् कि भनेर नेपालीहरूमाझ उत्साह देखिएको छ।

नेपालको प्रतिनिधित्व गर्दै चीनमा जारी प्रतियोगीमा सहभागी भएकी मिस नेपाल २०१८ खतिवडाबारे धेरैले सामाजिक सञ्जालमा चासो व्यक्त गरेका छन्। नेपाली प्रतियोगीले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा गरेको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शनी भन्दै उनको प्रशंसा पनि भएको छ। प्रतियोगिताको मुख्य प्रतिस्पर्धा भने डिसेम्बर ८ मा हुनेछ।

के भन्छन् नेपालीहरू ?

सामाजिक सञ्जालमा शृङ्खला सबैभन्दा क्षमतावान् प्रतियोगी भएकी र उनले उपाधि जित्ने दाबी गर्नेहरू पनि छन्। उनी नेपालकै गौरव भएकाले उनलाई अन्लाइन भोटिङमार्फत् जिताउन अभियान गर्नेहरू पनि छन्।  

Shrinkhala Khatiwada is a front Runner in this Miss World 2018.

She could be the best Tourism Ambassador of Nepal. Pls Just vote her and make this happen. This will give Nepal a great exposure in world arena.@RabindraADH @RabindraMishra @thapagk @yogesbhattarai — Dpak Paudyal (@DpakPoudyal) November 22, 2018
उनी नेपालको पर्यटन प्रवर्धनका लागि उपयोगी हुन सक्ने टिप्पणी पनि गरिएको छ।

शृंखला खतिवडा ले जिते नयाँ रेकर्ड र नेपालको #VisitNepal2020 लाई पनि ठुलो प्रचारात्मक सहयोग पुग्ने छ। त्यसैले #MissWorldVote @MissWorldNepal लाई भोट गर्न र गराउन नछुटाउन अनुरोध गर्दछु। Please vote for Miss World contestant @MissWorldNepal

Thank you!#visitnepal #VisitNepal2020 — Madhav Neupane (@123himadhav) November 21, 2018

यसपाली मिस वल्र्डको खिताब नेपालली चेलि शृंखला खतिवडाले जित्ने पक्कापक्की छ यदि यो साल पनि miss world को उपाधी mt.everest(सगरमाथाको देशमा अाएन भने नेपालीले यो प्रतियोगिता बाटै सधैका लागि हात धुदा हुन्छ)

— डा.एलिया अर्याल (@aryalaliya) November 21, 2018

Shrinkhala Khatiwada is the most deserving and strongest contestant of Miss World 2018. This year the world will witness the beauty of the Himalayan country Nepal. Lets all give her a support. #MissWorld2018 #Nepal pic.twitter.com/hgCYdsOsbW

— Ram CG (@ram158edmonton) November 22, 2018
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले पनि शृङ्खलाको परिचयात्मक भिडिओ ट्विट गरेका छन्।

थोरै समयभित्र यति धेरै बिषय समेटिएको नेपालको परिचय Nepal - Shrinkhala Khatiwada - Contestant Introduction (Miss World 2018) https://t.co/D9yzJBFF2j via @YouTube

— Yogesh bhattarai (@yogesbhattarai) November 22, 2018
मिस वर्ल्ड २०१८ प्रतियोगिताका लागि बनाइएको सो भिडिओ युट्युबमा १३ लाख भन्दा बढी पटक हेरिसकिएको छ। जारी प्रतियोगिताअन्तर्गत भर्खरै सम्पन्न उत्कृष्ट मोडलको प्रतिस्पर्धामा शृङ्खला शीर्ष ३० मा परेकी थिइन्। अब हुन बाँकी मल्टिमिडिया, ब्युटी विथ पर्पोज र अन्य उपाधिका लागि आफूले राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको उनले लेखेकी छन्।

अनलाइन भोटिङ

बिहीवार मध्याह्नसम्म प्राप्त मतका आधारमा शृङ्खला अरू प्रतियोगीभन्दा धेरै माथि देखिएकी छन्। मिसवर्ल्डभोट डट कम नामक वेब्साइटका अनुसार शृङ्खलाले ३२ प्रतिशत मत पाउँदा युगान्डाकी प्रतियोगीले १० प्रतिशत, फ्रान्सकी प्रतियोगीले ८ प्रतिशत र रुस एवम् तान्जानियाका प्रतियोगीले चार-चार प्रतिशत मत पाएका छन्।  
 
View this post on Instagram
 

Still thrilled that Nepal made it to the top 30 of top model!! I consider ramp modeling as one of my weaknesses and to be chosen as a semi finalist amongst the best representatives from all around the world was exciting! After what happened during the best designer round, I buckled up and thought that I\'d give my best for top model, I smiled and went on with full confidence. When the name was announced later, I was almost in disbelief. It meant a lot more because of what had happened earlier 😊 And to everyone who are unknown to miss world, top model is one of the many fast track events that make us qualify for the semi finals. Only one winner from each challenge qualifies. We have multimedia, head to head challenge and beauty with a purpose, which I consider as our country\'s biggest strengths! 😊 There will be 30 in the semi final. 10 through head to head challenge. 1 multimedia winner 1 beauty with a purpose winner 1 talent winner and 1 sports winner. 15 spots are judges choice. So, don\'t worry guys. We\'re doing excellent so far! Thank you for all your love, support and prayers. They\'ve been helping me a lot ❤️🙏 I love you all so much!! #missnepal2018 #missworld2018 #missnepal #missworld #mnformw #bwap #journeytomissworld

A post shared by Shrinkhala Khatiwada (@shrinkhala_) on

मिसवर्ल्डभोट वेब्साइट, भोट एप, फ्यान पेज र फेसबुकमार्फत् प्रतियोगीलाई समर्थन गर्ने सुविधा छ। शृङ्खला पेसाले आर्किटेक्ट हुन्। शृङ्खलाका बुवा विरोध खतिवडा सङ्घीय संसद्‌मा र आमा मुनु सिग्देल प्रदेश नम्बर ३ को प्रदेशसभामा सदस्य छन्। चीनमा हुँदै गरेको प्रतियोगितामा १२० देशका सुन्दरीहरू प्रतिस्पर्धा गर्दैछन्। उनीहरूलाई २० वटा समूहमा बाँडिएको छ। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies