Khabar Dabali Logo
  May 20, Mon

सुझाव तथा गुनासो सुन्न थुलुङदूधकोशी गापाको मोबाइल एप

सोलुखुम्बु। थुलुङदूधकोशी गाउँपालिकाले सूचनामूलक मोबाइल एप सार्वजनिक गरेको छ । गाउँपालिकाको सम्पूर्ण विवरणसहित सो एप सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

सो एपमा सुझाव तथा गुनासो, समस्या दर्ता, हाम्रो बारेमा, सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, वडा विवरण, महत्वपूर्ण स्थान र आपत्कालीन सम्पर्क नम्बरको पूर्ण विवरण राखिएको छ । गाउँपालिका अध्यक्ष राईले भने, “जो कोहीले भोगेको समस्या, गुनासो, गाउँपालिका वा जनप्रतिनिधिका बारेका सुझाव मोबाइल एपबाट नै दर्ता गर्न सकिन्छ ।”

अध्यक्ष राईले भने, “अब विश्वको जुनसुकै कुनाबाट पनि गाउँपालिकाका बारेमा आफ्नो धारणा राख्न सकिन्छ ।मोबाइलको Play Store मा गएर Thulungdudhkoshi Rural Municipality मा क्लिक गरी मोबाइलमा एप डाउनलोड गरी गाउँपालिकाको बारेमा सम्पूर्ण जानकारी हेर्न सकिने छ ।डाउनलोड गरी गाउँपालिकाको बारेमा सम्पूर्ण जानकारी हेर्न सकिने अध्यक्ष राईको भनाइ छ । ल्लाका सात गाउँपालिकामध्ये मोबाइल एप सार्वजानिक गर्नेमा थुलुङदूधकोशी पहिलो बनेको छ । सोलुदूधकुण्ड नगरपालिकाले भने केही महीनाअघि नै मोबाइल एप सार्वजनिक गरेको थियो ।

मंसिर ६ गते, २०७५ - १३:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनको दस्तुर सङ्कलन केन्द्रमा आगजनी गर्ने लामिछाने पक्राउ

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा...   

११ बजेर २३ मिनेटमा ६.८ म्याग्नीच्यूडको भूकम्प

न्यू क्यालेडोनिया । अमेरिकी भौगर्भिक सर्भेले न्यू क्यालेडोनियाको पूर्वी तटीय इलाकामा ६।८ म्याग्नीच्यूडको...   

काठमाडौँको यी चार वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा आवेदन परेन

काठमाडौं । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाका १, २, ९ र ११ वडाबाट...   

राष्ट्रियसभा–प्रतिवेदन पेश, अन्तरसम्बन्ध व्यवस्थापन विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ। राष्ट्रयिसभाको आजको बैठकमा राष्ट्रयि सरोकार तथा समन्वय समतिकिा सभापत दिलकुमारी रावलले...   

गृहकार्य नपुगेको भन्दै नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । पोलिटब्यूरो गठन र केन्द्रीय...   

नेपाली सेना र युस आर्मी विपद् प्रतिकार्य अभ्यास शुरू

कास्की । नेपाली सेना र युस आर्मी प्यासिफिकको संयुक्त आयोजनामा आजदेखि पोखरामा विपद् प्रतिकार्य अभ्यास...   

सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु (नामावलीसहित)

काठमाडौं । करिब १५ घण्टाको अवधिमा भएका ९ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको...   

छोरा मलेसियाको जेलमाः नेपाल ल्याइदिन आमा र परिवारको बिन्ती

बेझाड । सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा, दुई छोरी, एक सासूआमासहित रामपुर नगरपालिका–...   

प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्दा …

काठमाडौं । प्रहरीलाई घुस दिन खोज्दा दुईजना पक्राउ परेका छन् । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने...   

बोको हरामको आक्रमण, १३ जना गाउँलेको हत्या

चाड। अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top