Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

गर्भपतन गराउनेको संख्यामा किशोरी बढी

बाँके। नेपाल सरकारले सुरक्षित गर्भपतनलाई कानूनी मान्यता प्रदान गरे पनि बाँकेमा सुरक्षितभन्दा पनि असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या अत्याधिक छ । गर्भपतन गराउनेमा अविवाहित महिलाको सङ्ख्या बढी देखिएको छ । जाजरकोट छेडागाड नगरपालिकाकी एक युवतीले आफ्नो तीन महीनाको गर्भपतन गराउन भारतको बहराइच पुगिन् । ती महिलाले नेपालमा गर्भपतन गराउँदा समाजले थाहा पाउने डरले आफन्तको साथमा भारत पुगेकी हुन् । भारतको एक निजी क्लिनिकमा गर्भपतन गराएर फर्किएपछि उनको स्वास्थ्यमा गम्भीर समस्या देखापर्यो । अत्यधिक रक्तश्राव भएपछि उनी फेरि भारत गइन् । बारम्बार उपचारका लागि भारत जाने आउने गर्दा समय र आर्थिक क्षति बेहोर्नुपर्यो । भारतमा स्वास्थ्य परीक्षणपछि कात्तिक २७ गते नेपालगञ्ज फर्किएकी ती महिलाले भनिन्, “यहाँ गर्भपतन ग¥यो भने समाजले थाहा पाउला भन्ने डरले भारत गएकी हुँ ।” उनको गर्भपतन गराउँदा भारतीय चिकित्सकले अत्याधिक महङ्गो शुल्क लिए । उनले गर्भपतनका लागि मात्र रु १५ हजार खर्च गरेको बताइन् । उनीजस्ता गाउँका थुप्रै महिला कानूनी अज्ञानता र समाजको डरका कारण समस्यामा पर्ने गरेका छन् । सुरक्षित गर्भपतनका लागि नेपालका अस्पतालमा रु एक हजारदेखि एक हजार ५०० सम्म मात्र खर्च लाग्छ भन्ने ती महिलालाई जानकारीसम्म भएन । आर्थिकरुपमा त क्षति बेहोरिन् नै अब उनको स्वास्थ्यसमेत कमजोर बन्न पुग्यो । उनले भनिन्, “हाम्रै देशमा गर्भपतन हुन्छ, भन्ने मलाई थाहा छैन । गाउँमा घाँस दाउरा गर्छु, पढे लेखेको छैन । हामीजस्ता महिलालाई के थाहा रु” उनका श्रीमान् नरबहादुर भारतमा मजदूरी गर्छन् । उनलाई पनि नेपालमै गर्भपतन गराउने व्यवस्था छ भन्ने जानकारी नहुँदा र छिमेकीले थाहा पाउलान् भन्ने डरले भारतीय बजारमा पुगेको नरबहादुर बताउँछन् । कानूनी अज्ञानता र चेतनाको अभावका कारण गर्भपतन गराउन भारतका शहर पुग्ने महिलाले त्यहाँ अमानवीय व्यवहारसमेत सहनुपर्छ । गर्भपतनपछि अपनाउनुपर्ने स्वास्थ्यसम्बन्धी सल्लाह नपाउँदा कतिपय महिलाको स्वास्थ्य थप जोखिममा पर्ने गरेको छ । नेपालमै सुरक्षित र भरपर्दो गर्भपतनको सुविधा हुँदाहुँदै पनि त्यसको जानकारी नपाएकै कारण ग्रामीण समुदायका महिला खर्चिलो र जोखिमपूर्ण ढङ्गबाट गर्भपतन गराउन बाध्य भएका हुन् । सरकारले २०६० सालमा सुरक्षित गर्भपतन सेवा गरेपछि देशका विभिन्न स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा दिइरहेको छ । कानूनमा १२ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन पाउने व्यवस्था छ । अशक्त महिला तथा विभिन्न कारणले गर्दा गर्भपतन गराउनुपर्ने भएमा सम्बन्धित निकायको सिफारिसमा गर्भपतन गराउन पाउने व्यवस्था पनि छ । नेपालको प्रचलित कानूनअनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु कानून विपरीत भनेको छ । पछिल्लो समयमा खुला सिमानाका कारण गर्भपतनको अवस्था निकै जटिलसमेत बन्दै गएको छ । असुरक्षित रुपमा गर्भ बोकेका महिला तथा छोरा जन्माउने आशमा लिङ्ग पहिचान गरी भारतीय बजार रुपैडिहा, बहराइच हुँदै लखनउसम्म पुगेर असुरक्षित गर्भपतन गराउने गरेका छन् । भारतीय बजारमा पुगेर गर्भपतन गराउने महिलाको सङ्ख्या यकिन नभए पनि वर्र्षैपिच्छे बढ्दो क्रममा रहेको जनाइएको छ । नेपालभित्र गर्भपतन गराउँदा सामाजिक रुपमा अपमान हुने र अरुले थाहा पाउने भन्दै नेपाली महिला भारतीय बजारमा पुगेर असुरक्षित गर्भपतन गराउने गरेका छन् । बाँकेबाट मात्र नभई साबिक मध्यपश्चिमका जिल्लाबाट समेत गर्भपतनका लागि भारतीय बजारमा पुग्ने गरेका छन् । तीमध्ये खासगरी ग्रामीण क्षेत्रका महिला बढी गएको पाइन्छ । लिङ्ग पहिचानपछि गर्भपतन गराउन कानूनले बन्देज लगाएपनि अधिकांश विवाहित महिलाले समेत छोराको आशामा गर्भपतन गराउँदै आएको भेरी अञ्चल अस्पतालका स्त्री रोग विशेषज्ञ कल्पना थापाले बताए । डा थापाका अनुसार धेरैपटक गर्भपतन गराउँदा महिलाको पाठेघर खस्ने खतरा पनि उत्तिकै हुने गरेको छ । उनले भने, “छोटो अवधिमा धेरैपटक गर्भपतन गराउँदा स्वास्थ्य कमजोर बन्दै जान्छ र पाठेघर नै फाल्नुपर्ने अवस्था आउन सक्छ ।” डाक्टरलाई १२ हप्ते र नर्सलाई आठहप्ते विशेष तालीम दिएर मात्रै गर्भपतनको अनुमति दिइन्छ । कानूनतः तालीम प्राप्त जो कोहीबाट आठ सातासम्मको र विशेष परिस्थितिमा १८ सातासम्मको गर्भपतन गराउन पाइन्छ । यसका साथै १८ साताको गर्भपतन सेवा विशेष स्त्री रोग विशेषज्ञको सिफारिसमा निश्चित ठूला अस्पतालमा मात्रै उपलब्ध छ । कतिपयले असुरक्षित गर्भपतन गराउँदा ज्यानसमेत गुमाउनु परेको छ । असुरक्षित गर्भपतनलाई रोक्न सुरक्षित गर्भपतनका बारेमा गाउँगाउँमा चेतना फैलाउन आवश्यक देखिन्छ । जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या बढ्दो छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार वार्षिक करीब पाँच हजारको हाराहारीमा सुरक्षित गर्भपतन गरे पनि असुरक्षित गर्भपतन गर्नेको तथ्याङ्क भने भेटिदैन । कार्यालयका सामाजिक स्वास्थ्य प्रमुख सरिता चन्दले भने, “असुरक्षित गर्भपतन गर्नेहरुको यकिन तथ्याङ्क हामीसँग हुँदैन । सीमापारि गएर लुकिछिपी औषधि सेवन गर्ने र निजी स्वास्थ्य संस्थामा असुरक्षित गर्भपतन गराउने पनि छन् । यसको तथ्याङ्क हामीसँग हुँदैन ।” स्वास्थ्यकर्मीका अनुसार यही अवस्थामा गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भए छोराको सङ्ख्या बढ्ने र छोरीको सङ्ख्या घटेर वैवाहिक सम्बन्धमा समेत असर पर्ने देखिन्छ । बढ्दो आधुनिकीकरण, वैदेशिक रोजगारी, युवा अवस्थाको प्रेम, छोराको चाहनालगायत कारणले गर्भपतन गराउनेको सङ्ख्या बढेको उनले बताए । सामाजिक संस्कार, सेवा दिने संस्था महिलामैत्री नहुनु तथा निःशुल्क सेवा नपाएका कारणले यस क्षेत्रका अधिकांश महिला र युवतीले अझै पनि सीमापारि गएर असुरक्षित गर्भपतन गराउने गरेका छन् । सुरक्षित गर्भपतन सेवा प्रभावकारी कार्यक्रमका रुपमा देखिए पनि यसका कारण परिवार नियोजन गर्ने दर यथावत् रहकोले दीर्घकालीन रुपमा असर पर्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट नेपालमा प्रतिबन्धित गर्भपतन गराउने औषधि नेपालगञ्जमा भित्रिरहेकाले समस्या भएको स्वास्थ्यकर्मीको भनाइ छ । नेपालमा प्रतिबन्धित यस्ता औषधिका कारण महिलाको ज्यान उच्च जोखिममा रहेको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies