Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

नेपालगञ्ज शहर ‘नो हर्न’ घोषित

बाँके। नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र हर्न निषेधित क्षेत्र (नो हर्न) घोषणा भएको छ । ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले नेपालगञ्ज उपमहानगरभित्र हर्न बजाउन निषेध गरेको छ । ‘नो हर्न’ अभियानअन्तर्गत आजदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र हर्न बजाउन नपाइने भएको छ । नेपालगञ्जलाई ध्वनि प्रदूषणमुक्त नगर बनाउने लक्ष्यअनुसार सवारी साधनमा जडान भएको ‘हर्न’ उपमहानगर क्षेत्रमा बजाउन प्रतिबन्ध लगाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए । उनका अनुसार मङ्सिर महीनाभर अभियान सफल पार्न ब्यापक प्रचारप्रसार गरिनेछ । नेपालगञ्जलाई पूर्णरुपमा हर्न निषेधित नगर घोषणा गर्न मङ्सिर महीना सरोकारवाला र सङ्घ संस्थाको समन्वयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उहाँले बताए । निषेधित क्षेत्र घोषणा गर्दै बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले अभियान सफल पार्न सबैलाई आग्रह गरे । नेपालगञ्ज प्रवेश गर्ने नाकामा होर्डिङ बोर्ड राखिने, यातायात समिति, व्यवसायीलगायत सरकारी निकायसँग छलफल गरिएको र नगरलाई हर्न निषेधित क्षेत्र बनाउन अन्य कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बढ्दो सवारीसाधनको चापका कारण नगर क्षेत्रमा अत्याधिक ध्वनि प्रदूषण भएपछि हर्न निषेधित गरिएको हो । जिल्ला ट्राफिक कार्यालय बाँकेका अनुसार पहिलो चरणमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अभियान लागू गरिएको छ । अभियान शुरु भएसँगै अब सवारी साधनले हर्न बजाए रु एक हजार ५०० जरिवाना गरिनेछ । पछिल्लो समय नेपालगञ्जमा ध्वनि प्रदूषण बढ्दै गएपछि अभियान शुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ‘‘बढ्दो ध्वनि प्रदूषणले चुनौती थपेको छ । बजारमा हिँड्दा सवारी साधनको हर्नका कारण केही सुनिदैन,’’ प्रहरी निरीक्षक रोकायले भने, “त्यसैले नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको हो ।”
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies