Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

जङ्गलमा लागेको भीषण डढेलोका कारण ६ सय भन्दा बढी बेपत्ता

संयुक्तराज्य अमेरिका। अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको भीषण डढेलोका कारण छ सयभन्दा बढी बेपत्ता भएका बिहीबार प्राप्त समाचारमा जनाइएको छ । खोजी कार्य अझै जारी रहेकाले मृतकको सङ्ख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ । बिहीबार प्राप्त पछिल्लो सूचनामा उद्धारकर्मीहरुले करिब ६३१ जना बेपत्ता भएको स्पष्ट गरेका छन् । साथै उनीहरुले थप सात जनाको शव आगलागी भएको जङ्गलबाट निकालेको जनाएका छन् । यसअघि उक्त डढेकोमा परी करिब ३०० जना बेपत्ता भएका बताइएको थियो । यही नोभेम्बर ८ मा उत्तरी क्यालिफोर्नियाको जङ्गलमा अकस्मात आगो सल्किएको र प्रतिकूल मौसमका कारण द्रुत गतिमा फैलिएको थियो । आगो नियन्त्रणमा ल्याउन ठूलो सङ्ख्यामा उद्धारकर्मी परिचालन गरिएको छ । गत नोभेम्बर ८ मा शुरु भएको सो डढेलोमा परी बिहीबारसम्म मृत्यु हुनेहरुको संख्या ६३ पुगेको छ । डढेकोबाट जङ्गल आसपासमा ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको र त्यसको पुनर्निर्माणका लागि केही वर्ष लाग्ने बताइएको छ । अमेरिकी सञ्चारमाध्यमले विभिन्न स्रोत उल्लेख गरी अझै कैयौँ व्यक्ति बेपत्ता रहेको हुन सक्ने जनाएका छन् । बेपत्ता व्यक्तिका खोजी, उद्धार र आगो निभाउने कार्य जारी रहेको र आगो निभाउने कामका लागि हजारौं अग्नि नियन्त्रक परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । क्यालिफोर्नियाको जङ्गलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ । समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्णरुपमा जङ्गलको डढेलो नियन्त्रणमा आउन सकेको छैन । डढेलोबाट खासगरी जङ्गलको आसपास बसोबास गर्नेहरु सबैभन्दा बढी प्रभावित भएका छन् । पछिल्लो समयमा गत नोभेम्बर ८ मा अकस्मात बढेको आगोका कारण धेरै मानिस हताहत भएका हुन् । राष्ट्रपति ट्रम्पले प्रभावित क्षेत्रको भ्रमण गर्ने यसैबीच प्राप्त एक समाचारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त डढेलो लागेको पश्चिमी क्षेत्रको भ्रमण गरी आगलागी पीडितहरुलाई भेट्नुहुने भएको छ । उनले उक्त क्षेत्रको भ्रमण गरी आगलागीमा परी ज्यान गुमाएकाहरुका परिवारलाई भेट गर्नुहुने भएको सो समाचारमा जनाइएको छ । अमेरिकी अधिकारीहरुले राष्ट्रपति ट्रम्पले भोलि शनिबार ती परिवारका सदस्यहरुलाई भेट्नुहुने भएको हो । उक्त राज्यको इतिहासमा नै यो डढेलो सबैभन्दा विध्वंसात्मक रहेको बताइएको छ । पछिल्लो पटक द्रूत गतिमा बढेको आगो सिएरा नोभादा पहाडमा फैलिएको थियो । आगोको गति अनुसार बृद्धबृद्धा दौडिन नसकेका र उनीहरुका सवारी साधनलाई नै आगोले भेटाउँदा उनीहरुको ज्यान गएको थियो । यो सियरा पहाडमा बढेको डढेलोका कारण मृत्यु हुने व्यक्तिहरुमा बढी बृद्धबृद्धाहरु रहेका छन् । आगोमा डढेर मृत्यु भएका व्यक्तिको पहिचान गर्न गाह्रो भएको बताइन्छ । शरीर जलेका कारण व्यक्तिको पहिचान गर्न नसकेपछि गाउँका हराएका व्यक्तिका आफन्तको डिएनए परीक्षण गरिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies