Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

इपिएललाई आइसिसीको मान्यता, आयोजकले दियो २० हजार अमेरिकी डलर

काठमाडौँ। आगामी मङ्सिर २२ देखि पुस ७ गतेसम्म हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मान्यता दिएको छ । इपिएलको आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई आइसिसीले मान्यता दिएको जानकारी दिएको हो । प्रतियोगिताले आइसिसीको मान्यता पाएवापत आयोजकले २० हजार अमेरिकी डलर आइसिसीलाई बुझाएको छ । “अमेरिकी डलरको भाउ बढेका कारणले २० हजार डलर बराबरको नेपाली रु २७ लाख ५० हजार नेपाल राष्ट्र बैंकमार्फत आइसिसीलाई पठाएका छौँ” इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । “नेपालको वर्तमान अवस्थालाई ध्यानमा राख्दै आइसिसीले इपिएललाई मान्यता प्रदान गरेको छ । लिग विशेषगरी नेपाली क्रिकेट र नेपाली खेलाडीको हितमा छ”, आइसिसीलाई उद्धृत गर्दै विज्ञप्तिमा जनाइएको छ । इपिएलले पठाएको उक्त रकम आइसिसीले नेपालको क्रिकेट विकासमै खर्च गर्ने विज्ञप्तिमा जनाइएको छ । इपिएलका लागि तयारी अहिले नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट सङ्घ (क्यान) आइसिसीको निलम्बनमा रहेका कारण नेपालमा क्रिकेट प्रतियोगिता गर्दा आयोजकले आइसिसीको मान्यता लिनुपर्ने प्रावधान छ । गत वर्षदेखि इपिएलले आइसिसीको मान्यता लिएर प्रतियोगिता गराएको थियो । यस्तै आइसिसीको मान्यतापछि विदेशी खेलाडीलाई समेत लिग खेल्ने बाटो खुलेको छ । इपिएलमा नेपालका विभिन्न छ शहरको नामबाट छ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसअघि नै केही टोलीले विदेशी खेलाडी अनुबन्ध गरिसकेका छन् । गत संस्करणदेखि एक टोलीले तीन विदेशी खेलाडी राख्नुपर्ने निर्णय आयोजकले गरेको थियो । इपिएलमा साविक विजेता विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies