Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

तरुण दलको दुईवर्षे कार्यकाल चार पदाधिकारीमै सीमित

काठमाडौँ। नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल तरुण दलको दुईवर्षे कार्यकाल चार पदाधिकारीमै सीमित बनेको छ । तेस्रो महाधिवेशन भएको १० वर्षपछि विसं २०७३ कात्तिक २७ देखि २९ सम्म पोखरामा सम्पन्न महाधिवेशनबाट चार पदाधिकारी सर्वसम्मत चयन भएपछि केन्द्रीय समितिले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । विधानअनुसार तरुण दलको कार्यकाल तीन वर्ष रहेको छ । पोखरामा सम्पन्न चौथो महाधिवेशनले अध्यक्षमा जीतजङ्ग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईँ, महासचिव भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान गुरुङलाई सर्वसम्मत चयन गरेको थियो । त्यसपछि हालसम्म पनि केन्द्रीय कार्यसमितिले पूर्णता पाउन सकेको छैन । पार्टीको तरुण दल हेर्ने गरी दलका पूर्वअध्यक्ष एवं काङ्ग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा पार्टी केन्द्रीय सदस्यहरू रामकृष्ण यादव, महेन्द्र यादव, सरीता प्रसाईँ, सुरेन्द्रराज पाण्डे, उमाकान्त चौधरी, हृदयराम थानी, शङ्कर भण्डारी र विश्वप्रकाश शर्मा सदस्य रहनुभएको थियो । पार्टी निर्देशन समितिका संयोजक खाँणले तरुण दलको केन्द्रीय कार्यसमिति विस्तारको बारेमा पार्टीभित्र कुनै गृहकार्य र छलफल नभएको बताउछन् । “तरुण दलको दुई वर्ष पहिला पोखरामा सम्पन्न चौथो महाधिवेशनबाट सर्वसम्मत चयन हुनुभएका पदाधिकारीले तरुण दलले गर्ने हरेक काम र सरकारको जनविरोधी कार्यको खिलाफमा काम गरिरहेका छन्, कार्यसमिति विस्तार गर्ने कुरामा पार्टीभित्र कुनै छलफल भएको छैन”, उनले भने । तरुण दलका अध्यक्ष बस्नेतको नेतृत्वमा विसं २०७४ माघ ४ गते बसेको पदाधिकारी बैठकले पार्टीलाई चाँडो कार्यसमिति विस्तार गर्न आग्रह गर्ने निर्णय गरे पनि सो निर्णय अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन । तरुण दलका महासचिव शाहीले तरुण दलले कार्यसमिति विस्तारको बारेमा पटक–पटक पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराए पनि विस्तार हुननसकेको बताए । चार पदाधिकारी चयन भएपछि तरुण दलले सङ्गठन निर्माणका लागि हरेक प्रदेश, जिल्ला, स्थानीय तह र वडाका तरुण युवाहरूलाई प्रशिक्षण दिइसकेको छ । ६१ सदस्यीय कार्यसमिति रहेको तरुण दलमा ७५ वा ९५ कार्यसमिति बनाउने भन्ने बारेमा समेत अहिलेसम्म निर्णय भएको छैन । विसं २०१० कात्तिक १० गते विश्वेश्वरप्रसाद कोइरालाले युवाहरुलाई एकजुट गर्न तरुण दलको स्थापना गरेका थिए । सोही समयमा तत्कालीन सरकारले कोइरालालाई गिरफ्तारसमेत गरेका थियो । यसैगरी, नेपाली काङ्ग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशनसमेत अन्योलमा परेको छ । विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाए पनि नेविसङ्घको विधान र उमेरहद विवादका कारण निर्वाचन अन्योलमा परेको हो । नेविसङ्घको महाधिवेशन भएको दुई वर्ष तीन महीना बित्न केही दिन बाँकी रहँदा पार्टीले विधान र उमेरको हदबारे टुङ्गो लगाउन नसक्दा निर्वाचन महाधिवेशन अनिश्चित बन्दै गएको हो । नेविसङ्घको विधान र उमेरहदबारे छलफल गर्न भोलि मङ्सिर १ गते शनिबार काङ्ग्रेसले बैठकसमेत आह्वान गरेको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies