Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

समाचार अर्थ वाणिज्य मनोरञ्जन खेलकुद संवाद दृष्टिकोण स्वास्थ्य शिक्षा रोजगार फिचर स्टोरी अचम्म… साहित्य-संस्कृति

यूराेप । युरोपेली संघ (ईयू) का नेताहरूले ब्रेक्जिट अर्थात् ईयूबाट ब्रिटेनको बहिर्गमनसम्बन्धी सम्झौताको मस्यौदालाई ब्रिटिश संसद्‌ले अस्वीकृत गरे फेरि वार्ता नगर्ने चेतावनी दिएका छन्। जर्मन चान्सलर एंगेला मर्केलले ‘सम्झौताको दस्तावेज टेबलमा गइसकेकोले’ पुनः वार्ता गर्ने ‘प्रश्न नै नउठ्ने’ बताएकी छन्। फ्रान्सका प्रधानमन्त्रीले ब्रिटेनमा देखिएको ‘अनिश्चितता’का कारण सम्झौता नहुने कुराका लागि तयार रहनुपर्ने औंल्याएका छन्। नोभेम्बर २५ मा ब्रेक्जिट सम्झौताको मस्यौदालाई अनुमोदन गर्ने योजनाबीच ईयूले त्यसअघि थुप्रै बैठकहरू गर्दैछ। यद्यपि ब्रिटिश प्रधानमन्त्री मेले ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति मन्त्रिपरिषद्‌को समर्थन पाएपछि सम्बोधन गर्नुपर्ने थुप्रै कुरा बाँकी भएको नेताहरूले स्वीकारेका छन्। ब्रेक्जिटसम्बन्धी ईयूका प्रमुख वार्ताकार मिसेल बार्नियरले भने, “दुवै पक्षले अझै थुप्रै गर्न बाँकी छ।” यो सम्झौता ब्रिटेनको हितमा छः मेब्रेक्जिट मस्यौदामा असहमत मन्त्रीद्वारा राजीनामा‘ब्रिटेन-इयु भावी सम्बन्धका आधारबारे सहमति’ यसअघि बिहीवार जर्मन चान्सलर मर्केलले ब्रेक्जिट वार्तामा भएको प्रगतिबाट आफू खुशी भएको बताएकी थिइन्। तर ब्रेक्जिट मामिला हेर्ने ब्रिटिशमन्त्री डोमिनिक राबसहितका मन्त्रीको राजीनामाको खबरपछि मर्केलले कुनै सम्झौता विनै ब्रिटेन बाहिरिन सक्ने सम्भावना रहेको बताइन्। ब्रेक्जिट सम्झौताको अहिले मस्यौदामा संशोधन गर्ने कुनै चाहना नरहेको पनि मर्केलले बताइन्। उनले भनिन्, “ब्रिटेन र ईयूका २७ सदस्य राष्ट्रहरूले सहमति गरेको दस्तावेज टेबलमा पुगिसकेको छ। अतः हामीले थप वार्ता गर्नुपर्ने प्रश्न नै उठ्दैन।” ब्रिटेनको राजनीतिक अनिश्चितताबारे फ्रान्सेली प्रधानमन्त्रीले पनि मर्केलको जस्तै धारणा राखेका छन्। उनले थपे, “ब्रिटेनको वर्तमान राजनीतिक स्थितिले अनिश्चितता निम्त्याउन सक्ने कुरालाई कसैले पन्छाउन सक्दैन।” यसअघि ब्रिटिश प्रधानमन्त्री मेले आफ्नो सरकारले ईयूसँग गरेको ब्रेक्जिट सम्झौताको मस्यौदाको बचाउ गरेकी थिइन्। सरकारले समर्थन गरेको सम्झौताको मस्यौदा मुलुकको हितमा रहेको उनले दावी गरिन्। बिबिसीबाट
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies