Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

गैँडा बस्ती पस्न थालेपछि चितवनका स्थानीय त्रसित

नारायण अधिकारी । चितवन । चितवन राष्ट्रिय निकुञ्जका एक सिङ्गे गैँडा नजिकका बस्तीसँगै शहरी क्षेत्रमा पस्न थालेपछि संरक्षणमा चुनौती थपिएको छ । नियमितजसो गैँडा बस्ती आउन थालेपछि स्थानीय त्रसित बनेका छन् ।

निकुञ्जमा गैँडाको सङ्ख्या बढेसँगै वासस्थानको समस्याले बस्ती पसेको अनुमान गरिएको छ । चितवन जिल्लाको प्रमुख शहर नारायणगढ बजारको बेलचोक र बाह्रघरे क्षेत्रमा नियमितजसो रातको समयमा गैँडा आउने गर्दछ । स्थानीय पत्रकार रमेशकुमार पौडेलका अनुसार तिहारको केही दिन पटका पड्कँदा गैँडा नदेखिए पनि अन्य समयमा राति र बिहान गैँडा आउने गर्दछ । एउटा बच्चा र दुई ठूला गैँडा देखिने गरेको उहाँले बताउनुभयो ।

सो क्षेत्रमा लगाइएको आलु, धानजस्ता बाली खान गैँडा आउने गरेको उहाँले बताउनुभयो । जसका कारण बिहान सबेरै र राति अबेर हिँड्डुल गर्नेलाई समस्या भएको छ । तीन वर्षयता नजिकैका क्षेत्रमा गैँडाकै आक्रमणबाट दुईको मृत्यु भइसकेको छ ।

सौराहा क्षेत्रमा पनि गैँडा नियमित शहरी क्षेत्रमा पस्ने गरेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले तीनवटा गैँडा नियमित सो क्षेत्रमा आउने गरेको बताउनुभयो । पर्यटकीय हिसाबले यो राम्रो नभएको भन्दै उहाँले निकुञ्जले बासस्थानको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले नारायणगढ क्षेत्र, नवलपुर क्षेत्रसहित निकुञ्जका पश्चिमी क्षेत्रमा समस्या देखिएको बताउनुभयो । निकुञ्जभित्र घाँसे मैदान आवश्यकताअनुसार व्यवस्थापन हुन नसक्नु, घाँसे मैदानलाई माइकेनिया नामको अतिक्रमित झारले ढाक्नु, दलदल र पानीका स्रोत कम हुँदै जानुले गैँडा मानव बस्तीमा पसेको उहाँले बताउनुभयो ।

बस्ती र निकुञ्ज एवं मध्यवर्ती क्षेत्रमा आवातजावत गर्न रोक्ने गरी बार लगाउन सके यो समस्या कम हुने उहाँले बताउनुभयो । यससँगै निकुञ्जभित्र गैँडाको बासस्थान व्यवस्थापनमा विशेष सुधार गर्नुपर्ने उहाँको भनाइ छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएको र पूर्वमा कम भएका कारण पश्चिमी क्षेत्रमा बढी समस्या देखिएको छ । पश्चिमका गैँडा पूर्वमा स्थानान्तरण गर्ने तयारीमा पनि निकुञ्ज लागेको उहाँले बताउनुभयो । निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल घाँसे मैदानको व्यवस्थापनको अभावमा गैँडा बस्ती पसेको बताउनुहुन्छ । आहारा र बासस्थान निकुञ्जभित्र राम्रो नभएसम्म यो समस्या आइरहने उहाँले बताउनुभयो । हालै मात्र नवलपुरको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा गैँडा आएर तीन मानिसलाई घाइते बनाएको, सवारीसाधन तोडफोड गरेको उहाँले जानकारी दिनुभयो ।

बस्ती क्षेत्रमा गैँडा आउन थालेपछि स्थानीय मात्रै नभएर गैँडा पनि जोखिममा परेको संरक्षणकर्मीहरू बताउँछन् । विगतका वर्षहरूमा चोरीशिकारबाट गैँडा मारिएको छैन । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा रहेका छन् । यसै आर्थिक वर्षमा गैँडा गणनाको तयारी निकुञ्जले थालेको छ । चार वर्ष अघि गैँडा गणना गरिएको थियो । (रासस)

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies