Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

गैँडा बस्ती पस्न थालेपछि स्थानीय त्रसित

चितवन। चितवन राष्ट्रिय निकुञ्जका एक सिङ्गे गैँडा नजिकका बस्तीसँगै शहरी क्षेत्रमा पस्न थालेपछि संरक्षणमा चुनौती थपिएको छ । नियमितजसो गैँडा बस्ती आउन थालेपछि स्थानीय त्रसित बनेका छन् । निकुञ्जमा गैँडाको सङ्ख्या बढेसँगै वासस्थानको समस्याले बस्ती पसेको अनुमान गरिएको छ । चितवन जिल्लाको प्रमुख शहर नारायणगढ बजारको बेलचोक र बाह्रघरे क्षेत्रमा नियमितजसो रातको समयमा गैँडा आउने गर्दछ । स्थानीय पत्रकार रमेशकुमार पौडेलका अनुसार तिहारको केही दिन पटका पड्कँदा गैँडा नदेखिए पनि अन्य समयमा राति र बिहान गैँडा आउने गर्दछ । एउटा बच्चा र दुई ठूला गैँडा देखिने गरेको उहाँले बताए । सो क्षेत्रमा लगाइएको आलु, धानजस्ता बाली खान गैँडा आउने गरेको उनले बताए । जसका कारण बिहान सबेरै र राति अबेर हिँड्डुल गर्नेलाई समस्या भएको छ । तीन वर्षयता नजिकैका क्षेत्रमा गैँडाकै आक्रमणबाट दुईको मृत्यु भइसकेको छ । सौराहा क्षेत्रमा पनि गैँडा नियमित शहरी क्षेत्रमा पस्ने गरेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले तीनवटा गैँडा नियमित सो क्षेत्रमा आउने गरेको बताए । पर्यटकीय हिसाबले यो राम्रो नभएको भन्दै उनले निकुञ्जले बासस्थानको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले नारायणगढ क्षेत्र, नवलपुर क्षेत्रसहित निकुञ्जका पश्चिमी क्षेत्रमा समस्या देखिएको बताए । निकुञ्जभित्र घाँसे मैदान आवश्यकताअनुसार व्यवस्थापन हुन नसक्नु, घाँसे मैदानलाई माइकेनिया नामको अतिक्रमित झारले ढाक्नु, दलदल र पानीका स्रोत कम हुँदै जानुले गैँडा मानव बस्तीमा पसेको उनले बताए । बस्ती र निकुञ्ज एवं मध्यवर्ती क्षेत्रमा आवातजावत गर्न रोक्ने गरी बार लगाउन सके यो समस्या कम हुने उनले बताए । यससँगै निकुञ्जभित्र गैँडाको बासस्थान व्यवस्थापनमा विशेष सुधार गर्नुपर्ने उनको भनाइ छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएको र पूर्वमा कम भएका कारण पश्चिमी क्षेत्रमा बढी समस्या देखिएको छ । पश्चिमका गैँडा पूर्वमा स्थानान्तरण गर्ने तयारीमा पनि निकुञ्ज लागेको उनले बताए । निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल घाँसे मैदानको व्यवस्थापनको अभावमा गैँडा बस्ती पसेको बताउछन् । आहारा र बासस्थान निकुञ्जभित्र राम्रो नभएसम्म यो समस्या आइरहने उनले बताए । हालै मात्र नवलपुरको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा गैँडा आएर तीन मानिसलाई घाइते बनाएको, सवारीसाधन तोडफोड गरेको उनले जानकारी दिए । बस्ती क्षेत्रमा गैँडा आउन थालेपछि स्थानीय मात्रै नभएर गैँडा पनि जोखिममा परेको संरक्षणकर्मीहरू बताउँछन् । विगतका वर्षहरूमा चोरीशिकारबाट गैँडा मारिएको छैन । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा रहेका छन् । यसै आर्थिक वर्षमा गैँडा गणनाको तयारी निकुञ्जले थालेको छ । चार वर्ष अघि गैँडा गणना गरिएको थियो । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies