/  Wed, December 19, 2018

किन जाँदैछिन् राष्ट्रपति भण्डारी मंसिर तेस्रो साता पोल्याण्ड ?

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी मंसिर तेस्रो साता पोल्याण्डको भ्रमणमा जाने भएकी छन् । संयुक्त राष्ट्रसंघले पोल्याण्डको क्याटोवाइसमा मंसिर १७ गतेदेखि १४ गतेसम्म आयोजना गर्ने जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जाने भएकी हुन् ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार राष्ट्रपति भण्डारी सम्मेलनमा सहभागी हुन मंसिर १५ गते पोल्याण्ड प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपतिको पोल्याण्ड भ्रमण पाँच दिनको हुने उनले जनाए । राष्ट्रपति भण्डारीले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

‘राष्ट्रपतिज्यूले मंसिर १५ देखि १९ गतेसम्म पोल्याण्डको भ्रमण गर्ने तय भएको छ,” परराष्ट्र मन्त्री ज्ञवालीले बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘उहाँ जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन पोल्याण्ड जान लाग्नुभएको हो ।’

सम्मेलनमा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका सम्बन्धमा नेपालको धारणा राख्ने उनले जनाए । जलवायु परिवर्तन नेपालको लागि खाँदै नखाएको विष लागेजस्तो भएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले उच्चस्तरीय तहबाट यसले नेपालमा पारेको असरमा बारेमा सम्मेलनमा कुरा राख्दा प्रभावकारी हुने बताए । यसै कारण राष्ट्रपतिलाई सम्मेलनमा सहभागी हुन पठाउन लागिएको उनले जनाए ।

‘जलवायु परिवर्तनका कारण सबैभन्दा बढी जोखिममा हामी छौं । जलवायु परिवर्तनका कारण हामी केकस्तो जोखिममा परेका छौं, सो कुरा राष्ट्रपतिज्यूले सम्मेलनमा राख्नु हुनेछ,’ मन्त्री ज्ञवालीले भने ।

कात्तिक २८ गते, २०७५ - १७:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केपी ओलीमाथि ‘शब्द आक्रमण’: कतिले प्रहार गरे, कतिले जोगाए ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी समिति बैठकमा आज बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री...   
भारतलाई अस्ट्रेलियाले १४६ रनले हरायो

भारतलाई अस्ट्रेलियाले १४६ रनले हरायो

दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले भारतलाई एक सय ४६ रनले हराएको छ । दोस्रो टेस्टको पाँचौं...   

यी हुन् सम्मानित हुने चार न्यायाधीश

काठमाडौं । न्याय परिषद्को २८औँ दिवसका अवसरमा चार उत्कृष्ट न्यायाधीशलाई आज सम्मान गरिएको छ । प्रधानन्यायाधीश...   

के शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिदैंछन् ?

काठमाडाैं । प्रदेश ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का स्थायी कमिटी सदस्य शंकर...   

कांग्रेस महासमिति बैठकस्थल सर्योः प्रवक्ता शर्मा भन्छन्-फेरि बैठक फेरि सुरू भइसक्यो

काठमाडाैं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । विधान संशोधनबारे शीर्ष तहमा आज विहान सहमति...   

एक सातादेखि विद्युत् अवरुद्ध

बाजुरा । बाजुराको बडिमालिका नगरपालिकामा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको यन्त्रमा खराबी...   

चिनियाँ राष्ट्रपति सी जिनपिङले दिए यस्तो चेतावनी

बेइजिङ । चिनीया राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनैपनि मुलुकले हस्तक्षेप...   

के-के भयो नेकपाको बैठकमा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमाथिको...   

दोहोरो अंकले घट्यो शेयर

काठमाडौं । आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार...   

१२ दिनदेखि बालिका बेपत्ता

इलाम । इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् । सन्दकपुर गाउँपालिकास्थित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top