/  Wed, February 20, 2019

राजनीतीमा पनि अनगिन्ति फेक आइडी

काठमाडौं । फेसबुक, टुइटरमा फेक आइडीमार्फत अपराधिक क्रियाकलाप हुनेगरेको तथ्य बाहिर आइरहेकै बखत जनमत बिनाका राजनीतिकर्मीहरुले पनि अनगन्ति फेक आइडी खोलेर बिरोधीको बेइज्जत गर्ने, कसैलाई हप्काउने र तर्साउने तथा आफ्ना गतिविधिहरु आफ्नै नक्कली आइडीहरुबाट अधिकतम सेयर गरेर जबर्जस्ती आफैंलाई पपुलर बनाउन प्रयास गरेको पाइएको छ ।

यस्तो हर्कत अपनाएर आफुलाई चर्चामा ल्याउन खोज्नेमध्ये आफुलाई राप्रपा प्रजातान्त्रिकका युवा नेता भनाउँने सगुन लावती अग्रपङ्तीमा रहेका छन् । मानीसहरुलाई कसरी आफुतिर आकर्षित गर्ने भन्ने राजनीतिक संस्कार नभएका लावतीले फेसबुकमा भिम बराल, समिर तुलाचन, ओम नेपाली, लामा राजु, सुरेन याक्थुम्वा लगायत विभिन्न नाममा नक्कली आइडी बनाएर आफ्ना विपक्षी एवं पार्टी भित्रकै आफ्ना कुरा नखानेहरुका विरुद्ध प्रयोग गर्ने तथा आफ्नो प्रचार व्यापक रुपले गर्ने गरेका छन् । निजले पक्राउ परिन्छ कि भनेर अरुले शंका गर्न थाले पुराना फेक आइ डी बन्द गर्दै नयाँ नयाँ नक्कली आइडी बनाएर गाली बेइजती गर्न र आप्mनो गुणगान गर्न प्रयोग गर्ने गरेका छन् ।

पञ्चायतका हस्ती मानीने उनका बुबा पद्मसुन्दर लावतीले जबर्जस्ती लतारेर राजनीतिमा डो¥याएका सगुन सुन्दरको राजनीतिक संस्कार भने शून्य रहेको उनकै पार्टीका समकक्षीहरु बताउँछन् । वरिष्ठ राजनीतिज्ञ पद्मसुन्दर लावतीको छोरा बाहेक उनको आफ्नो राजनीतिक परिचय खासै केही पनि छैन । बाबुको आडमा राजनीतिक प्लेटफर्म पाएपनि यसलाई जोगाएर राख्ने अथवा सहकर्मी, कार्यकर्ताहरुको मन जितेर आफुलाई स्थापित गर्नेतर्फ नलागी असंख्य नक्कली फेसबुक आइडीको प्रयोग मार्फत आफ्ना इतरकालाई गालि बेइज्जति गर्ने, तर्साउने र धम्क्याउने गर्ने गरेका छन् ।

फेक आइ डी हरु मार्फत सगुन लावतीले राप्रपाका अध्यक्ष कमल थापाको बढी बदनाम गर्ने प्रयास गर्दछन् । त्यस्तै आफनै जिल्लाका राप्रपाका नेता तेज कुरुम्बाङको पनि निकै नै गाली बेइजती गर्ने गरेका छन् । सगुन कतिसम्म तल गिरेर अरुको बेइज्जत गर्न लाग्छन् भने आप्mनै वडाका निर्वाचित अध्यक्षको पनि फेक आइ डी मार्फत नक्कली समाचार बनाएर बदनाम गर्ने प्रयास गर्दछन् । प्रजातन्त्रमा अरुको विरोध गर्न पाइन्छ, तर प्रष्टसँग समाजले देख्ने गरि गर्नु पर्दछ, बिशेष गरि साँचो रुपमा राजनीति गर्ने हो भने । फेक आइडी बनाएर अरुको गाली बेइजती गर्नु अपराध हो । प्रहरी र प्रशासनले यस्ता व्यक्तिलाई समयमै कारबाही नगरे यस्ता अपराधिक गतिविधी व्यापक हुन सक्छ ।

साथै उनी आफ्नै फेक आइ डी मार्फत एकोहोरो रुपमा आफ्नो प्रचार गराउँदछन र दलका नेताहरुलाई आफनो सर्मथकहरु भएको दावी गर्दछन् । सगुन लावतीको सर्मथक भनेका त उनले आफैंले चलाउने फेक आइडीहरु मात्र हुन् । यस्ता कृत्रिम कार्यलाई ‘राजनीति’ र यस्तो गराउनेलाई ‘नेता’ भन्नुपर्ने अवस्था आइसकेको राप्रपा प्रजातान्त्रिकका एक नेताले बताएका छन् ।

आफ्नै पार्टी अध्यक्ष पशुपति शम्सेर जवरासँग कुनै कुरामा चित्त बुझेन भने यिनै नक्कली फेसबुक आइडीमार्फत उनले विष वमन गर्ने गरेको तथ्यलाई समेत पार्टीको केन्द्रीय सचिबालयले सुक्ष्म अनुषन्धान गरिरहेको बताइएको छ । राप्रपा नामधारी तीनैवटा पार्टीको एकीकरणको चर्चा चलिरहेका बेला सगुन लावतीमार्फत सञ्चालित माथी उल्लेखित नक्कली आइडीहरु हेरेमा यो कुराको पुष्टि हुने राप्रपा प्रजातान्त्रिकका एक केन्द्रीय पदाधिकारीले बताएका छन् ।

सामाजिक सञ्जालहरुले समाजमा सम्बन्ध गाँस्न र समाचार संप्रेषण गर्नमा महत्वपर्ण योगदान गरेको छ तर अपराधिक सोच भएका व्यक्तिहरुले ती माध्यमको चरम दुरुपयोग पनि गरिरहेको छन । त्यस्ता अपराधि र अपराधिक गतिविधिहरुको समयमै निगरानी र नियन्त्रण गरिएन भने विकृतिहरु मौलाउने छन् ।

कात्तिक २८ गते, २०७५ - १५:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६ प्रदेशका प्रमुखहरु किन पुगे शीतलनिवास ?

६ प्रदेशका प्रमुखहरु किन पुगे शीतलनिवास ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न ६ वटा प्रदेशका प्रदेश प्रमुखहरु शितल निवासमा पुगेका...   
फुटबल टोलीका मुख्य प्रशिक्षक योहान बिहीबार नेपाल आउने

फुटबल टोलीका मुख्य प्रशिक्षक योहान बिहीबार नेपाल आउने

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिन बिहीबार नेपाल आउने भएका छन्...   

‘बाँदर समाऔँ अभियान’ सुरू

खोटाङ । भारतबाट झिकाइएका शिकारीद्वारा यहाँ बाँदर समात्न थालिएको छ ।  केही वर्षयता किसानले लगाएका अन्नबाली...   

डा. गोविन्द केसी फेरि अनसन बस्ने चेतावनी, हेर्नुहोस् विज्ञप्ति

काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले अनसनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयनको माग...   

नेता पराजुलीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ। नेपाली काङ्ग्रेसले पार्टीका नेता बारा निवासी दण्डपाणि पराजुलीको निधनप्रति दुःख व्यक्त...   
कश्मीर आक्रमण: अस्थिरता बढ्दा बाँकी विश्व किन चिन्तित हुन्छ ?

कश्मीर आक्रमण: अस्थिरता बढ्दा बाँकी विश्व किन चिन्तित हुन्छ ?

भारत । कश्मीर विश्वमा सबैभन्दा बढी सैनिकीकृत क्षेत्रमध्ये एक हो। त्यहाँ भारत र पाकिस्तानजस्ता दुई...   

सुन तस्करिका केही ठूला माछाहरु अझै पनि जाल बाहिरनै छन् – गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीमा संलग्नलाई पक्राउ गर्ने प्रक्रिया जारी रहेको...   
दश ग्राम ब्राउन सुगरसहित छ जना पक्राउ

दश ग्राम ब्राउन सुगरसहित छ जना पक्राउ

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज १० ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित छ जनालाई पक्राउ...   

ट्रम्पको कार्यकालमा राष्ट्रिय ऋणको भार अहिलेसम्मकै उच्च, रिपब्लीकन पार्टी भने चुपचाप

वासिङ्टन। अमेरिकी राष्ट्रिय ऋणको भार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अझ वृद्धि भएर २२ हजार...   

वर्तमान सरकार पुर्ण रुपमै असफल भएको डा. भट्टराईको दाबी

रुकुम। नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्राईले गर्नैपर्ने र सजिलो काम पनि गर्न नसको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top