Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

पुनः निर्माणकाे प्राविधिकनै सम्पर्कविहीन भएपछि...

काभे्रपलाञ्चोक। काभे्रपलाञ्चोकस्थित स्थानीय तहका प्रमुखले पुनः निर्माणमा खटेका प्राविधिक सम्पर्कविहीन भएकाले भूकम्पपीडितका काम अलपत्र रहेको आरोप लगाएका छन् । बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं वादेले पुनः निर्माणमा खटाइएका प्राविधिकले जागिर मात्रै खाएको आरोप लगाउँदै उनीहरु आउने–जाने र कामबारे नपाका पदाधिकारीलाई थाहा नहुने बताए । संवाद समूह काभे्रपलाञ्चाकद्वारा मङ्गलबार बनेपामा आयोजित पुनः निर्माणमा ढिलासुस्तीबारे सरोकारवाला–संवाद कार्यक्रममा प्रमुख वादेले भने, “प्राविधिक कहाँबाट निर्देशित भएका हुन्, यस्तो प्रवृत्तिले पुनः निर्माणको कामले गति लिन सक्दैन ।” पनौती नगरपालिका प्रमुख भीम न्यौपानले प्राविधिक आए–गएको आफूहरुलाई जानकारी नहुने बताए । उनले भने, “नपामा खटेका प्राविधिक जवाफदेही छैनन् ।” मण्डनदेउपुर नपाप्रमुख टोकबहादुर वाइवाले प्राविधिक जिम्मेवार नभएको आरोप लगाए । उनको प्रश्न थियो, “खटेको केही दिनपछि पारिवारिक समस्या देखाएर फर्कन्छन्, पुनः काममा आउँदैनन् ।” नमोबुद्ध नपाप्रमुख टङ्कप्रसाद शर्माले प्राविधिक स्वयंसेवक जस्ता देखिएको र ‘हिँड्न नसक्ने’ पोशाक लगाउनेले कसरी काम गर्लान् भन्दै प्रश्न गरे । उनले भने, “एक जना प्राविधिकले त एउटा वडाको भूकम्पपीडितका १५० थान फारम लगेर बेपत्ता छन्, उनीहरु कत्तिको जिम्मेवार छन् त १” सो अवसरमा चौँरीदेउराली गाउँपालिका प्रमुख दीननाथ गौतमले प्राविधिकलाई ‘तहमा राख्नुपर्छ’ भने । उनले आफ्नो गाउँपालिकामा अहिले कुनै प्राविधिक नरहेको बताए । उनले भने, “प्राविधिक नभएका कारण स्थानीयवासीका आवास निर्माण अलपत्र छन् ।” महाभारत गाउँपालिकाका प्रमुख कान्छालाल जिम्वाले प्राविधिक कहाँ बस्छन्, कहाँ जान्छन्, कति के निर्माण भए–नभएका तथ्याङ्क भन्न नसकिने र प्राविधिकले दुईचार दिन काम गरेर महीनाको हाजिर गरेको अवस्था पाइएको बताए । उनले भने, “पुनःनिर्माणको लथालिङ्ग अवस्थाले स्थानीय तह असफल बनाउन यस्तो खेल त हैन रु” खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलाले आफ्नो क्षेत्रमा प्रावधिक जान नमानेको बताए । राष्ट्रिय पुनः निर्माण प्राधिकरण, जिल्ला आयोजना कर्यान्वयन इकाई एवं शहरी विकास तथा भवन डिभिजनका प्रमुख महालक्ष्मी जोशीले फिल्डमा प्राविधिक नबसेको ‘शत्प्रतिशत सत्य’ स्वीकारे । उनले भने, “अधिकांश प्राविधिक माथिबाटै क्षेत्र तोकेको पत्र ल्याउँछन्, कतिपयले पारिवारिक र अध्ययनको समस्या देखाएर फर्कन्छन् ।” उनका अनुसार जिल्लाको १३ वटा स्थानीय तहमा १२० इञ्जिनीयर, ५९÷५९ सब–इन्जिनीयर र सहयोगी खटाइएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली)का प्रमुख लोकनाथ रेग्मीले सबै प्राविधिकलाई स्थानीय तहमा बस्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले जिल्लाका ६८ हजार ७७३ भूकम्पपीडित परिवारमध्ये हालसम्म ३२ प्रतिशतले तेस्रो किस्ता बुझेको जानकारी दिए । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies