Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

कञ्चनपुरमा चिकित्सकसहितको सैनिक टोली पुग्दा जे देखियो...

कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित राष्ट्रिय माध्यमिक विद्यालयबाट मङ्गलबार दिउँसो हातमा स्वास्थ्य परीक्षणको पर्चा र औषधी लिएर घर फर्कँदै गरेका स्थानीय ५५ वर्षीय रामबहादुर साउद प्रसन्न मुद्रामा थिए । लामो समयदेखि बिरामी रहेका उनले घर आँगनमै निःशुल्क स्वास्थ्य उपचार पाउँदा खुसीको सीमा नै नरहेको जानकारी दिए । ‘सेनाले विकट बस्तीमा आएर जनताको सेवा यसरी पनि गर्दोरहेछ ।’ साउदले रासससित भने त सेनाको पुण्य काम हो ।’ नेपाली सेनाको सिंहशार्दुल गुल्मले मङ्गलबार पहरियामा आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा साउद जस्तै सयौँ स्थानीय वृद्ध÷वृद्धा, महिला र बालबालिकाहरूले गाउँमै उपचार पाएपछि खुसी व्यक्त गरेका छन् । कञ्चनपुरको विकट बस्ती हो पहरिया । जहाँ द्वन्द्वकालमा समेत स्थानीयबासीहरूले निकै समस्या भोग्नु परेको स्थानीय सित्त भुलको भनाइ छ । भौगोलिकरूपमा विकट नगरपालिका– १ मा दोमिल्ला, पहरिया, बण्ड, निगाली गाउँ छन् । यहाँ पछिल्लो समय सडक सञ्जाल विस्तार भइरहे पनि विद्यालयबाहेक अन्य सरकारी सुविधा केही छैन । ‘अरुले उपचारका लागि अत्तरिया, धनगढी, महेन्द्रनगर हुँदै भारतसम्म जानुपर्ने बाध्यता छ ।’ बण्डका स्थानीय प्रभाकर भण्डारीले भन्नुभयो–‘दुर्गमका जनता सेनाको शिविरबाट लाभान्वित भएका छन ।’ बस्तीमा स्वास्थ्य संस्थाहरू नहुँदा सामान्य बिरामी हुँदा पनि टाढा जानुपर्ने अवस्था छ । ‘यसअघि यहाँ यसरी शिविर लगाएको मलाई सम्झना छैन ।’ स्थानीय भीमदत्त भट्टले भन्नुभयो–‘गाउँमै पुगेर दीनदुखीलाई मलम लगाउने सेनाको जयजयकार ।’ २०२६ सालदेखि पहरियामा बसोबास गर्दै आएका स्थानीयहरूले पनि गाउँमा पहिलो पटक निःशुल्क स्वास्थ्य सेवा पाएको बताएका छन् । यहाँस्थित सेनाको सिंहशार्दुल गुल्म, भगतपुर ब्यारेकको आयोजनामा भएको स्वास्थ्य शिविरबाट ३३० जना लाभान्वित भएको सो गुल्मले जनाएको छ । स्वास्थ्य परीक्षणका लागि महिला र वद्ध÷वद्धाहरू बढी सङ्ख्यामा थिए । जिल्लाकै ग्रामीण भेग र स्वास्थ्य सेवाबाट टाढा रहेको देखेपछि यहाँ शिविर सञ्चालन गरिएको सेनाले जनाएको छ । सेनाले आगामी दिनहरूमा पनि सैनिक÷नागरिक सम्बन्ध प्रभावकारी बनाउन विभिन्न सामाजिक काम गर्दै जाने जनाएको छ । स्वास्थ्य परीक्षण गरिएका अधिकांश बिरामीहरूमा छाला, हाडजोर्नी, आँखा र महिलाको पाठेघरसम्बन्धी समस्या बढी देखिएको श्री नंं २५ फिएका उपसेनानी डा साजन महर्जनले जानकारी दिए । बिरामीहरूको परीक्षणका लागि सेनाको चिकित्सकसँगै धनगढीस्थित नवजीवन अस्पतालका चिकित्सक डा जयराम केसी समेत सहभागी थिए । नेपाली सेनाले यस अघि कञ्चनपुरको भीमदत्तनगरपालिका, बेदकोट, बेल्डाँडी गाउँपालिकाका विभिन्न बस्तीहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies