Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

छि हामि कस्ता मान्छे ! नुहाउँदा पनि कति कोलाहल

काठमाडाैं । नेकपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले म्याग्दीको तातोपानी कुण्डमा नुहाएको विषयले सामाजिक सञ्जालमा ठुलै चर्चा पायो । पत्नी सीता दाहालको उपचारका लागि म्याग्दीको बेनीनगरपालिका–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा ख्याती कमाएको तातोपानी कुण्डमा नियमित स्नान गरे ग्यास्ट्रिक, बाथरोथ (युरिकएसिड), ढाड दुख्ने, छाला सम्बन्धी रोग, सुन्निएको, बज्रिएर चोट लागेको, मर्किएको, पेट सुन्निने, गलगाँड र एसाइटिस लगायत रोग निको भएको अनुभव सुनाउनेहरू पनि प्रसस्त पाइन्छ । जमिनभित्रबाट बिरे नुन (आयुर्वेदीय औषधीविशेषमा प्रयोग गरिने गन्धदार कालो नुन) को गन्धसहित निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेका बिरामीहरू आफ्नो स्वास्थ्यमा सुधार आएको अनुभव सुनाउँछन् । बोकेर ल्याइएका बिरामीहरू तातोपानी कुण्डमा स्नान गरेपछि हिँडेरै घर फर्किएका धेरै उदाहरण छन् । चिकित्सकको सल्लाहअनुसार गत सोमबार पत्नी सीताको उपचारका लागि गएका प्रचण्डको गृहमन्त्री रामबहादुर थापा बादलले पनि कुण्डमा डुबुल्कि मारे । पूर्वकार्यक्रमअनुसार गृहमन्त्री बादल म्याग्दी पुगेका थिए । पत्नी नैनकला थापासहित म्याग्दी पुगेका गृहमन्त्रीले पनि तातोपानी कुण्डमा नुहाएका थिए । गृहमन्त्री र अध्यक्ष प्रचण्डले तातोपानी कुण्डमा नुहाएको फोटो प्रचण्डकै सचिवालयले सार्वजनिक गरेको थियो । प्रचण्डले कुण्डको पोखरीमा नुहाउँदै गरको फोटोलाई लिएर धेरैले मजाक उडाए पनि कतिपयले यसलाई सकारात्मक रुपमा लिएका छन् । प्रचण्डले नुहाउँदा कोकोहोलो किन ? स्वदेशमा रहेको प्राकृतिक चिकित्सालयमा उपचार गराउँदा देशमा स्वदेशी तथा विदेशी पर्यटककाे आगमनमा वृद्धी हुने अपेक्षा गरिए पनि कतिपयले यसलाई मजाक बनाइरहेका छन् । देशको पूर्वधानमन्त्री एव‌ पार्टी अध्यक्ष प्रचण्ड र गृहमन्त्रीको उक्त कदमलाई धेरैले सकारात्मक भन्दै तारिफ गरिरहेका छन् । जसले जसरी बुझे पनि यसलाई सकारात्मक रुपमा बुझ्न जरुरी छ । देशका विशिष्ट व्यक्तित्वहरुले स्वदेशमै रहेको प्राकृतिक उपचार पद्धतिमा विश्वास गर्दा विदेशी पर्यटक भित्र्याउन टेवा पुग्छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले राजनीतिककर्मीको पनि इच्छा चाहना हुने भएकाले प्रचण्डको उक्त कदमलाई नकारात्मक रुपमा टिप्पणी गर्न नहुने बताउँछन् । उनले प्रचण्ड र गृहमन्त्री बादलको फोटो शेयर गर्दै भनेका छन्, ‘राजनीतिकर्मिको पनि ब्यक्तिगत जीवन हुन्छ, मन हुन्छ, रुचि, सोच, भावना, विश्वास, खुशी र स्वतन्त्रता हुन्छ । अत: गलत छन् सबै, यो तस्वीरप्रति नकारात्मक ‘बौद्धिक’ टिप्पणीहरु !!’

राजनीतिकर्मिकोपनि ब्यक्तिगत जीवन हुन्छ, मन हुन्छ, रुचि, सोच, भावना, विश्वास, खुशी र स्वतन्त्रता हुन्छ l

अत: गलत छन् सबै, यो तस्वीरप्रति नकारात्मक `बौद्धिक´ टिप्पणीहरु !! pic.twitter.com/eLa7TIFkuc — Bishwa Prakash शर्मा (@bishwaprakash77) November 13, 2018
यस्तो छ तातोपानी कुण्डको रहस्य प्रकृति चिकित्सालयको नामले परिचित म्याग्दीको बेनीमा रहेको तातोपानी कुण्ड निकै चर्चित छ । विभिन्न रोगको उपचार हुने विश्वासका कारण हरेक महिना करिब ५ हजारले कुण्डमा नुहाउने गरेका छन् । नेता तथा मन्त्रीहरुसमेत कुण्डमा नुहाउन जाने क्रम बढेको छ । म्याग्दीको बेनी नगरपालिका वडा नं १३ मा अवस्थित तातोपानी कुण्डमा नुहाउन जानेहरुको संख्या उल्लेख्य छ । नदी किनारमा जमिन मुनिबाट आउने ५० डिग्री सेल्सीएस प्राकृतिक औषधियुक्त तातोपानीमा नुहाएपछि पुराना र जटिल रोगहरु निको हुने विश्वासमा सो कुण्डमा नुहाउनेहरुको सङ्ख्या बढदै गएको हो । अस्पतालमा औषधोपचार गर्दा रोग निको नभएर हैरान बनेका दीर्घरोगीसमेत तातोपानीमा घण्टौ डुवुल्की मार्दा रोग निको भएको कतिपयको अनुभव छ । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विशेषगरी पत्नी सिता दाहालको उपचारको लागि कुण्डमा पुगेको बताइएको छ । तातोपानी खाने र कुण्डमा डुवुल्की मार्दा टाउको दुख्ने, छाला, ग्याष्टिक, वाथ, घाउ–खटिरा, महिलाको आङ् खस्ने लगायतका रोगहरु निको हुने भएपछि प्राकृतिक चिकित्सा केन्द्र बनेको यो कुण्डमा नुहाउने मानिसहरुको आकर्षण बढेको छ । सो कुण्डमा एक पटकमा ४०० जनासम्मले नुहाउन सक्ने र दैनिक दुईसयदेखि पाँचसय जनासम्म कुण्डमा नुहाउन आउने गर्दछन् । सो कुण्डमा नुहाउनेले रु. एक सय ५० को टिकट लिनुपर्दछ । त्यो टिकट १५ दिनसम्म प्रयोग गर्न सकिने छ । तातोपानीमा उपचारको लागि देशका अधिकाँश जिल्लाका विरामीहरुका साथै भारतको नानपारा, रुपैडिया, बनवासालगायत राउण्ड धौलागिरी र अन्नपूर्णको भ्रमणमा आएका विदेशी पर्यटकहरुसमेत उपचारका लागि जाने गरेका छन् । २०२७ सालदेखि पोखरी निर्माण गरी नुहाउन सुरुगरिएको तातोपानी कुण्ड २०५४ सालदेखि बैधानिक रुपमा तातोपानी कुण्ड व्यवस्थापन समिति गठन गरी कुण्डको संरक्षण गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies