बर्लिन । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख जेन्स स्टलटेन्बर्गले चिनियाँ तथा रूसी मध्यम दूरीका क्षेप्यास्त्रप्रति चासो व्यक्त गर्दै मङ्गलबार बेइजिङलाई पनि अन्तराष्ट्रिय हतियार नियन्त्रण सम्झौतामा सहभागी हुन आग्रह गर्नुभएको छ । “हामीले देखेका छौँ कि चीनले नयाँ क्षेप्यास्त्रहरूसहित नयाँ र आधुनिक हतियारमा व्यापक लगानी गरेको छ,” स्टलटेनबर्गले जर्मनीको जिडिएफ सार्वजनिक टेलिभिजनमा बताए ।
उनीहरूका आधाभन्दा बढी क्षेप्यास्त्र निर्माणले सन् १९८७ मा गरिएको मध्यम दूरीको आणविक शक्ति सम्झौता (आइएमएफ)लाई उल्लङ्घन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना उक्त सम्झौताबाट बाहिरिने चेतावनी दिनुभएको थियो ।
स्टलटेनबर्गले थप्नुभयो, “हामीले उक्त सन्धिलाई विस्तार गर्न चाहन्छौँ जसले गर्दा सन्धिले चीनलाई पनि बाँध्न सकोस ।” शीत युद्धकालीन निशस्त्रीकरण सम्झौताको आधार मध्यम दूरीको आणविक शक्ति सम्झौतालाई रूसको क्षेप्यास्त्र प्रणाली बिस्तारले उल्लङ्घन गरेको दावी गर्दै ट्रम्पले गत महिना अमेरिका पनि उक्त सम्झौताबाट पछि हट्नसक्ने बताएको थियो ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पको उक्त भनाइपछि मध्यम दूरीको आणविक हतियार निर्माणमा नियन्त्रणका लागि गरिएको सन्धिबाट फर्कनु भनेको हतियार नयाँ दौडको शुरूवात हुने बताउनुभएको थियो । पुटिनले यदि यूरोपमा अमेरिकी क्षेप्यास्त्रको बिस्तार गरियो भने उचित जवाफ दिने बताउनुभएको थियो ।
स्टलटेनबर्गले मङ्गलबार भन्नुभयो, “ नेटोले नयाँ हतियारको दौड नचाहेको तर हामीलाई रूसी नयाँ हतियार बिस्तारले चिन्तित तुल्याएको छ । उनीहरू एक ठाउँबाट अर्को ठाँउमा सार्न सकिने, आणविक क्षमता भएका र यूरोपका बर्लिनजस्ता ठूला शहरमा पुग्ने खालका छन् ।” “आइएनएफ सन्धि अहिले खतरामा रहेको छ त्यसैले हामीले रूसलाई सन्धिप्रति प्रतिवद्ध रहन आग्रह गर्दछौँ ।” रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: