एजेन्सी । बाबुआमा चिच्याइ चिच्याइ रोइरहेका छन् । नजिकै बसेका छोरालाई बाबुआमाको आँशुले कुनै असर गरेको छैन । जो छोरो आफ्नो बुढेसकालको साहारा थियो । आज उही छोरोको अगाडि आमाबाबु गिडगिडाउनु परिरहेको छ । छोराको अघि हात जोड्नु परिरहेको छ । उनीहरुको एउटै माग सन्यासी छोरो घर फर्कियोस् । मानिसहरु आफ्ना आमाबाबुमा भगवानको अवतार मान्दछन् तर इन्जिनियरबाट सन्यासी बनेका दिशान्त पटेल भगवानका लागि आमाबाबुलाई बाधाका रुपमा मानिरहेका छन् । सन्यासी छोरालाई मानिसहरुले आमाबाबु नै साक्षात भगवान हुन् भन्दै सम्झाइ रहे तर सन्यासी बनेका छोराको सोच बदल्न सकेनन् ।
२५ वर्षका दिसान पटेल इन्जिनियरको पढाइ छोडेर अब सन्यासी बनेका छन् । उनी भारतको अहमदावादको इस्कोन मन्दिरमा तीन वर्षदेखि सेवा गरिरहेका छन् । उनीे घरपरिवार छोडेर सन्यासी बनेका हुन् । तर वृद्ध आमाबाबु पनि के गरुन् ? एकमात्र छोरालाई इन्जिनियर बनाउन आफ्नो जीवन नै समर्पित गरे । छोराको पढाई, विवाह, हजुबा हजुरआमा बन्ने सपना सबै आँखै अगाडि ध्वस्त हुँदै थियो ।
एक परिवारको पीडाले भरिएको यो जिन्दगी अब करेसो नाघेर प्रहरी चौकीसम्म पुगेको छ । आफनै छोरोलाई सन्यासीबाट फर्काएर घर ल्याउन बृद्ध आमाबुबालाई प्रहरी चौकी धाउनु परिरहेको छ । मन्दिर भन्दा बाहिर आफन्त र प्रहरीको अगाडि छोरालाई सम्झाउँदा सम्झिन्छ भन्ने आमाबाबुलाई लागेको थियो ।
प्रहरी चौकीमा सन्यासी छोराले सञ्चारकर्मीसँग भने, ‘अब विगत तीन वर्षदेखि मन्दिरमा सेवामा छु । अब पनि मन्दिरको सेवामा निरन्तरता दिन चाहान्छु । अहिले यति नै भन्छु ।’ बुबाआमाप्रति पनि त तपाईको जिम्मेवारी हुन्छ होला नि भन्दै सञ्चारकर्मीले गरेको प्रश्नमा भने उनले कुनै जवाफ दिएनन् ।
प्रहरी प्रशासनले पनि सन्यासी बनेका छोरा बालिग भएकाले आफ्नो जीवनको फैसला आफैं गर्न सक्ने हुँदा आफूहरुले आमाबुबाको कुनै मद्दत गर्न नसक्ने बतायो ।
कसरी सन्यासी बने दिशान्त पटेल ? ३१ मे २०१५ का दिन दिशान्त पटेल घरबाट मन्दिर जाने भनेर निस्किएका थिए । उनले आफू चाँडै नै फर्किने आमाबाबुलाई बताएका थिए । तर उनी फर्किएनन् । जब आमाबाबु छोरालाई भेट्न मन्दिर गए तब मन्दिर प्रशासनले आफ्नो छोरासँग राम्ररी भेट गर्न पनि नदिएको आमाबाबुको आरोप छ ।
उनीहरुले छोराको व्यवहार पनि बदलिएको पाए । आमाबाबुका अनुसार हरेकृष्ण मुभमेन्टका मानिसहरु कलेज पढिरहेका दिशान्तको सम्पर्कमा आएका थिए । र दिशान्त सो मुभमेन्टमा लागे । मन्दिर प्रशासनले पनि दिशान्त आफ्नो मर्जीले यहाँ बसेको बताएको छ ।
प्रतिकृया लेख्नुहोस्: