Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

‘दाल भात तरकारी’ स्वस्तिमा 'अाउट' आँचल 'इन'

काठमाडाैं। मह संचारको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘दाल भात तरकारी’ मा अहिलेको सफल अभिनेत्री परिवर्तन भएको छ । चर्चित अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो समय अभावको कारण चलचित्रमा भूमिका गर्न नसक्ने भएपछि निर्माण टिमले दोस्रो पटक अभिनेत्री आँचल शर्मालाई साइन गराएको छ । मंसिर पहिलो साताबाट छायांकन सुरु हुन लागेको फिल्म स्वस्तिमाले छाड्नुको कारण निर्माता किरण केसी समय अभाव बताउँछन् । उनी भन्छन्, ‘स्वस्तिमाले हाम्रो फिल्मभन्दा अगाडि अर्को एउटा प्रोजेक्ट साइन गरिसकेकी रहेछिन् । छायांकन दुवैको जुध्ने भएपछि सहमतिमै उनले चलचित्र छाडेकी हुन् ।’ जानकारी अनुसार, विकासराज आचार्यले निर्देशन गर्न लागेको फिल्म ‘हजार जुनी सम्म’मा र ‘दाल भात तरकारी’ को सुटिङ जुध्ने भएपछि स्वस्तिमाले विकासराजको फिल्म रोजेकी हुन् । मह जोडीको फिल्ममा स्वस्तिमालाई रिप्लेस गरेर आँचलको प्रवेश हुनुले धेरै आश्चर्यमा परेका छन् । किनकी, उनले यही टिमले निर्माण गरेको ‘शत्रु गते’ खेलेर पछुताएको बयान दिएकी थिइन् । उक्त फिल्म खेलेर जस आफूले नपाएको दुखेसो पोख्दै फिल्म ‘ब्ल्याक’ रिलिजको बखत उनले भनेकी थिइन्, ‘अब हुलमुलका फिल्म गर्दिनँ । सोलो हिरोइन बने कमसेकम जस त पाइन्छ ।’ अहिले उनले आफ्नो बोली विपरित काम गरेकी छिन् । ‘शत्रु गते’ जस्तै ‘दाल भात तरकारी’ मा कलाकारको ठूलो भीड छ । यसबाट उनले जस लिन पाउँछिन् वा पाउँदिनन् रु त्यो भने प्रतिक्षा गर्नै पर्ने हुन्छ । किरण केसी प्रस्तुतकर्ता रहेको चलचित्रलाई उनका छोरा सुदन केसीले गर्दैछन् । फिल्ममा आँचलसँगै मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, बर्षा राउत लगायतका कलाकारहरुको मुख्य भूमिका रहने छ । फिल्मले दाल भात तरकारी खान एक व्यक्तिले जीवनमा गर्ने अनेकन संघर्षको कथा वाचन गर्ने बताइएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies