Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

महिलामा स्तनको आकार किन फरक हुन्छ ?

महिलाहरुको दुई वटा स्तनको समान आकार नहुन सक्छ । यस्तो किन हुन्छ भन्ने कुराबारे बिभिन्न निश्कर्ष निकालिएको पाइन्छ । हालैमात्र बेलायतको एक पहिरन उत्पादन कम्पनी डिभेनहाम्सले पनि यसको बारेमा अनुसन्धानको नतिजा सार्वजनिक गरेको छ । यो कम्पनीले हरेक वर्ष महिलाले लगाउने ब्रा तथा पेन्टीहरुको आकारको बारेमा सर्वेक्षण गर्छ । आम महिलाले सानो, मझौला वा ठूलो मध्ये कुन प्रकारको ब्रा र पेन्टी लगाउँछन् भन्ने जान्नका लागि यस कम्पनीले यस्तो सर्वेक्षण गर्दै आएको छ । उदाहरणको लागि सन् २००८ को एउटा सर्वेक्षणले बेलायती महिलामाझ ‘पुस अप’ ब्रा निकै लोकप्रिय रहेको देखाएको थियो । सन् २०१२ को एक सर्वेक्षण अनुसार आजभोलीको महिलाको स्तन बढेको भन्दै सोही अनुरुपको ब्रा बनाएको थियो । डिभेनाहाम्सका नियमित ग्राहकमाझ ब्राको आकार सन् २०१० देखि नै बढेको छ । किनकी त्यतिबेला नै ब्राको आकार ३४बीको आकारबाट ३४ डी मा पुगेको थियो । त्यसो त स्तन र ब्राको विषयमा एउटा कम्पनीको सर्वेक्षणलाई मात्र आधिकारिक वा विश्वासिलो मान्न सकिदैन । तर, अन्य केही तथ्यांकहरुलाई विश्लेषण गर्दा यो बुझ्न करै लाग्छ कि, पछिल्ला वर्षहरुमा पश्चिमेली महिलाका स्तनहरुको आकार भने बिस्तारै ठूला र पुटुक्क देखिन थालेका छन् । आकर्षक स्तन देखिनु वंशाणुगत उपहार हो वा ब्राको चमत्कार हो यसको जबाफ विज्ञहरुले नै देलान् । तर, कस्मेटिक सर्जरीकै कारणले पश्चिमा महिलाको स्तन ठूलो भएको भने अवश्य होइन । सन् १९८३ मा महिलाहरुको भित्री पोसाक निर्माता अर्को कम्पनी प्लेटेक्सले सर्वाधिक विक्री हुने ब्राको आकार ३४ बी बाट ३६ बी पुगेको रिर्पोट गर्यो । केही वर्षपछि औषत अमेरिकी महिलाको कप साइज ३६ सी पुगेको बताइयो । अनि बिस्तारै महिलाहरु ठूला ठूला ब्रा प्रति मोहित हुन थाले । ठूलो ब्रा लगाउनुका पछाडि विभिन्न तत्वले भूमिका खेलेको बताइन्छ । जस्तैः महिलाको कम्मरमा बृद्धि, फिटिङ ब्रा प्रतिको बढ्दो मोह र ब्रा निर्माता कम्पनीमा स्टार्डन्ड साइजको अभाव इत्यादि । जहाँसम्म स्तनको आकारको सवाल छ, यसमा विभिन्न तत्वले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । जस्तै तौल परिवर्तन, औषधी, गर्भवती अवस्था र मासिक धर्मको अवस्था यी सबैले स्तनको आकार बढाउन र घटाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तरपनि स्तनको आकारलाई सातओटा वंशाणुगत संकेतले निर्देशित गर्ने बताइन्छ । हरेक महिलाले आफ्नो अभिभावकको जीनबाट ब्रासँग सम्बन्धित डीएनको अद्धितीय सेट प्राप्त गरेको हुन्छ । स्तनको स्वरुप सामान्यता सबै महिलाहरुमा उस्ताउस्तै भएपनि यसको आकार महिलैपिच्छे फरक मात्र होइन स्तनपिच्छे फरक हुन्छ । महिलाहरको यौन अंग विकसित भएपछि महिला सेक्स हर्मन ९इस्ट्रोजिन०ले महिलाको प्रारम्भिक स्तन विकासमा सहयोग पुर्याउँछ । बिस्तारै स्तनको मुन्टामा हल्का बृद्धि हुन्छ । तर, दुबै स्तनले एउटै खालको हर्मन नपाउन पनि सक्छन् । जसका कारण एउटा स्तन अर्को भन्दा तुलनात्मक रुपमा ठूलो हुन्छ । किशोरावस्थामा देखिएको स्तनको आकारको असन्तुलन प्रौढ अवस्थामा पनि देखिन्छ । कम्तिमा पनि २५ प्रतिशत महिलाको एकातिरको स्तन सानो हुन्छ । स्तनको आकार ठूलो वा सानो बनाउने जीनबारे अनुसन्धानकर्ताहरुले वृहत विवरण पत्ता लगाइरहेकै बेला स्तनको असन्तुलित आकारले उचित ब्रा कप खोज्न झन्झटबाट मुक्त पाउने विश्वास गरिएको छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies