Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

८० करोड खर्चेर धाम निर्माण गरिने

चितवन । भरतपुर महानगरपालिका–११ मा रहेको धार्मिक एवं ऐतिहासिकस्थल गणेशस्थानलाई रु ८० करोड खर्चेर गणेश धामको रुपमा विकास गरिने भएको छ । भरतपुरको मुख्य बजार नजिक रहेको यस स्थललाई धार्मिकस्थल र पार्कका रूपमा विकास गरिने भएको हो । गणेशस्थान मन्दिर क्षेत्रको धार्मिक वन २.४३ हेक्टर छ भने नवजगृति सामुदायिक वन र जलदेवी सामुदायिक वन क्षेत्रसँग सहकार्य गरी थप ३० हेक्टर क्षेत्रफलमा यो धाम विस्तार गरिने योजना अघि बढाइएको छ । यस क्षेत्रका प्रदेश सांसद विजय सुवेदीले नमूना क्षेत्रका रूपमा गणेशस्थानलाई विकास गरिने बताए । निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्न लागिएको उहाँको भनाइ थियो । प्रदेश सरकारले यस आर्थिक वर्षमा रु ८० लाख विनियोजन गरिसकेको छ । स्थानीय निकाय, प्रदेश सरकार, जनसहभागिता र निजी क्षेत्रको सहयोगमा गणेशस्थानलाई धामको रूपमा विकास गरिने र सो कार्यका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माणको काम शुरु गरिएको सांसद सुवेदीले बताए । । साना–साना योजनाबाट मन्दिरको विकास गर्न नसकिने भएकाले वृहत् खालको योजना अघि सारिएको र यसका करीब रु ८० करोड लाग्ने अनुमान गरिएको छ । विस्तृत अध्ययनमा सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, शिव पार्वतीको मूर्ति, सामुदायिक वन क्षेत्रको २५ बिघा जमीनमा तलाउ, पार्कलगायत संरचनाहरु निर्माण हुनेछन् । गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेका अनुसार करीब ३० फिट अग्लो गणेशको मूर्ति बनाइने छ । ठूलो तलाउमा जलविनायक गणेशसँगै नजिकै डाँडोमा कैलाश पर्वतको स्वरूप रहेको स्थानमा शिव, पार्वती, कुमार र गणेशको आकर्षक मूर्ति निर्माण गरिने छ । मूर्तिसहितको तस्वीर लिन सकिने गरी गुरुयोजना निर्माण गरिँदैछ । दौडिन र साइकल चलाउन सकिने गरी तलाउको वरिपरि पाँच किलोमिटरको प्याराफिट बनाइने र त्यसमा आकर्षक खालका झोलुङ्गे पुलबाट दृश्यावलोकन गर्न सकिने व्यवस्था गरिँदैछ । तलाउको छेउमा हात्ती, जरायोजस्ता जनावरका झुण्डका मूर्तिहरु पनि निर्माण गरिने छ । तलाउमा डुङ्गा सयरको व्यवस्था गरिने छ । यसअघि विसं २०६४ यता सो क्षेत्रमा रु ८० लाख खर्चेर दुई सभाहल, शौचालय, मठमन्दिर जीर्णाेद्वार गरिएको अध्यक्ष चुकेले बताए । सो क्षेत्रमा हाल गणेश, कमलेश्वर, सन्तोषीमाता, पशुपति, मनकामना, चन्द्रेश्वरी, सरस्वती र विश्वकर्माका मन्दिर छन् । गणेशधाम चितवनको अर्को महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुने र धामलाई चितवन र नवलपरासीका विभिन्न धार्मिक पर्यटकीयस्थलसँग जोडेर एकीकृत विकास गर्ने समेत योजना रहेको उहाँको भनाइ थियो । गणेशस्थान भरतपुर महानगरपालिकाको सबैभन्दा पुरानो ऐतिहासिक तथा धार्मिकस्थल हो । पौराणिककालमा पाल्पा राज्यका प्रतापी राजा मणिमुकुन्द सेनको राज्यकालमा बनेको ऐतिहासिक इनारसमेत यस स्थानमा रहेकाले तत्कालीन अवस्थादेखि नै धार्मिक थलोको रूपमा गणेशस्थान स्थापित भएको स्थानीयवासीले बताए । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले गणेशस्थान क्षेत्रलाई देवघाटपछिको दोस्रो धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लागिएको बताउनुभयो । मुख्य शहरी क्षेत्रको कोलाहाल छलेर उक्त ठाउँमा पुगेपछि छुट्टै शान्तिको अनुभूति हुने गरी विकास गरिने उहाँको भनाइ थियो । गणेशस्थान क्षेत्र नारायणगढ र भरतपुरको निकट छ । गणेशस्थान नजिकै बागेश्वरी र देवघाट क्षेत्रसमेत छ । उक्त समितिका अध्यक्ष चुकेले गणेशस्थानलाई धामको रुपमा विकास गर्न महायज्ञ गरी गरी सर्वसाधारणबाट सहयोग जुटाउन लागिएको बताउनुभयो । महायज्ञबाट रु २० करोड हाराहारी सङ्कलन हुने अपेक्षा गरिएको छ । यही मङ्सिर २२ गतेदेखि २९ गतेसम्म धनधान्याञ्चल महायज्ञ सञ्चालन गर्न लागिएको हो चितवन । भरतपुर महानगरपालिका–११ मा रहेको धार्मिक एवं ऐतिहासिकस्थल गणेशस्थानलाई रु ८० करोड खर्चेर गणेश धामको रुपमा विकास गरिने भएको छ । भरतपुरको मुख्य बजार नजिक रहेको यस स्थललाई धार्मिकस्थल र पार्कका रूपमा विकास गरिने भएको हो । गणेशस्थान मन्दिर क्षेत्रको धार्मिक वन २.४३ हेक्टर छ भने नवजगृति सामुदायिक वन र जलदेवी सामुदायिक वन क्षेत्रसँग सहकार्य गरी थप ३० हेक्टर क्षेत्रफलमा यो धाम विस्तार गरिने योजना अघि बढाइएको छ । यस क्षेत्रका प्रदेश सांसद विजय सुवेदीले नमूना क्षेत्रका रूपमा गणेशस्थानलाई विकास गरिने बताए । निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्न लागिएको उहाँको भनाइ थियो । प्रदेश सरकारले यस आर्थिक वर्षमा रु ८० लाख विनियोजन गरिसकेको छ । स्थानीय निकाय, प्रदेश सरकार, जनसहभागिता र निजी क्षेत्रको सहयोगमा गणेशस्थानलाई धामको रूपमा विकास गरिने र सो कार्यका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माणको काम शुरु गरिएको सांसद सुवेदीले बताए । । साना–साना योजनाबाट मन्दिरको विकास गर्न नसकिने भएकाले वृहत् खालको योजना अघि सारिएको र यसका करीब रु ८० करोड लाग्ने अनुमान गरिएको छ । विस्तृत अध्ययनमा सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, शिव पार्वतीको मूर्ति, सामुदायिक वन क्षेत्रको २५ बिघा जमीनमा तलाउ, पार्कलगायत संरचनाहरु निर्माण हुनेछन् । गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेका अनुसार करीब ३० फिट अग्लो गणेशको मूर्ति बनाइने छ । ठूलो तलाउमा जलविनायक गणेशसँगै नजिकै डाँडोमा कैलाश पर्वतको स्वरूप रहेको स्थानमा शिव, पार्वती, कुमार र गणेशको आकर्षक मूर्ति निर्माण गरिने छ । मूर्तिसहितको तस्वीर लिन सकिने गरी गुरुयोजना निर्माण गरिँदैछ । दौडिन र साइकल चलाउन सकिने गरी तलाउको वरिपरि पाँच किलोमिटरको प्याराफिट बनाइने र त्यसमा आकर्षक खालका झोलुङ्गे पुलबाट दृश्यावलोकन गर्न सकिने व्यवस्था गरिँदैछ । तलाउको छेउमा हात्ती, जरायोजस्ता जनावरका झुण्डका मूर्तिहरु पनि निर्माण गरिने छ । तलाउमा डुङ्गा सयरको व्यवस्था गरिने छ । यसअघि विसं २०६४ यता सो क्षेत्रमा रु ८० लाख खर्चेर दुई सभाहल, शौचालय, मठमन्दिर जीर्णाेद्वार गरिएको अध्यक्ष चुकेले बताए । सो क्षेत्रमा हाल गणेश, कमलेश्वर, सन्तोषीमाता, पशुपति, मनकामना, चन्द्रेश्वरी, सरस्वती र विश्वकर्माका मन्दिर छन् । गणेशधाम चितवनको अर्को महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुने र धामलाई चितवन र नवलपरासीका विभिन्न धार्मिक पर्यटकीयस्थलसँग जोडेर एकीकृत विकास गर्ने समेत योजना रहेको उहाँको भनाइ थियो । गणेशस्थान भरतपुर महानगरपालिकाको सबैभन्दा पुरानो ऐतिहासिक तथा धार्मिकस्थल हो । पौराणिककालमा पाल्पा राज्यका प्रतापी राजा मणिमुकुन्द सेनको राज्यकालमा बनेको ऐतिहासिक इनारसमेत यस स्थानमा रहेकाले तत्कालीन अवस्थादेखि नै धार्मिक थलोको रूपमा गणेशस्थान स्थापित भएको स्थानीयवासीले बताए । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले गणेशस्थान क्षेत्रलाई देवघाटपछिको दोस्रो धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लागिएको बताउनुभयो । मुख्य शहरी क्षेत्रको कोलाहाल छलेर उक्त ठाउँमा पुगेपछि छुट्टै शान्तिको अनुभूति हुने गरी विकास गरिने उहाँको भनाइ थियो । गणेशस्थान क्षेत्र नारायणगढ र भरतपुरको निकट छ । गणेशस्थान नजिकै बागेश्वरी र देवघाट क्षेत्रसमेत छ । उक्त समितिका अध्यक्ष चुकेले गणेशस्थानलाई धामको रुपमा विकास गर्न महायज्ञ गरी गरी सर्वसाधारणबाट सहयोग जुटाउन लागिएको बताउनुभयो । महायज्ञबाट रु २० करोड हाराहारी सङ्कलन हुने अपेक्षा गरिएको छ । यही मङ्सिर २२ गतेदेखि २९ गतेसम्म धनधान्याञ्चल महायज्ञ सञ्चालन गर्न लागिएको हो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies