/  Sat, March 23, 2019

राहत बोकेर अग्निपीडित भेट्न पुगे जनप्रतिनिधि

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले वाक्साका अग्निपीडितलाई राहत उपलब्ध गराएको छ । दुई दिनअघि आगलागीबाट पशु चौपायसहितको धनमाल गुमाएका पीडितलाई जनप्रतिनिधिले घरैमा पुगेर राहत दिएका हुन् ।

सडकको पहुँच नभएकाले आवश्यक सामान बोकेर पु¥याइ वितरण गरिएको गाउँपालिका उपाध्यक्ष सविता राईले बताए । “पीडितको पीडामा थोरै भए पनि मल्हम लगाउन प्रयास ग¥यौँ”, उनले भने, “सडकको सहज पहुँच नभएकाले काँधमै राहत सामग्री लिएर गयौँ र स्थानीय सरकारका तर्फबाट हुने सहयोग उपलब्ध गराएर फर्कियौँ ।’ राहत बोकेर गाउँपालिका अध्यक्ष मोतीराज राई, उपाध्यक्ष राईसहित अन्य जनप्रतिनिधि र स्थानीय सरोकारवाला वाक्सा पुगेका थिए ।

गाउँपालिकाको तर्फबाट त्रिपाल, ब्लाङ्केट, नुन, तेल, चामल र वडाको तर्फबाट नगद सहयोग गरिएको वडाध्यक्ष उमेश कार्कीले जानकारी दिनुभयो । ‘सबैतिर तिहारको रौनक हुँदा उनीहरुलाई पनि थप निराशा नहोस् भनेर तत्काल स्थानीय सरकारले अभिभावकत्व ग्रहण गरेको हो”, अध्यक्ष कार्कीले भन्नुभयो । उहाँका अनुसार वडाले प्रतिपरिवार रु पाँच हजारका दरले सहयोग गरेका छौँ । नेपाली काङ्ग्रेसका स्थानीय नेता राममणि राईले पनि वाक्साका अग्निपीडितलाई चामल, नुन तेललगायत सामग्री सहयोग गर्नुभएको छ ।

केही दिनअघि बच्चाले महुरीलाई आगो लगाउन खोज्दा शुरु भएको आगोले मानेभञ्ज्याङ गाउँपालिका–२, वाक्सामा आगलागी हुँदा चार घर जलेर नष्ट भएका थिए । आगोमा परेर चारवटै घरका पशु चौपाय र घरभित्र भएको धनमाल जलेर पूर्ण रूपमा नष्ट भएको थियो ।

आगोले नृपबहादुर कार्कीको घर तथा दुई भैँसी जलेका छन् । त्यस्तै जीतमाया राईको घर, गोठ र नौ बाख्रा जलेर मरेका छन्, धीरेन्द्र कार्की र अमृतबहादुर कार्कीको पनि घर जलेको छ । आगाले रु एक करोड हाराहारीमा क्षति भएको प्रहरीको अनुमान छ । आगलागी पीडित छिमेकी र आफन्तको सहारामा बसेका छन् ।

कात्तिक २३ गते, २०७५ - ०७:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसइई परीक्षाको तयारी पूरा, चार लाख ७५ परीक्षार्थी सहभागी हुँदै, कुन प्रदेशबाट कति ?

भक्तपुर। यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार...   

भारतीय सीमा सुरक्षाबलद्वारा मुक्तहलियाका घर निर्माणमा रोक

कञ्चनपुर। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया...   

पाकिस्तानको राष्ट्रिय दिवसमा भारत किन अनुपस्थित ?

नयाँ दिल्ली । पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा भारत अनुपस्थित हुने जनाएको...   

राजनीतिक परिवर्तनले मात्र समाज बदलिँदैन – मन्त्री थापा

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले राजनीतिक परिवर्तनले मात्र समाज...   

हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण नगरौं – सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आमसञ्चारमाध्यमलाई हिंसालाई...   

अचानक घरमा आगलागी हुँदा जलेर महिलाको मृत्यु

लहान। सिरहाको कल्याणपुर नगरपालिका–७ मा आज बिहान भएको आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । बिहान...   

काङ्ग्रेस बलियो नभए सङ्घीयता खतरामा पर्छ – नेता कोइराला

चितवन। नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेस बलियो नभए सङ्घीयता खतरामा पर्ने बताएका...   
कुलमानलाई लिएर माथिल्लो तामाकोशी पुगे ऊर्जामन्त्री पुन, मंसिरभित्रै काम सक्ने दाबी

कुलमानलाई लिएर माथिल्लो तामाकोशी पुगे ऊर्जामन्त्री पुन, मंसिरभित्रै काम सक्ने दाबी

दोलखा । उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण...   

कन्टेनरमा सुमो ठोक्किँदा २ को मृत्यु, ६ जना घाइते

मोरङ। मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्र्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा...   
घानामा अहिलेसम्मकै सबैभन्दा ठुलो बस दुर्घटना, कम्तीमा ६० जनाको मृत्यु

घानामा अहिलेसम्मकै सबैभन्दा ठुलो बस दुर्घटना, कम्तीमा ६० जनाको मृत्यु

कारकास। दुई बस एक आपसमा ठोक्किँदा शुक्रबार घानामा कम्तिमा ६० जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरूका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top