Khabar Dabali Logo
  June 25, Tue

अमेरिकामा गोली प्रहारबाट कम्तीमा १२ जनाको मृत्यु (भिडियाे)

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको प्रहरीले भनेको छ लस एन्जलिस् स्थित एउटा मदिरालय, बार, अगाडि भएको गोली प्रहारको घटनामा एकजना प्रहरीसहित कम्तिमा १२ जनाको ज्यान गएको छ। स्थानीय समयअनुसार बुधबार रातीको ११:२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित “बोर्डरल्याण्ड बार एण्ड ग्रील” नामको मदिरालयमा गोली चल्न सुरु भएको थियो।

कम्तीमा अन्य १० जना घाइते छन्। भेन्चुरा काउन्टीका एकजना प्रहरीले मारिनेमा बन्दूकधारी पनि रहेको बताएका छन्। प्रहरीलाई गोलीकाण्डको उद्देश्यका बारेमा पनि केही थाहा हुन सकेको छैन। प्रत्यक्षदर्शीहरूका अनुसार उक्त मदिरालयमा केही दर्जन गोली चलेका थिए।

उक्त काउन्टीको शेरिफ कार्यालयका प्रवक्ता एरिक बुशोले भने, “डेप्युटीहरू घटनास्थलमा पुग्दा तिनीहरूले गोली चलेको आवाज सुनेका थिए, त्यतिञ्जेलसम्म बन्दूकधारी सकृय नै रहेको हुनुपर्छ।”

गोलीकाण्डमा मारिएका प्रहरीको नाम रन हेलुस भएको बताइएको छ। भेन्चुरा शेरिफ कार्यालयका सार्जेन्ट र २९ वर्षसम्म सेवामा रहेका ती प्रहरीले सेवाबाट अर्को वर्ष अवकाश पाउन लागेका थिए।

उनीमाथि थुप्रै पटक गोली प्रहार भएको र पछि स्थानीय अस्पतालमा उनलाई मृत घोषित गरिएको थियो। ती संदीग्ध बन्दूकधारीले दर्जनौं गोली चलाएका र प्रहरीका अनुसार ती व्यक्तिले पछि आफ्नै ज्यान लिएको हुनु पर्छ।

कलेजका विद्यार्थीहरूमाझ लोकप्रिय सांगितिक कार्यक्रमका क्रममा बन्दूकधारीले जबर्जस्ती प्रवेश गरेर गोली चलाएका थिए। मानिसहरूले मेचहरूको प्रयोग गरेर झ्यालका सिसा फुटाई त्यहाँबाट भागेका र केही शौचालयमा लुकेका थिए। सांगितिक कार्यक्रम भैरहंदा उक्त बारमा कम्तिमा दुईसयजना मानिसहरू रहेका बताइएको छ। बिबिसिबाट

कात्तिक २२ गते, २०७५ - २१:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रेखाका फिल्मका निर्माता विप्लव कार्यकर्ताकाे अाशंकामा पक्राउ

रेखाका फिल्मका निर्माता विप्लव कार्यकर्ताकाे अाशंकामा पक्राउ

काठमाडौं । नम्बर वान अभिनेत्री रेखा थापासँग मिलेर चलचित्र मालिका निर्माण गरेका नरबहादुर कार्कीलाई...   
विप्लवका दुई कार्यकर्ता हतियारसहित पक्राउ

विप्लवका दुई कार्यकर्ता हतियारसहित पक्राउ

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाबाट प्रहरीले दुई थान आधुनिक पेस्तोलसहित विप्लव समूहका जिल्ला...   
चितवनमा नेकपाकाे जिल्ला नेताले  खाए सपथ, हेर्नुहाेस् नामावली

चितवनमा नेकपाकाे जिल्ला नेताले खाए सपथ, हेर्नुहाेस् नामावली

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एक सय ५५ सदस्यीय जिल्ला कार्य समितिले पूर्णता पाएको छ ।...   

ट्याक्सी तोडफोड तथा कुटपिटमा संलग्न पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका १५ स्वयम्भू कारखानाचोकस्थित सडकमा बा २ ज २९९ नम्बर र बा १ ज ८६१० नम्बरका...   

बिरामीको मृत्युपछि नर्सिङ होममा तोडफोड

मोरङ । पाठेघरसम्बन्धी बिरामी महिलाको उपचारको क्रममा मृत्यु भएपछि विराटनगर–२ मुनालपथस्थित विराट...   

लेखिकाले लगाइन् ट्रम्पमाथि यस्ताे अाराेप

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले १९९० को मध्यतिर एक डिपार्टमेन्टल स्टोरको लुगा फेर्ने कोठामा आफूले...   

नेतृत्वले आत्मसमीक्षा गर्ने बेला आयो : वरिष्ठ नेता नेपाल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक नेतृत्वले आत्मसमीक्षा...   
अमेरिकामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

अमेरिकामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

अमेरिका । हवाईको ओआहु टापुमा यात्रुवाहाक विमान दुर्घटना हुदाँ विमानमा रहेका सवैको मृत्यु भएको छ ।  शुक्रबार...   
वर्षाका कारण भरतपुर बिमानस्थलका सबै उडान रद्द

वर्षाका कारण भरतपुर बिमानस्थलका सबै उडान रद्द

चितवन । बिहानैबाट आएको लगातारको वर्षाका कारण आज भरतपुर बिमानस्थलका सबै उडान रद्द भएका छन् । उडानका...   
१३ महिना अघि तयार पारिएकाे प्रतिवेदन छाप्ने नेकपाकाे निश्कर्ष

१३ महिना अघि तयार पारिएकाे प्रतिवेदन छाप्ने नेकपाकाे निश्कर्ष

काठमाडौं । अाज बसेकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे बैठक राजनीतिक दस्तावेज छाप्ने निष्कर्षमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top