/  Fri, November 16, 2018

पहिरो पीडितलाई दुई महिनाको तलब

बेत्रावती । नुवाकोटबाट प्रतिनिधित्व गर्नुहुने प्रदेशसभा सदस्य बद्री मैनालीले यहाँका पहिरो पीडित दुई परिवारलाई दुई महिनाको तलब वापत प्राप्त रु ९० हजार उपलब्ध गराएको छ ।

पहिरोले घर पुरिँदा सबै सम्पत्ति गुमाएका नुवाकोट सूर्यगढी गाउँपालिका–२ चोकदेका कुमार शाही र नवबहादुर श्रेष्ठको परिवारलाई प्रदेशसभा सदस्य मैनालीले उनीहरुको अस्थायी निवासमा नै पुगेर सो रकम वापतको चेक प्रदान गर्नुभयो । उहाँले दुई महिनाको तलबबाट प्राप्त भएको रकम शाही र श्रेष्ठको परिवारलाई जनही रु ४५/४५ हजार दिएको हो ।

गत साउन ३ गते बिहीबार राति आएको पहिरोमा परी उनीहरुको घर पूर्णरुपमा भत्केको थियो । पहिरोबाट गम्भीर घाइते भएका नवराज श्रेष्ठ, उनकी श्रीमती निरु, छोरी निशा र छोरा विकास गम्भीर घाइते भएर तीन महीना अस्पतालमा उपचार गरेपछि हाल घरमा आराम गर्दै छन् ।

नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ को ‘प्रदेश ख’बाट निर्वाचित मैनालीले चुनावी घोषणासभामा आफू विजयी भएमा सांसद पदबाट प्राप्त हुने सुविधा समाजसेवामा खर्चने भनी जनाउनुभएको प्रतिवद्धताअनुसार उक्त सहयोग गरेको बताए ।

कात्तिक २२ गते, २०७५ - १२:२८ मा प्रकाशित

चिनीमा दिइएको अनुदानप्रति अस्ट्रेलियाको आपत्ति

सिड्नी। अस्ट्रेलियाले चिनीमा भारतले दिइआएको अनुदानका विरुद्धमा विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा...   

बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट हुँदा दुर्घटना, ४२ जनाको मृत्यु

हरारे। जिम्बाबेमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ । जिम्बाबेका प्रहरी...   
इँटाभट्टा सञ्चालनमा रोक

इँटाभट्टा सञ्चालनमा रोक

काभे्रपलाञ्चोक। नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा इँटा उद्योग सञ्चालनमा रोक लगाएको छ । यसअघि...   

कोलम्बो प्रोसेसः संयुक्त नेतृत्व र साझा जिम्मेवारी आवश्यक

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले ‘कोलम्बो प्रोसेस’को उद्देश्य...   
शासनकालका दुईजना उच्च नेताहरु जातीय नरसंहारमा दोषी ठहर

शासनकालका दुईजना उच्च नेताहरु जातीय नरसंहारमा दोषी ठहर

नोमपेन्ह। कम्बोडियाका खमेर रुज शासनकालका दुईजना उच्च नेताहरु जातीय नरसंहारमा दोषी भेटिएको छ । कम्बोडियाको...   

बसको ठक्करबाट टंकबहादुर गुरुङको घटनास्थलमै मृत्यु

लमजुङ। बेंसीशहर नगरपालिका–१ उदिपुरको खहरे खोलामा स्कुल बसको ठक्करबाट आज बिहान एक पैदल यात्रुको मृत्यु...   
शनिबारदेखि ‘हट एयर’ बेलुनमा उडेर पोखरा घुम्न पाइने

शनिबारदेखि ‘हट एयर’ बेलुनमा उडेर पोखरा घुम्न पाइने

काठमाडौँ। ‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ । बेलुन...   

पत्रकार देवकोटालाई घाइते बनाएको घटनाप्रति महासङ्द्वारा भत्र्सना

काठमाडौँ। नेपाल पत्रकार महासङ्घले महासङ्घका सभासद् एवं रेडियो थाहा सञ्चारमा कार्यरत् पत्रकार देवीराम...   

प्रचण्ड गएर नुहाएपछि ‘मेडिकल टुरिजम’को रूपमा चिनियो तातोपानी कुण्ड

बेनी। बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात् स्वास्थ्य...   
आइएमईको दशैंमा बिस लाख योजनाको पहिलो विजेता घोषणा

आइएमईको दशैंमा बिस लाख योजनाको पहिलो विजेता घोषणा

काठमाडौं ।नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः–...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top