/  Wed, January 23, 2019

तिहारले छोएन खोप्री गाउँलाई

जुम्ला । नेपाली हिन्दू धर्मावलम्बीको दोस्रो महान् पर्व तिहारले नेपालभर रमझम गराउँदा तिला गाउँपालिका–९ जुम्लाको खोप्री गाउँवासीमा भने यो पर्वको कुनै रौनक छैन ।

यतिखेर त्यहाँका समुदायले वर्षेबाली भण्डार गरिसके पनि अहिले उनीहरू चिसोबाट गाईवस्तुलाई जोगाउन घाँसपात जम्मा गर्ने र हिउँदे समयका लागि दाउरा तथा स्याउला सोत्तर जोहो गर्न तल्लिन छन् । निरन्तर आफ्नो काममा तल्लीन उनीहरुको दीपावली गाउँ शहरको जस्तो छैन ।उक्त गाउँपालिकाको प्रशासनिक केन्द्रबाट पाँच र जुम्ला सदरमुकामबाट ११ घण्टा पैदलयात्रा हिँड्नुपर्छ ।

अहिलेसम्म दीपावली गर्ने, देउसी–भैलो खेल्ने कोही पनि त्यहा नपुगेको स्थानीयवासी बलवीर थापाले बताउनुभयो । “हामीले आजका दिनसम्म देउसी, भैलीको सगुन कसैलाई दिनसम्म पाएका छैनौैँ”, उनले भने, “न त्यहाँ अहिलेसम्म देउसी भैलो गएका छन् न त भोट माग्ने राजनीतिक दलका नेताहरु नै आउँछन् ।”

उनको गुनासो थियो “प्रकृतिले खोप्रीवासीलाई ठगेकै थियो अझै त्यसमा वर्षमा एक पटक आउने पर्व दीपावलीको मनोरञ्जन साटासाट गर्नसमेत पाउँदैनौँ । बाउन्न घरधुरी रहेको हाम्रो अवस्था के छ भन्ने बुझ्नसमेत अहिलेसम्म राज्यका कुनै पदाधिकारी आइपुगेका छैनन् । ”

अर्का स्थानीयवासी कालीबहादुर थापाले भन्नुभयो, “हाम्रा निम्ति राज्य चरीको दूतजस्तै भएको छ । सरकार कहाँ छ न हामीलाई थाहा छ, हामी कहाँ छौँ न सरकारलाई वास्ता छ ।” राजनीतिक, सामाजिक र शैक्षिक निकायमा यहाँको मान्छे उच्च पदमा नपुगेकाले आजसम्म आफूहरु उपेक्षित भएको र विकासका हिसाबले पनि पछि पारिएको उहाँको आरोप थियो ।

सोही स्थान निवासी गोरीकला रावतले पुर्खौंदेखि अन्न उत्पादन र भेडाबाख्रा पालनमै हामीले पसिना बगाएर जीवन गुजारिरहेका छौँ । दीपावलीमा नाच्ने गाउँने भन्ने कुरा आफ्ना लागि धेरै टाढाको विषय भएको बताउनुभयो ।सोही वडाका वडाध्यक्ष अग्नि बोहोराले खोप्रीगाउँ शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत् र सञ्चार सबैमा पछि परेकाले पाँच वर्षभित्र सबै पूर्वाधार जोड्ने योजनाका साथ लागि परेको छु । यसका लागि स्थानीय सरकारका प्रमुख र स्थानीय समुदाय दुवैको सहयोग चाहिन्छ भने ।

कात्तिक २२ गते, २०७५ - ०९:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डाभोसमा नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला, प्रधानमन्त्री ओलीले के भने ?

डाभोसमा नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला, प्रधानमन्त्री ओलीले के भने ?

स्वीटजरल्याण्ड। विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्,...   

क्रिस्टियानो रोनाल्डोलाई करछली मुद्दा, १ करोड ८८ लाख युरो जरिवाना

करछलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख युरो जरिवाना तिर्न मड्रिडस्थित...   
काठमाडौंमा बर्षा, हेर्नुहोस् चन्दागिरी र फूलचोकीमा हिउँ

काठमाडौंमा बर्षा, हेर्नुहोस् चन्दागिरी र फूलचोकीमा हिउँ

काठमाडौं । मंगलबार राति देखि नै काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पानी परेको छ , साथै देशका विभिन्न...   
११ हजार भोल्टको करेन्ट लागेर दुवै हात-खुट्टा गुमाएका हरिकाजी भन्छन् ‘म पनि कृष्ण ओली भाइ झै हाँस्न चाहान्छु !’ शेयर गरेर सहयोगी हात सम्म पुर्यायौं

११ हजार भोल्टको करेन्ट लागेर दुवै हात-खुट्टा गुमाएका हरिकाजी भन्छन् ‘म पनि कृष्ण ओली भाइ झै हाँस्न चाहान्छु !’ शेयर गरेर सहयोगी हात सम्म पुर्यायौं

अति दुर्गम हिमाली बारीको भित्तामा टाँसिएको एकतले झुप्रे घर । आफु बस्नेसँगै जोडेर बनाइएको बाख्रोको...   

अण्डाको सस्तो पसल खुल्दै, अब कति रुपैंयाँमा पाइन्छ ?

चितवन। उत्पादन गर्ने कृषकले लागत मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने भएपछि नेपाल अण्डा...   

गौशालाबाट एक भारतीयसहित दुई जना पक्राउ

गौशाला। भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका कपडाका साथ महोत्तरी प्रहरीले मङ्गलबार एक भारतीयसहित...   

हुम्लामा पहिलो पटक हिउँमा चिप्लेटी

हुम्ला। हुम्लामा पहिलो पटक स्किङ्ग (चिप्लेटी) शुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा...   

तिम्ल्याहा बच्चा जन्माएर सम्झना पन्तले पाइन् ३० हजार

गलेश्वर। बेनी नगरपालिकाले तिम्ल्याहा बच्चा जन्माएका नगर क्षेत्रभित्रका दुई जनालाई जनही रु ३० हजारका...   

चोरमारमा बस र बारुणयन्त्र ठोक्किँदा डरलाग्दो दुर्घटना, सत्ताइस जना घाइते

कावासोती। र्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमार–अरुणखोलास्थित...   

अध्यक्ष प्रचण्डकाे स्वास्थ्यमा सामान्य सुधार, अझै केहि दिन बाहिर नहिड्न सुझाव

काठमाडौँ। भाइरल ज्वरोबाट बिरामी परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top