Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

संयुक्त राष्ट्रले जारी गऱ्यो ‘दीपावली’ विषयक हुलाक टिकट श्रृंखला, नेपालको भने नामै छैन !

न्युयोर्क। संयुक्त राष्ट्र हुलाक विभागले नेपाल र भारतमा मनाइने प्रकाशको पर्व तिहारको उपलक्षमा ‘दियो’ भएको टिकट जारी गरेकोमा भारतले संयुक्त राष्ट्रप्रति आभार व्यक्त गरेको छ । उक्त कार्यप्रति नेपाल, श्रीलंका, सिंगापुर, मोरिसस, क्यानाडा, फ्रांस, ब्रिटेन आदि २३ देशहरूले समेत समर्थन जनाएको भारतीय संचार माध्यमहरूले लेखेका छन् । संयुक्त राष्ट्र पोस्टल एजेन्सीको वेबसाइटमा राखिएको उक्त हुलाक टिकट शृंखलाको परिचयात्मक विवरण राखिएको छ । त्यसमा नेपालको भने नामै छैन । जबकि हामीकहाँ यसलाई धेरै समुदायहरूले आफ्नै मौलिक किसिमले मनाउँछन् । उक्त हुलाक टिकट शृंखलाको परिचयमा दीपावली पर्वलाई सम्झन योग्य बनाउन उक्त शृंखला जारी गरिएको बताइएको छ । त्यसमा अगाडि भनिएको छ, ‘दीपावलीका नामले पनि चिनिने दिवाली प्रकाशको हर्षोल्लासपूर्ण र प्रख्यात पर्व हो । यो भारतमा र विश्वका कतिपय ठाउँहरूमा विभिन्न आस्थाका मानिसहरूले मनाउने गर्दछन् ।’ एजेंसीको वेबसाइटमाँ भनिएको छ, ‘पाँच दिन चल्ने उत्सवमा जलाइने ‘दिया’ भनिने माटाका बत्तीहरूले खराबमाथि राम्रोको जीतलाई दर्शाउँछ । यसकासाथै कतिपय समुदायहरूमा यसलाई नयाँ वर्षको रुपमा समेत मनाउने गरिन्छ ।’ सम्बन्धित् समाचार कसरी सुरु भयो देउसी–भैलो ? तिहारसँग जोडिएका केहि रोचक तथ्य जबकि यस अवधिमा नयाँ वर्ष मनाउने भनेको नेपालको नेवार समुदायले हो । तर उक्त परिचयात्मक विवरणमा नेपालको नामै उल्लेख नहुनु भने आश्चर्य चकित पार्ने खालको छ । उक्त टिकट शृंखलामा १.१५ अमेरिकी डलर मूल्यका दस वटा टिकट रहेका छन् । यी दश वटै टिकटहरूमा अलग अलग प्रकारका दियाहरू प्रदर्शित गरिएका छन् ।। त्यस्तै उक्त शृंखलाका दशवटै टिकटहरू भएको पानाको पृष्ठभूमिमा प्रकाशमा चम्किराखेको संयुक्त राष्ट्र भवन देखाइएको छ जसमा ‘ह्याप्पी दिवाली’लेखिएको छ । उक्त टिकटहरू संयुक्त राष्ट्र पोस्टल एजेन्सीबाट सोझै या अनलाइनबाट किन्न सकिनेछ । संयुक्त राष्ट्रले गत १९ अक्टोबरका दिन दीपावलीको सम्मानमा डाक टिकट जारी गरेको थियो । सनुक्त राष्ट्रका लागि भारतका स्थायी प्रतिनिधि सैयद अकबरुद्दीनले संयुक्त राष्ट्रलाई उक्त कामका लागि धन्यवाद दिएका छन् । उनले ट्वीट गर्दै ‘सयुक्त राष्ट्र्मा हरेक दिन राम्रो र खराबबीचको संघर्ष चलिराख्ने र यस्तो मौकामा प्रकाश पर्वको र खराबमाथि राम्रोको जीतको प्रतीकको रूप्मारहेको तिहारको हुलाक टिकट शृंखलाको पहिलो किस्ता जारी गरेकोमा संयुक्त राष्ट्रलाई धन्यवाद’ भनका छन् । सम्बन्धित् समाचार यूएन क्षेत्रीय कार्यालय हट्ने यस अघि २०१६ मा संयुक्त राज्य अमेरिकाले पनि तिहारलाई सांकेतिक रूपमा दर्शाउँदै ‘दीपावली फर एभर युएस’ टिकट शृंखला जारी गरेको थियो । उक्त टिकट शृंखला अमेरिकाको सर्वाधिक बिक्री हुने हुलाक टिकटमध्ये पर्दछ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies