Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

विदेश गएका नेपालीको शेयर बजारमा संलग्न ह्वात्तै बढ्यो

बुटवल। वैदेशिक रोजगारीमा गएका नेपालीहरु शेयर खरीद बिक्रीमा संलग्न हुने क्रम बढेको छ । खासगरी कोरिया, दुवई, साउदी अरबलगायतका मुलुकमा वैदेशिक रोजगारीमा गएकाले आफ्नो परिवार वा अनलाइनमार्फत् रु ५० हजारदेखि रु पाँच लाखसम्मको शेयर खरीद तथा बिक्री गर्ने गरेको बुटवलस्थित विभिन्न शेयर दलालका कार्यालयले जनाएका छन् । “उनीहरुले विदेशबाट नै भन्छन् र हामीले खरीद गरिदिन्छौँ” दक्षिणकाली इन्भेष्टमेण्ट बुटवलका शङ्कर भण्डारीले भने । पूँजी बजार अनलाइन प्रणालीमा गएपछि सबैभन्दा बढी वैदेशिक रोजगारीमा गएका लगानीकर्ता खुशी देखिएको उल्लेख गर्दै उनले आफ्नो कार्यालयबाट सबैभन्दा बढी कोरियाका रहेको बताए । अघिल्लो साता सो कार्यालयबाट कूल रु ६० लाख बराबरको कारोवार भएको छ । एशियन सेक्युरिटिज प्रालि (२६) नं दलाल कार्यालय बुटवलका पुष्पनिधि ढकालले भाइवरको प्रयोगमार्फत शेयरको माग गर्ने गरेको जानकारी दिँदै तीनदेखि रु पाँच लाख बराबरको शेयर खरीदको माग भएको छ भने । दुवही, साउदी अरब र कोरियाबाट समेत शेयर खरीद तथा बिक्रीका लागि आउने गरेको उल्लेख गर्दै रुपन्देही, पाल्पा र गुल्मीका वैदेशिक रोजगारीमा गएका श्रमिक शेयर बजारप्रति आकर्षित भएको उनको भनाइ थियो । सो सेक्युरिटिज प्रालिबाट अघिल्लो साता कूल रु ५७ लाख ५१ हजार बराबरको कारोवार भएको थियो । आर्यनतारा इन्भेष्टमेण्ट प्रालि (५७)नं दलाल कार्यालय बुटवलका टेकराज भट्टराईले कोरियाबाट चार जनाले शेयर खरीद तथा बिक्री गरेको जानकारी दिँदै अनलाइनबाट नै भुक्तानी हुने गरेको बताए । “ वैदेशिक रोजगारीमा गएकाले श्रीमती वा परिवारको सदस्यको नाममा शेयर खरीद बिक्री गर्नुहुन्छ र चेक पनि बोकेर आउछन् ”, भट्टराईले भने । उक्त कार्यालयबाट कूल रु एक करोड २६ लाख १३ हजार ३८० बराबरको कारोवार भएको थियो । लगानीकर्ताको बैंकसम्बन्धी शेयर सबैभन्दा बढी रोजाइमा परेको छ । यी बाहेक रुपन्देहीमा पाँच वटा शेयर दलाल कार्यालयले शेयरको खरीद तथा बिक्री गर्ने गर्छन् । बुटवलका लगानीकर्तामा खुशियाली शेयर बजार अनलाइन प्रणालीमा गएपछि बुटवलका लगानीकर्ता खुशी देखिएका छन् । उनीहरुले अनलाइन प्रणालीमा गएपछि बजार बढ्ने विश्वास व्यक्त गर्दै प्रविधिलाई सहज र सरल बनाउन जोड दिएका छन् । सैनामैना नगरपालिका–३ का विष्णु पन्थीले लामो समयदेखिको प्रयास सफल भएको उल्लेख गर्दै लगानीकर्तालाई अनलाइन प्रणालीले उत्साहित बनाएको बताए । उनले शेयर बजारलाई प्रविधिमैत्री बनाउनु सबै लगानीकर्तामा आशाको सञ्चार भएको टीप्पणी गर्दै यसको प्रभाव बजारमा देखिनुपर्ने तर्क गरे । एशियन सेक्युरिटिज प्रालि (२६) नं दलाल कार्यालय बुटवलका पुष्पनिधि ढकालले पूँजी बजार अनलाइन प्रणालीमा गए पनि मङ्गलबार कारोवार गर्न सहज नभएको उल्लेख गर्दै तयारी पूरा गरेर मात्रै अनलाइन प्रणालीमा जाँदा लगानीकर्तालाई झण्झट हुने थिएन भने । उनले अनलाइनका विषयमा धेरै लगानीकर्ताको फोन आएको जानकारी दिँदै अब शेयर बजारका लागि यो सुखद् र उत्साहित विषय भएको बताए । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies