Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अम्पायरसँग विवाद गर्दा सन्दिपलाई कारवाही

काठमाडौं । पोखरा प्रिमियर लिग ९पीपीएल० क्रिकेट प्रतियोगिता अन्तर्गत बिराटनगर टाईटन्सका कप्तान सन्दीप लामिछानेलाई अम्पायरले कारवाहीसहित डि(मेरिट अंक दिएका छन्। शनिबार लिग अन्तर्गतको अन्तिम खेलमा चितवन राइनोजसँगको खेलमा अम्पायरले दिएको निर्णयको अनादर गर्दा सन्दीपलाई म्याच रेफ्री सत्यजित सरकारले उक्त कारवाही गरेका हुन्। खेलको दोश्रो इनिङको चौंथो ओभरको अन्तिम बलमा किशोर महतोको बललाई नोबल घोषणा गरेपछि सन्दीपले त्यसको बिरोधमा अन्फिल्ड अम्पायर सञ्जय सिग्देलसँग विवाद गरेका थिए। अम्पायरसँग विवादपछि सन्दीपको विपक्षमा मैदानमा उपस्थित दर्शकहरुले सन्दीप घमण्डी भन्दै नाराबाजी गरेका थिए। केहि बेर नाराको प्रतिबाद नगरेका उनले केहि बेरपछि दर्शकले त्यसो भन्दै गर्दा दर्शकपट्टि फर्केर हात उचाल्दै उकासेका थिए र तालीसमेत बजाएका थिए। सन्दीपसँगै सोहि खेलमा किशोर महतो, सन्नी पटेललाई पनि अम्पायरको निर्णयको अनादर गरेको र निर्णयबारे अनावस्यक विवाद गरेको आरोपमा म्याच रेफ्रीले स्पस्टिकरण लिएका छन् र चेतावनी समेत पाएका छन्। यस्तै शनिबारको पहिलो खेलमा काठमाडौं रोयल्सको खेलाडी अमर सिंह रौटेलालाई पनि अम्पायरको निर्णयको अनादर गरेको आरोपमा म्याच रेफ्रीले डी(मेरिट अंक दिएका छन्। आरोप लागेका सम्पूर्ण खेलाडीहरुले म्याच रेफ्रीसंग आफ्नो गल्ति स्वीकार गरिसकेको कारण अन्य कारवाही गरिएको छैन। सम्बन्धित् समाचार दिल्ली डेयरडेभिल्सका प्रशिक्षक पोन्टिङले भने– सन्दीप राम्रो लेग स्पीनर हुन एयधभचभम दथ क्ष्लष्लिभ च्भबितभम एयकतक के हो डी(मेरिट अंक रु अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१६ बाट प्रयोगमा आएको डी(मेरिट अंक खेलाडीको अनुसासन कायम गर्न प्रयोग गरिने मापदण्ड हो। अन्तर्राष्ट्रिय क्रिकेटमा २४ महिनाको समयमा कुनै खेलाडीले ४ डी(मेरिट अंक बटुलेमा १ टेस्ट वा २ सिमित ओभर क्रिकेट खेलबाट निलम्बन गर्ने नियम छ। खेलपछि म्याच रेफी सत्यजित सरकारले बताए अनुसार नेपाली घरेलु क्रिकेटमा भने डी(मेरिट अंक १२ महिनासम्मको समयका लागि रहने छ। पीपीएल क्रिकेटका क्रममा सन्दीपले पाएको डी(मेरिट अंक नेपालमा आयोजना हुने सबै घरेलु क्रिकेट प्रतियोगिताका लागि १२ महिनासम्म रहने जानकारी समेत सत्यजित सरकारले जानकारी दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies