Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

अस्पतालहरुमा भित्री कमिशन सेटिङ्ग

[gallery columns=\"1\" link=\"file\" size=\"full\" ids=\"212459\"] त्यस दिनमोटरसाइकल मार्फत काठमाण्डौबाट पोखरा जाने क्रममा धादिङको आदमघाट भन्ने स्थानमा पश्चिम भैरहवाबाट काठमाण्डौतिर आउँदै गरेको माइक्रोबस संग मोटरसाइकल ठक्कर खान गई सामान्यदुर्घटना भयो । लगत्तै एक हुल यूवाहरु आइपुगे र सो माइक्रो चालकलाई बेस्सरी झपारे र हामी मोटरसाइकलमा सवार सामान्य घाइतेलाई बा आमा झै चिन्तित् जस्तो बनी अत्यन्तै छिटो–छिटोएम्बुलेन्स चढाइ हामीहरुलाई अस्पताल पु¥याए ।स्थानिय अस्पतालमा प्राथमिक उपचार पश्चात हामी घर फिर्ताहुने तरखरमा थियौं । तर तियुवाहरुरडाक्टरले हामीलाई अहिले आलो घाउ भएकोले तपाईहरुलाई खासै केही नभएको जस्तो भएको हो, भित्रि दख्खल भएको छ तपाईहरुलाई भने। काठमाण्डौं गएरपरिक्षण तथा उपचार गर्न बढि नै सम्झाएरकरगरेकोले तसर्थ हामीलाई काठमाण्डौंको परिक्षण प्रस्ताब राम्रै लाग्यो रसहमत भयौँ । उनीहरुले आफैले व्यवस्था गरेको एम्बुलेन्स मार्फत ललितपुरको एक प्रतिष्ठित अस्पतालमा लागेर त्यहाँका अस्पताल प्रशासन समक्ष बुझाइदिए उनीहरुले। अस्पताल प्रशासनले तुरुन्तै प्रहरी प्रशासनलाई बोलाई कानुनी कागजात मिलाई उपचारगर्न भित्र लिएर गए । मलाई पूर्णरुपमा आत्मविश्वास थियो कि, स्वास्थ्य प्राथमिक उपचार पश्चात पूर्ण रुपमा सामान्य अवस्थामा पुगिसकेको थियौँ । तर त्यहाँ एक्सरे मात्र १४ वटा गरियो । सिटि स्क्यान,एम.आर.आइ,इण्डोस्कपी रगत लगायतका परिक्षण देखि दिसा,पिसाब, खकार, गर्न बाँकी जति सबै परिक्षण गराए।मैले मलाई खासै केही भएको छैन तसर्थ यि सबै गरिरहनु आवश्यक छैन भनेरबारम्बार भन्दा पनि डाक्टर, नर्सहरु दुर्घटनाबाट आएका सबै बिरामीहरुको यो सबै परिक्षण गर्ने पर्ने हुन्छ भने।मैले सायद होला ता नि भनेर उनीहरुले जसो तसो भने त्यसै–त्यसै गरे । डाक्टर र नर्सहरुको भिडभाड पाँच–पाँच मिनेटमा आएर डिग्री लगाएर परिक्षण गरेको–गरेई, छिन–छिन मै अस्पताल प्रशासनका मानिसहरु आएर हालखबर सोधेको र सबैजनाको निगरानी हामी सामान्य घाइते भै फोकस भएको देख्दा मनमा कता कता डर पनि लागेर आयो । कतै हामीलाई भित्रि चोट पो लागेको पो हो कि भन्ने ।त्यस दिन हामीलाई इमर्जेन्सीमा राखियो । अन्य बिरामी भन्दा बढी बढी केयर गरिएको भान हुन्थ्यो । हामीलाई भोलिपल्ट ठूलो डाक्टर आइपूगे उनले पनि विशेष परामर्श गरिसके पछि माथि वार्डमा ट्रान्सफर गर्न सिफारिसस गरे । तर मैले आफुलाई खासै केही नभएको हुँदा डिस्चार्ज गर्न अनुरोध गरे तर उनीहरुले मानेनन् र केहि दिन चिकित्सकको प्रत्येक्ष निगरानी मै बस्नु पर्ने बताए । मैले डाक्टर संग मलाई गम्भिर रुपमा भित्री चोट लागेको हो र भनेर जिज्ञासा राखे तर डाक्टरले खासै बुझिने र चित्त बुझने उत्तर दिएनन् । म झन् किंकर्तव्यब्युमुढ भए । मनमा एक किसिमको डरले डेरा जमाइरह्यो, कुनै केही गम्भिर चोट पो लाग्यो कि जस्तो फिल भइ नै रहयो । अनि सम्झिए ती उद्दारकर्ता भगवानहरु स्थानीय यूवाहरुलाई,जसले आफ्नै छोरा/भाइ/ दाई झै चिन्तित बनी हामी दुई जना घाइतेहरुलाई उपचार गर्न अस्पताल सम्म ल्याएर मानविय संवेदनशिलता देखाएका थिए । सो दिन हामी दुईजनासामान्य घाइतेहरुलाई वार्डमा सिफ्ट गरियो । वार्ड पनि सारै सफा अत्यन्तै सुविधा सम्पन्न थिए । फ्रिजदेखि टेलिभिजन सम्म थिए सो कोठामा जुस,फलफुल पानी तताउने भाडा,पानीको जार, सबै थिए त्यहाँ भित्र ।हामीले सोच्यौँ,त्यहाँ पूर्ववत बिरामीहरुले छोडेका होलान ति जुस,फलफुल हरु । तर पछि थाह भयो कि, विशेष बिरामीहरुलाई विशेष सुविधा अस्पताल प्रशासनले उपलब्ध गराइने प्रोभिजन रहेछ त्यहाँ । तर हामी विशेष कसरी भयौँ,तम छक्क परे । हामी कुनै भि.आइ.पि. वा भि.भि.आई पि व्यक्तित्व पनि थिएनौ । तापनी सेवा सुविधा चाही साह«ै राम्रो लाग्यो । २ दिन बित्यो,३ दिन बित्यो,४ दिन बित्यो, अहँ डाक्टरहरुआएर डिस्चार्ज गर्नै मान्दैनन् । हाम्रो घाउ निको भइसकेर खाटा समेत बस्न थालिसकेको छ तर डाक्टरसाबहरु सातौँ दिन बितिसक्दा पनि हामीलाई डिस्चार्ज नगरेको हुनाले साह«ै आश्चर्य लाग्यो र राउण्डमा आएका डाक्टरसाब संग वादविवाद गर्न थाले । डाक्टरले अहिलै डिस्चार्ज गर्न नसकिने बताएर गए । म बेस्सरी कडकिए र बाहिर बार्दलीमा गएर घाम तापेर बस्दै थिए । एकजना तराइ मुलको अधैबसे मान्छे भक्कानिएर रोइरहेको देखेँ र नजिक गएर इम्प्याथी दर्शाई रोएकोकारण जान्न चाहँे । उसका अनुसार– उसको विरगंजको घरमा ग्याँस पड्किएर आगलागी भएको, १४ वर्षिय छोरोको उपचार विरगंजकै एक सरकारी अस्पतालमा भइरहेको थियो रे त्यहाँका डाक्टर कै सल्लाह अनुसार उनलाई यस अस्पतालमा रिफर गरिएको रहेछ । एघार लाख साठी हजार सकिइसकेको र सबै पैसा सकिसके पश्चात अस्पताल प्रशासनले अब अरु पैसा खर्च गर्न नसक्ने भए बिरामी डिस्चार्ज गर्न आदेश दिएको र उनले अब आफ्नो जायजेथा केही पनि बाँकी नभएकोले पैसा जुटाउन नसक्ने विडम्बना व्यक्त गर्दा अब डिस्चार्ज गर चाडो भनेर अस्पताललेआदेश दिएकोले त्यो मानिस रोइरहेको रहेछ । मेरो मनमा पनि साह«ै बिझ्यो र पूनः आफ्नै क्याविनमा आई मन भारी बनाएर बसिरहेँ । त्यत्रो एघार लाख सकिदा केहि नभन्ने अनि अहिले पैसा सकिना साथ घरमा जाउ भन्ने कस्ता मनमा हरी नभएका डाक्टर र प्रशासन रहेछन् जस्तो लाग्यो । म र मेरो अर्को साथी आपसमा चिन्तित हुदै बस्दै थियौँ । केही बेर पश्चात मंगोलियन समुदायकी अधवैंसै एकजना सरसफाई गर्नेकर्मचारी महिला भूँइमा पोछा लगाउन आइन् र मलाई केही समय अघि डाक्टर संग चर्को–चर्को स्वरले बोलेको सुनिरहेकी रहेछिन् उनले र मलाई कसरी घाइते भएको हो बाबु भनेर जान्न चाहिन् । मेरो वृतान्त बताए रउहाँका घर सोधे, उहाँको घर पनि मेरै गृह जिल्ला सर्लाही नै रहेछ । उहाँले मलाई पछि डिउटी सकिएपछि केही कुरा गर्छु भन्नुभयो र जानुभयो । साँझ ४ बजे पुनः हाम्रो कोठमा आईन् ।उनका अनुसार ती दिदीको सो अस्पतालमा विगत ६ वर्ष देखि सहयोगी कर्मचारीको रुपमा कार्यरत हुनुहुँदो रहेछ । सो अस्पतालमा नेपालका अधिकांश स्थानबाट कमिशनको भरमा विरामीहरु ट्रान्सफर हुने गर्दछन् रे । काठमाण्डौं लगायतका नेपालका प्रायजसो सरकारी अस्पताल नजिक यस अस्पतालका एक÷एक जना एजेन्टहरु डेरा जमाएर बस्ने गरेका हुन्छन् रे ।अनि सरकारी अस्पतालहरुबाट त्यँहाका डाक्टरहरुले यताका डाक्टरहरु सँग फोनमा कमिशन वार्गेनिङ गरी विरामी रिफर गर्ने गर्दछन् रे । एम्बुलेन्स चालक संघमा यिनीहरुको राम्रो सम्बन्ध हुन्छ रे । अधिकांश एम्बुलेन्स चालकहरुलाई यस अस्पतालका पब्लिक रिलेसन अफिसर र अस्पताल कोअर्डिनेटरले मासिक रुपमा पार्टिको आयोजना गर्ने, कमिशन टुक्राउने गर्दछन् रे । पृथ्वी राजमार्गको धादिङ सडक खण्ड, त्रिभुवन राजपथको दामन सडक खण्ड, मदन भण्डारी राजपथको कुलेखानी सडक खण्ड तथा वि.पी. राजमार्गको काभ्रे– सिन्धुली सडक खण्ड एवं अरनीको राजमार्गको सिन्धुपाल्चोक सडकखण्डमा यस अस्पतालले एम्बुलेन्स चालक देखि चुल्ठेमुन्द्रेहरुलाई मासिक तलब भत्ता, रिचार्जकार्ड, मोटरसाइकल तेल, खाना खर्च दिएर खटाएका हुन्छन् रे । उनीहरुको काम भनेको दुर्घटना हुना साथ तुरुन्तै रेस्क्यु गरी सिधै आफ्नो अस्पतालमा ल्याउने गर्दछन् रे ।अनि विरामीले तिरेको विलको आधारमा उनीहरुलाई केही प्रतिशत कमिशनको व्यवस्था गर्ने गरेको कुरा बताउनु भयो यस अस्पतालको सेवा शुल्क अत्यन्तै उच्च रहेको र विरामीहरुबाट आएकै पैसाहरुबाट २÷४ वटा जुस र केही केजी फलफूल किनेर दिइविरामीहरुको मन जित्न कोशिस गर्ने गरेको , आवश्यक नै नपर्ने स्वास्थ्य परिक्षण पनि जबर्जस्ती डर देखाएर गराउने गरेको बताउनु भयो ।यतिबताएरआफूलाई डेरामा जानलाई ढिला हुन्छ यो कुरा अरुलाई नभन्नु किनकी आफ्नो रोजगारको सवाल छ भन्दै विदावारी भई सो दिदी जानु भयो । अस्पतालको वास्तविक कुरा सुन्दा हामी छाँगाबाट झरेझैं भयौं ।मेरो मन झन् भत्भती पोल्न थाल्यो र झल्झली फ्ल्यास ब्याक आउन थाल्यो । सामान्य घाइते भएको मान्छेलाई पनि बुबाआमा झै चिन्तीत बनी तुरुन्तै एम्बुलेन्स खोजी महङ्गो अस्पतालमा पठाएका ति उद्धारकर्तालाई केहि दिन पहिले भगवान ठानेको थिएँ, अहिले दानव झै लाग्न थाल्यो । एम्बुलेन्स चालकले पनि कुन अस्पतालमा जाने भनेर हामीलाई सोध्दै नसोधी सिधै त्यहि अस्पतालमा ल्याएका घटना देखि अस्पतालले आवश्यक भन्दा बढी हेरचाह र लोलोपोतो गरेको सबै झल्झली याद आए । प्राथमिक उपचारले निको हुने विरामीलाई अनेकथरी परिक्षण गरेको देखि एक सामान्यविरामीहरुलाई भि.आइ.पी क्याविन रुपमा राखेको, डिस्चार्ज गर्न आनाकानी गरेको, विरगंजको तिदाईको एघार लाख साठ्ठी हजार सकाएर निको नपारी घरमा पठाएको आदि । केहि समय पछि डाक्टर आए र हामीले डिस्चार्ज आजै हुने भनेर कड्किए पछि डाक्टरले सिफारिस गरिदिए । अस्पताल प्रशासनको एक कर्मचारी र नर्स बिल लगायतका कागजात बोकेर आए । बिल आएको रहेछ हामी दुई जनाको नाममा ४ लाख ६९ हजार को । म त छक्क परेँ, सामान्य घाइतेको त्यत्रो धेरै विल उठेको रहेछ । त्यो भि.आइ.पी. क्याविन रुमको चार्ज मात्र प्रतिदिन एघार हजार पाँच सय रहेछ । बाहिर सरकारी अस्पतालमा रक्त परिक्षण (सि.वि.सी.) परिक्षण गरेको एक सय दश रुपैँया पर्नेमा त्यहाँ नौ सय बीस रुपैँया रहेछ । सबै शुल्क लगभग एक हजार गुणा महङ्गो रहेछ त्यहाँ । बील हेर पछि त हामीलाई माइक्रोले हानेर घाइते बनाएको भन्दा बढी घाइते बनायो र दुबै जना अस्पताल प्रशासनकोमा पुगि यत्रो पैसा दिदै नदिने र यहाँको विकृती विसंगतिको भण्डाफोर गर्न प्रहरी प्रशासनको साहारा लिन जाने भनेर कड्किए । उनीहरुले पनि नडाराई जे गर्नु छ गर्दा हुन्छ, सकेको जति तर पैसा नतिरी निस्कन नदिने बतायो । हामीले प्रहरीलाई हटलाइनमा फोन गरी डाक्यौँ र सबै बतायौँ तर प्रहरीले उपचारको पैसा चाई तिर्नै पर्ने हुन्छ भनेर उल्टै हामीलाई नै दोषी पो देखाएप्रहरीले । हामी अब के गर्नु र कसो गर्नु भनेर रुममा बसी चिन्ता लिईरहेको थियौँ । अनि उनै सरसफाई गर्ने दिदीलाई फोन लगाए र सबै कुरा बताए । त्यो दिदीले अर्को सत्यबताउँदा पूनः चकित भएँ । उनका अनुसारस्थानिय प्रहरी प्रशासन, वकिल, चालक, चुल्ठे, मुन्द्र सबैलाई कमिशन सेटिङमा राखिएको हुन्छ रे अस्पतालले । त्यसपछि के गर्ने कसो गर्ने भनेर सोच्दा सोच्दै एक आइडिया आयो र पत्रकार सम्मेलन गरेर मिडियामा उनीहरुका कर्तुत बाहिर ल्याइदिन्छौँ भनेर प्रशासन प्रमुखलाई गएर केहि कडा स्वरमा भनेपछि उनीहरुले मुखामुख गरे र तपाई माथि कोठामा जानुस् एकछिन, हामी छलफल गरेर त्यहिँ आउँछौ भने र हामी आयौँ । लगभग १घण्टापछि उनीहरु ठूलाठूला हाकिम जस्ता देखिने एक हुल मानिसहरु ग्वार ग्वार्ती आए र तपाई डिस्चार्ज भइसक्नु भएको हो भने अब जान सक्नुहुन्छ भने । मैले पैसा त्यत्रो त कुनै हालतमा पनि नतिर्ने भनेपछि उनीहरुले तपाइले एक पैसा पनि तिर्नु पर्दैन, तपाइको उपचारमा लागेको सम्पूर्ण पैसा हामी प्रहरी मार्फत गाडीवाला लिन्छौं तर तपाईले यो सम्पूर्ण बिल मेरो उपचारको लागि लागेकै हो भनेर हस्ताक्षर गर्नुहोला भनेर मलाई फाइल दिए । जँहा बास्तविकता भन्दा कयौं गुणा बढी दर र संख्या लेखिएको रहेछ । मैले सबै विलहरु फोटोकपी गरेर मात्र हस्ताक्षर गर्छु भनेपनि उनीहरुले मानेनन् र मलाई सो विलको फोटो मोबाइलबाट खिच्न नदिई पनि नदिई उनीहरुले हस्ताक्षर गरेर लिएर गए र मलाई जाने बेलामा औपचारिकता दर्शाउँदै “गेट वेल सुन घिमिरे जी” भन्दै उनीहरु आफ्नो काममा लागे । म यि सब चर्तिकला आफ्नै आखा सामुन्ये देख्दा अत्यन्तै आश्चर्यचकित परिरहे र केही वर्ष अगाडी अक्षय कुमारद्वारा अभिनित एक हिन्दी चलचित्र “गब्बर इज ब्याक” को कथा याद आयो । जँहा मृत्यु भइसकेको मान्छेको आइ.सि.यु.मा उपचार चल्दैछ भनेर विरामीका आफन्तहरुबाट अस्पतालले धेरै रकम कुम्ल्याएको कहानी बडो संबेदनशिल ढंगबाट उठान गरिएको थियो । हो आज आफ्नै आँखा सामुन्ये यि सब तिक्डमबाजी देख्दा म त छक्क परे । प्राथमिक उपचार गर्दा निको हुने घाउमा अब बिचरा त्यो गाडी साहुले त्यत्रो पैसा कसरी तिर्न सक्छ होला त । यदि बिमा नै गरेको रहेछ भने पनि बिमा कम्पनीहरुको पैसा अनावश्यक रुपमा अस्पतालले कसरी धुतिरहेको रहेछ भन्ने कुरा । यदि मैले यो कुरा मिडियामा भनेर तिनीहरुको कालो कर्तुत सबै बाहिर ल्याउँछु नभनेको भए, त्यो रकम हामीले नै तिर्नुपर्ने थियो । हामी जस्ता दुई अक्षर चिनेका र केही बुझेकाहरुलाई यसरी दिन दहाडै ठग्छन् भने सर्वसाधारण जनताहरुलाई यि नितिगत भ्रष्टचारीहरुले के बाँकि राख्थे होलान् । नेपालको हरेक क्षेत्रमा कमिशनको जालोले यत्तिसम्म अक्रान्त बनाएको छ कि, जुन जति बयान गरे पनि साध्य छैन । चेन विजनेश (सञ्चालीकृत व्यापार) ले हाल हाम्रो समाज विक्षिप्त भइसकेको छ । सरकारी अस्पतालमा सिटी स्क्यान, एम.आर.आइ. सेवा राम्रो नहुँदा होस् या उपचार प्रभावकारी नहुँदा उनीहरुले आफ्नै सेटिङ मिलेको ठाउँमा रिफर गर्दछन् । त्यस्ता काम मिलाउन उनीहरु पूर्ववत रुपमै कमिशनको डिल गरिसकेका हुन्छन् । एम्बुलेन्स चालक देखि एम.आर. सम्मको सेटिङमा प्राइभेट अस्पताल सञ्चालन हुने गरेको कुरामा ति सरसफाइको काम गर्ने दिदीले भनेको कुरा त्यस बेला पूर्ण सत्य नलागे तापनि जब आफ्नै जीवनमा लागु भएकोले तब त्यस कुरा प्रमाणित भयो । कार्यालय सहयोगीहरुलाई कुनै पनि कार्यालयहरुको भित्री भन्दा भित्री पाटो समेत थाहा हुन्छ । किनकी उनीहरु हाकिम देखि पाले सम्मलाई डिल गर्नुपर्ने हुन्छ । सबैभन्दा बढी पब्लिक रिलेशन उनीहरुकै बढी हुने हुँदा ति दिदीले बनाएको कुरा सत्प्रतिशत सत्य लागेर आयो । यस सन्दर्भमा केही लेख्दा ति दिदीले बाचा गराएर अरुलाई नभन्ने सर्तमा मलाई बताएका कुराले उँहालाई अप्ठ्यारो नपर्ने गरी नेपालका अस्पताल जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा यसरी भएको विकृति एवं विसंगतिको बारेमा सबै सर्बसाधारण जनताहरुलाई सचेत गराउने र राज्यका तालुकदार निकायलाई घच्घच्याई यस किसिमको विकृति रोक्न मैले काठमाण्डौं उपत्यकाका ८÷९ वटा अस्पतालहरुको सेवा प्रवाह र विरामीहरुको आवाज संकलन गर्ने हेतुले सुक्ष्म रुपमा अध्ययन गर्दा एकाधमा केही कमी बेसी होलान् नत्र अन्यमा माथि उल्लेख भए बमोजिमका समस्याहरु एजन्–ऐजन् पाएँ । र त मेरो एक जना साथी अ जो बैदेशिक रोजगारबाट हालै आएको हो र पढाइको हिसाबमा १२ कक्षा भन्दा माथिल्लो योग्यता नै छैन । उसले समेत अस्पतालमा इन्भेष्ट गर्न सके त्यँहा जति प्रोफिट अरुमा छैन भनेर भनेको सुन्दा म त अचम्ममा परेको थिए तर जुन यथार्थ नै रहेछ ।उता सरकारी अस्पतालका कथा झन् विकराल पाएँ । विरामी विहान ७ बजे देखि टिकट पुर्जी काटेर पालो कुर्दा २÷३ बजे पालो आउँछ, ८÷९ घण्टा कुरेर डाक्टरलाई भेटे पछि कमसेकम ५÷७ मिनेट त परामर्श गर्नुपर्छ नि तर भित्र जान साथ जिब्रो निकाल्नुस्, आँखा च्यात्नुस् अनि लामो सास् फेर्नुस् त भनेर डिग्री लगाएर २ मिनेट भित्रमानै सरर.... प्रेस्कृप्सन लेखेर पठाइदिन्छन् । एम.आर. हरु त्यहिँ बीचमा आफ्नो उत्पादनहरुको विज्ञापन गर्न आए उनीहरु विसौं मिनेट गफिने हाम्रा सरकारी अस्पतालका डाक्टर साबहरु विरामी प्रति गरिने विभेदीकृत व्यवहारले गर्दा नै हो सर्वसाधारणहरु प्राइभेट अस्पतालमा पुगि माथि बताएअनुसारका समस्याबाट प्रताडित हुनु परेको । यस लेखको मक्सद पक्कै यो होइन कि, सबै डाक्टरहरु, अस्पतालका सञ्चालकहरु, अस्पताल प्रशासकहरु, प्राइभेट हस्पिटलहरु, नर्सहरु, कर्मचारीहरुलाई नराम्रो र कामै नलाग्ने खालका खुरापाती भन्न खोजिएको होइन । धेरै धनी मनका डाक्टरसाबहरु र अस्पतालका कर्मचारीहरु पनि हाम्रो देशमा नभएका होइनन् । तर यस लेखले केबल ति खुरापाती प्रकृतिका कमिशनखोरीहरुलाई मेन्सन गरिएको हो, जसको मनमा धर्मको एक चिम्टी अंश पनि छैन । मैले यस आलेख लेख्नु पुर्व गरेका स्थलगत अध्ययनलाई केलाउने हो भने हाम्रो अस्पतालहरुमा सुधार गर्न देहायअनुसार प्रयासहरु गर्न सकिन्छ:- १. सम्बन्धित विषय अध्ययन नगरेकाहरुलाई अरुको प्रमाणपत्र धितो राखेको भरमा अस्पताल, रिसर्च सेन्टर, क्लिनिक तथा विभिन्न प्रकारका स्वास्थ्य संस्था खोल्न नदिने । सोलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने÷गराउने । चिकित्सकीय पेशालाई व्यापारिक बनाउन नदिने । २. अस्पतालमा खोल्ने लाइसेन्स लिने बेलामा नै राज्यले यति प्रतिशत निशुल्क गरिब तथा बेसाहाराहरुको उपचार गर्नुपर्ने नियम बनाउने ३. अस्पताल बनाउने बेला देखि नै विरामी करुवालाई बस्ने स्थान र सो स्थानमा आवश्यक आधारभूत सुविधाहरु, विरामी पूर्जी काट्नरपालोपर्खदा महिला, बालबालिका, गर्भवती, अपाङ्गा भएका, अशक्त लगायतहरुलाई बस्ने व्यवस्था गर्ने । ४.  स्वास्थ्य सेवालाई सबैको पहुँचमा ल्याउन राज्यबाट नै हाल दिइदै आएको निशुल्क सेवालाई प्रभावकारी बनाउने, स्वास्थ्य विमा कार्यक्रम राष्ट्रव्यापी बनाउने र सेवा पाउने रकमको दायरा सत्प्रतिशत वृद्धि गर्ने । असाहाय सहायता कक्षलाई बढि भन्दा बढि प्रभावकारी बनाउने, सेवा लिन पाउने मापदण्ड समय सापेक्ष एवं फेमिलियर बनाउने । ५.  सरकारी अस्पताल, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, वर्थिङ सेन्टर, गाउँघर क्लिनिक लगायतका निकायमा कम से कम एम.वि.वि.एस. गरेका दक्ष जनशक्तिको व्यवस्थापन गर्ने र सो योग्यता भएका डाक्टरहरुलाई राज्यले उचित पारिश्रमिकको व्यवस्था गर्ने । ६. माथि उल्लेखित स्वास्थ्य संरचनाहरुमा यथेष्ट मात्रामा उपकरण तथा औषधीहरुको व्यवस्थागर्ने । ७. औषधीहरुको तथा सेवाहरुको मूल्य सूची सबैले देख्ने गरी टाँस्ने । ८.  सरकारी अस्पतालहरु सवैमा कुपन प्रणाली लागु गरी सेवा प्रवाह गर्ने, विहान सबेरै देखि बेलुका सम्मै आलोपालो गरी सेवा प्रदान गर्ने । ९.  अस्प्ताल भित्र एम.आर. हरुको प्रवेशमा रोक लगाउने । १०.  विरामीहरुले डाक्टर तथा अस्पताल प्रशासनको सेवामा चित्त बुझेको, नबुझेको जानकारी लिन वा सेवालाई थप प्रभावकारी बनाउन उजुरी पेटिका सबैको पहुँचपुग्ने स्थानमा राख्ने र साप्ताहिक रुपमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधीहरु मानव अधिकार आयोग तथा सञ्चारकर्मीहरुको रोहवरमा खोली आवश्यक कारवाही अघि बढाउने । ११.सरकारी अस्पतालमा हाजिर गरी पुरा समय काम नै नगरी प्राइभेट क्लिनिक तिर बरालिने डाक्टरहरुलाई कारवाही गरी निष्काशन गर्ने । १२. अस्पतालले प्रवाह गर्ने सेवाको नागरिक वडापत्र सबैले देख्ने स्थानमा टाँस्ने र बडापत्र अनुसारको काम नभएमा उजुरी गर्ने निकायको स्पष्ट पार्ने । १३. विरामी तथा विरामीका कुरुवाहरुसँग कुराकानी गर्दा विशेष ध्यान दिई सहानुभूती दर्शाह कुरा गर्ने । १४. सरकारले उपलब्ध गराउने निशुल्क सेवा तथा औषधीको उपलब्धता दुरुष्त राख्ने र उपलब्ध गराउने १५. विरामीको चाप अनुसार डाक्टर, नर्स, सहयोगी कर्मचारीहरु तथा प्राविधिकहरुको राज्यद्वारा व्यवस्था गर्ने । १६. विरामीहरुलाई रिफर गर्नुपर्दा न्यूनतम ३ वटा सम्भावित अस्पतालहरुको सिफारिस गर्ने । १७. प्रत्येक अस्पतालको प्राङ्गणमा अन्य अस्पलातहरुले पनि के–कस्ता सेवा सुविधा दिन्छन्, सो को जानकारी डिस्प्ले बोर्डमा देखाउने । १८.आई.सी.यु.÷आइ.सी.सी.यू.÷अपरेशन थियटर लगायतमा भइरहेका गोप्य उपचारलाई विरामीको कुरुवाले चाहेमा सि.सि.टिभी मार्फत अवलोकन गर्न पाउने व्यवस्थागर्ने । १९. अस्पतालमा विरामी ल्याउने, ट्याक्सी तथा एम्बुलेन्सहरुको भाडादर स्पष्ट देखिने गरी डिस्प्ले बोर्ड राख्ने । २०. विरामीको खर्च नसकिञ्जेलसम्म उपचार गर्ने र पैसा सकिए पछि डिस्चार्ज गरिदिने अमानवीय व्यवहारलाई कानुनद्वारा दण्डित गराउने । २१.क्याविन, वार्ड वा बिरामी बस्ने कोठाको दर सरकारद्वारा निर्धारण गर्ने । २२. डाक्टरहरुले विरामी तथा उसका आफन्तहरुले बुझिने गरी स्पष्ट अक्षरमा प्रेस्कृप्सन तथा औषधी सिफारिस गर्ने । यदि विरामीले लेखिएका कुरा नबुझेर व्याख्या गर्न आग्रह गरेमा झर्को नमानी लिखित वा मौखिक व्याख्या गर्ने । २३. प्राइभेट अस्पतालहरुमा सरकारी संयन्त्रबाट प्रत्येक साता अनुगमन गर्ने, जुन अनुगमन गर्ने क्रममा विरामी तथा उसका आफन्तहरुसँग पनि विचार विमर्स गर्ने । २४. आवश्यक नै नपरी विभिन्न किसिमका परिक्षण र जाँच गर्न बाध्य नपारिने । २५. प्रत्येक अस्पतालमा आधारभूत सेवाहरु जस्तै इमर्जेन्सी, ल्याब, ओपिडी सेवा, सिटि स्क्यान, एम.आर.आई., एक्सरे, इ.सी.जी., इण्डोस्कोपी लगायतका ब्लड बैंक लगायतकोसेवा सुविधा अनिवार्य सुनिश्चित गर्ने । २६. प्रशस्त मात्रामा सरसफाई कर्मचारीहरु, सरसफाई उपकरणहरु तथा साधनहरुको व्यवस्था गर्ने । २७. अस्पतालबाट निस्कने फोहोरमैलाको संवेदनशिलताको आधारमा प्रत्येक दिन नै उचित व्यवस्थापन गर्ने । उल्लेखित २७ बुँदे सुधारका उपायहरु मैले देखेको अस्पतालका प्राक्टिकल विकनेश हो । स्वास्थ्य क्षेत्र सुधारको लागि वर्षौ देखि सङघर्ष गरिरहेको डा. गोविन्द के.सी. डा. साबले पनि सुन्दा सामान्य लाग्ने तर संवेदनशील विषयवस्तुहरुलाई पनि आगामी दिनमा समेट्नु हुनेछ भन्ने विश्वास लिएको छु ।यस समस्याको समाधान गर्न राज्यले एकपटक गम्भिर भएर सोच्ने हो भनि यस विकराल अवस्थाको समयमै सुधार ल्याउन सकिन्छ ।वर्तमान स्वास्थ्य मन्त्रीले यत्ति मात्र काम गरे भने मात्र पनि उनले सम्हालेका कार्यकाल सफल भएको मानिनेछ ।स्वास्थ्य क्षेत्र एक अत्यन्तै संवेदनशील क्षेत्र भएको कारण यस क्षेत्रलाई सेवा बढी विजनेश कम एप्रोचमा अगाडि बढाउन बेलैमा पहल गरिएन भने बर्तमान सरकारले अघि सारेको सुखी नेपालीः समृद्धि नेपालको स्लोगनले एक महत्वपूर्ण इण्डिकेटरलाई ओभरल्यापिङ गरेको मानिने हुँदा यस विषयमा बेलैमा घोत्लिन सकिएन भने कालान्तरमा यसले भयावह रुप लिने निश्चिन प्रायः छ ।तसर्थ सम्बन्धित तालुकदार निकायहरुलाई बेलैमा चेतना भया ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies