Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

चराको राजधानी “जगदिशपुर ताल”मा डुङ्गा संचालन

कपिलबस्तु । \"\" प्रदेश ५ को मुख्य पर्यटकीय गन्तब्यको रुपमा रहेको कपिलबस्तुको जगदिशपुर तालमा डुङ्गा संचालन गरिएको छ । नेपालकै ठुलो कृत्रिम तालको रुपमा रहेको जगदिशपुर तालमा पर्यटकिय प्रवद्र्धन तथा तालको प्रचारप्रसारको मुख्य उदेश्यका साथ डुंगा सञ्चालन गरिएको हो । जगदिशपुर जलाशय बहुसरोकार मंच र कपिलबस्तु नगरपालिकाले संयुक्त रुपमा तालमा ६ वटा डुङ्गा संचालन गरिएको छ । सदरमुकाम तौलिहवादेखि ११ किमी उत्तर कपिलबस्तु नगरपालिका वडा नम्बर ९ र १० साविक निग्लिहवा गाबिस ( १ र ४) मा पर्र्ने ताल १ सय ५७ हेक्टरमा फैलिएको छ । सन् २००३ मा रामसार क्षेत्रमा सुचिकृत जगदिशपुर तालमा बिशेषतः पर्यटक भित्र्याउन डुङ्गा संचालन गरिएको वडा नम्बर ९ का वडाध्यक्ष शिव बहादुर वाग्लेले बताए । चराको राजधानीका रुपमा चिनिएको जगदिशपुर तालमा पहिलो चरणमा ६ वटा डुङ्गा संचालन गरिएको जगदिशपुर जलाशय बहुसरोकार मंच कपिलबस्तुले जनाएको छ । नगरपालिकाको लागतमा तालको संरक्षण प्रर्वद्धन तथा सडकको स्तरोन्नती गरेसंगै तालको चारै तिर अवलोकनका लागी भ्यु टावर निर्माण गरिएको छ । तालका विभिन्न स्थानमा अवलोकन र थकान मार्नका लागि छहारी घरहरु निर्माण समेत गरिएका छन् । पर्यटकिय प्रवद्र्धन तथा तालको प्रचारप्रसारको मुख्य उदेश्यका साथ डुंगा संचालन गरिएको वडाध्यक्ष मोहन शर्माले बताए । डुंगा संचालनमा ल्याएपछि जगदिशपुर तालमा पर्यटकहरु बढ्ने अपेक्षा स्थानीयको छ । यस बर्ष तालमा अहिले देशकै धैरै ३ हजार ५ सय बढी चरा आईसकेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । तालमा उत्तर तिरबाट दैनिक जसो सय देखि २ सय बढी पाहुना चरा आउने गरेको स्थानीय ललित गुरुङले बताए । तालमा सबैभन्दा बढी मरुल चरा आएका छन् । त्यस्तै खडखडे, सिलसिले हाँस, कालीजरे हाँस र मालक हाँस आएका छन् । यी चराको संख्या ३ सयदेखि ५ सयसम्म रहेको छ । सुईरोपुच्छ्रे चरा, बेल्चाठुडे हाँस, सिन्दुरे हाँस र कैलो टाउके हाँस पनि आएका छन् । यी चरा पनि ५ सयको संख्यामा रहेका छन् । महत्वपुर्ण त विश्वमै दुर्लभ हरि हाँस तालमा प्रसस्त देखिएका छन् । उक्त चरा पश्चिमको घोडाघोडी तालपछि सबैभन्दा धेरै २ सय ५० को संख्यामा यहाँ देखिएको हो । साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एशियाका तुर्केमिनिस्तान र किर्गिस्तान लगायतका देशबाट यहाँ चराहरु आउने गरेको वरिष्ठ चराविद् डा. बरालले बताए । ती देशहरुमा बढी जाडो हुने भएकाले चरा जाडो छल्न आउने गरेको जनाईएको छ । ताल सन् २००३ अगस्तमा रामसार साईटमा सुचिकृत भएको थियो । कृत्रिम रुपमा बनाइएको मुलुककै ठूलो यस जगदिशपुर तालमा १ सय १८ बढी प्रजातिको चराचुरुङ्गी पाईने पंक्षी संरक्षण संघले जनाएको छ

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies