Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

युवा अवस्थामा निर्णय क्षमताका लागी ११ टिप्स

काठमाडौं । मानिसले युवा अवस्थामा के-के गर्न सक्छन् ? या के-के गर्नुपर्छ ? यसको ठ्याक्कै उत्तर पाउन गाह्रो छ । तर, ३० वर्षभन्दा कम उमेरमा गर्ने केही निर्णयले जीवन नै सुन्दर हुनेछ । यस्तो उमेरमा गर्ने फरक अनुभवले व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । महिलाका लागि त यो अझ बढी महत्वपूर्ण हुन्छ । त्यसैले यो उमेरसम्ममा मानिसले गर्नुपर्ने केही कामको विषयमा एजेन्सीको सहयोगमा तयार पारिएको सामग्रीः \"\"डर हटाउनुस् प्रायः मानिसमा बचपनको कुनै गतिविधिले डर हुने गर्छ । तर, यही उमेर अवधिमा तपाईं डराउने चिजसँग एकपटक पक्कै पनि सामना गर्नुस् । तर, आफ्नो जीवनलाई हानि नपुर्याउने गरी । भिड, व्यापार या अरू कुनै चिजसँग डर छ भने सामना गर्नुस् । यसो गर्दा डरलाई काबुमा राखी खुलेर जिउन सक्नुहुन्छ । क्षमताको उजागर ३० वर्षको उमेरभन्दा पहिले नै कुनै यस्तो क्षमता बाहिर निकाल्नुस्, जसका कारण तपाईं निकै खुसी हुनुहुन्छ । जुन तपाईंको करिअरका लागि टर्निङ प्वाइन्ट पनि साबित हुन सक्छ । यस्तो कार्य जुनसुकै विधामा पनि गर्न सक्नुहुन्छ । सिकाइको भोक ज्ञान हासिल गर्न उमेरको कुनै सीमा हुँदैन । जुनै उमेरमा पनि कुनै न कुनै कुरा सिक्न सक्नुहुन्छ । जसले जीवनलाई अझ महत्वपूर्ण बनाओस् ।
जीवनमा सधैँ केही न केही सिक्ने प्रयास गर्नुपर्छ । यद्यपि, ३० वर्षभन्दा कम उमेरमा अझ बढी सिक्ने ऊर्जा हुन्छ । त्यसैले कुनै न कुनै रचनात्मक या रोचक कुरा सिक्नुस् । जसले तपाईंको जीवनलाई महत्वपूर्ण बनाउन सहयोग पुर्याउँछ ।
एक्लै भ्रमण मानिस केही समय एक्लै बस्न जरुरी हुन्छ । यस्तो बानीले आत्मज्ञान प्राप्त गर्न सहयोग पुर्याउँछ । यद्यपि, साथीसँगका पनि सुखद क्षण हुन सक्छन् । तर, एक्लै बस्दा जिन्दगीलाई अझ नजिकबाट बुझेर काम गर्न सक्नुहुन्छ । सम्भव भएको अवस्थामा एक्लै घुम्न निस्कनुस् । एक्लै यात्रा गर्दा तपाईं कम्फर्ट जोनबाट बाहिर निस्कनुहुन्छ । जसले आफूप्रति भरोसा बढाउँछ । यस्तो बानीले दुनियाँ बुझ्न पनि सघाउँछ । एड्भेन्चर जिन्दगीमा कुनै एड्भेन्चरको पनि अनुभव लिनुस् । आफूले आफैंलाई यस्तो चुनौती दिएर त्यसलाई सफल पार्नुहुन्छ भने तपाईंमा इनर्जी सञ्चार हुन्छ । जुन गतिविधिले कैयौँ वर्षसम्म सुखमय अनुभूति गराउँछ । त्यसका लागि प्याराग्लाइडिङ, रिभर र्याफ्टिङ, ट्रेकिङ, म्याराथन आदि गर्न सक्नुहुन्छ । रोलमोडल तपाईले जिन्दगीमा कुनै यस्तो काम गर्नुस्, जसले रोलमोडल बन्न सहयोग पुर्याओस् । यस्तो कामले तपाईको आत्मविश्वास बढाउने काममा ठूलो भूमिका खेल्छ । तपाईं बच्चा, युवा वा वृद्धवृद्धा जोसुकै भए पनि रोलमोडलको बाटोमा हुन सक्नुहुन्छ । खासगरी ३० वर्षभन्दा कम उमेरबाटै यस्तो बाटो अवलम्बन गर्दा तपाईंले जीवनको सार्थकता महसुस गर्न सक्नुहुन्छ । रोलमोडल बन्ने क्षेत्रको सीमितता हुँदैन । तपाइँलाई कुनै पनि क्षेत्रमा रोलमोडल बन्ने छुट छ । प्रेमको सुरुवात यो उमेरमा गर्नुपर्ने एउटा काम प्रेम हो । जसले मानिसलाई फरक अनुभूति दिन्छ । हाम्रो समाजले प्रेमलाई विभिन्न कोणबाट परिभाषित गरको हुन्छ । यद्यपि, यो ३० वर्षअघि नै सुरु गर्नुपर्ने एउटा महत्वपूर्ण काम पनि हो । किनकि प्रेमविना मानिसको जीवन अपूरो हुन्छ । जिउनका लागि पनि प्रेम अपरिहार्यजस्तो छ । के थाहा, तपाइँको यही प्रेमलाई जीवनसंगिनी पो बन्छन् कि । माफी गल्ती नगर्ने मानिस सायदै हुन्छ । जानी-नजानी हरेक मानिसले गल्ती गर्छ । गल्तीले सम्बन्धमा दरार उत्पन्न गराउँछ । त्यसैले गल्तीमा माफ गर्ने बानी बसाल्नु नै बढी बुद्धिमता हुन्छ । यस्तो बानीले तपाईंको व्यक्तित्वलाई पनि सुन्दर बनाउँछ । फिटनेस फिट रहन हरेक उमेरका मानिसलाई आवश्यक हुन्छ । तर, महिलाले अफ्नो स्वास्थ्यबारे पूर्ण रूपमा ध्यान दिन अनवश्यक हुन्छ । ताकि, अरूलाई आकर्षित गर्न सहयोग मिलोस् । यस्तो समयमा गर्ने लापर्बाही जीवनभरका लागि हानिकारक साबित हुन्छ । फिट रहनका लागि जिम, रनिङ, योगा, कार्डियो एक्सरसाइजलगायतको सहारा लिन सक्नुहुन्छ । भाषाको ज्ञान भाषाको ज्ञानले व्यक्तित्व निर्माणमा निखार ल्याउने काम गर्छ । त्यसैले यो उमेर अवधिमा कुनै नयाँ भाषा सिक्ने प्रयास गर्नुस् । अरूलाई प्रभाव पार्न फ्रेन्च, स्पेनिस या इटालियन भाषा सिक्न सक्नुहुन्छ । भाषणको कला तपाईं कसैलाई उत्प्रेरणा दिन चाहनुहुन्छ भने हजारौँको बीचमा भाषण गर्न सक्नुहुन्छ । जसका माध्यमबाट थुप्रै मानिसबीच चिनिन पनि सहयोग पुर्याउँछ । र, तपाईं स्वयंका लागि पनि वर्षौँसम्म यादगार क्षण बन्न सक्छ । -नयाँ पत्रिकाबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies