Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

झापा पुगेर आफ्नै पार्टीका नेताप्रति प्रधानमन्त्री ओलीको कडा टिप्पणी

झापा ।  झापा पुगेर आफ्नै पार्टीका नेताप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले कडा टिप्पणी व्यक्त गरेका छन् । उनले कसैको नाम उच्चारण नगरी सरकारले काम गर्न सकेन भनेर दुई चार जना अँध्यारो कोठामा ओथारो बसेर आफु नेतृत्वको सरकार नढल्ले ठोकुवा गरे । दशैको शुभकामना आदानप्रदान गर्न झापा पुगेका प्रधानमन्त्री ओलीले आफु नेतृत्वको सरकार कुनै योग वा भवितव्यले नबनि ठुलो संघर्षबाट बनेकाले कसैले सरकार ढाल्ने सपना देख्न र षडयन्त्र गर्छ भने त्यो सफल नहुने बताए । प्रधानमन्त्रीको यो भनाई आफ्नै पार्टीका बरिष्ठ नेताहरुप्रति लक्षित थियो ।  । उनले आफू प्रधानमन्त्री भएपछि भर्खरै जारी भएको संविधान कार्यान्वयन गराउन र छिमेकीसँग बिग्रिएको सम्बन्ध सुधार्ने र बिमस्टेक सम्मेलन गराउनेजस्ता अन्तराष्ट्रिय महत्वका काम गर्न सफल भएको दाबी गरे । “अरुले सधैं शीर निहुराएर बोल्दै आएको भारतसँग संविधान जारी भएपछि बिग्रिएको सम्बन्ध सुधार्दै आँखा जुधाएर बोल्ने हैसियत मैले बनाएको छु , प्रधानमन्त्री ओलीले भने , चीनसँग पनि विकास, पूर्वाधारका महत्वपुर्ण सहमति गरेको छु” । प्रधानमन्त्री ओलीले अझै काम गर्न आफूलाई केही–केही कुराले अफ्ठ्यारो पारिरहेको बताउँदै सरकारको काम गराई पुरानो पिच उक्काएर नयाँ पिच बनाएजस्तै भएको टिप्पणी समेत गरे । “धुलो नउड्ने नयाँ पिच बनाउँदा धुलो उड्छ, ओलीले भने , सरकारले धुलो उडायो भनेर बिपक्षीहरु कराइरहेका छन् । हामीलाई नयाँ पिच बनाउन अझै केही समय लाग्छ,” । प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपालीलाई दसैं, तिहार, छठ लगायत सम्पूर्ण चाडपर्वको शुभकामना समेत दिएका छन् । आज झापामा रहँदा प्रधानमन्त्री ओली बिर्तामोडस्थित अग्रसेन भवनमा नेकपा जिल्ला कमिटी झापाले गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम तथा नेपाल रेडक्रस सोसाईटीको स्वर्ण स्मारीकाको विमोचन कार्यक्रममा सहभागी भएका थिए । उनी आजै काठमाडौं फर्किने उहाँको नीजि सचिवालयले जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies