Khabar Dabali Logo
  August 21, Wed

दशैंको टिका लगाउने दिन भोली , उत्तम साईत ९:५१

भोलीदेखि सुरु भएको दशैंको टिका ५ दिन सम्म चल्ने छ ।

काठमाडौं ।  भोली हिन्दू नेपालीहरुको महान् चाड बडादशैंको मुख्य दिन  बिजया दशमी अर्थात टिका लगाउने दिन । आफुभन्दा ठुलाको हातबाट टिका र जमरा ग्रहण गरि आशिर्वाद लिने गरिन्छ ।

टिकाको उत्तम  साईत भने भोली बिहान ९ बजेर ५१ मिनेटमा उपयुक्त रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । उपयुक्त समय बाहेक जुनसुकै बेला टिका लगाउन सकिने पञ्चाङ्ग निर्णायक समितिको भनाई छ ।

घटस्थापनाको दिनमा विधिपूर्वक राखिएको जमरा र टीका देवीदूर्गालाई चढाएपछि आफ्ना मान्यजनहरुबाट नव दुर्गा भवानीको प्रसादको रुपमा टिका र जमरा लगाउने चलन रहेको छ ।

समस्त नेपालीजनले विजयादशमीलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरेका कारण पनि सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने प्रचलन छ ।

मान्यजनको हातबाट दशैंको टीका लगाउन देश विदेशबाट समेत मानिसहरु आफ्नो गाउँघरमा पुग्ने गर्दछन् । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन छ ।

दशैंको टिकामा अन्य फुलको प्रयोग गरिदैन । दशैंको टिकासंगै सम्बृद्धिको प्रतिको रुपमा मानिएको जमराको नै प्रयोग गर्ने धार्मिक प्रचलन रहेको छ । भोलीदेखि सुरु भएको दशैंको टिका ५ दिन सम्म चल्ने छ ।

कोजाग्रत पुर्णिमाको दिन बिधिवत रुपमा टिका समापन गरि दशैं बिदा गर्ने पौराणिक प्रचलन रहेको छ ।

कात्तिक १ गते, २०७५ - १३:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्कारपियाको ठक्करबाट एकको मृत्यु

चितवन । चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका–४ लक्ष्मीनारारायण...   
सेयर ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगित

सेयर ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगित

काठमाडौं । बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगित भएको छ । सोमबार बसेको...   

निजगढ विमानस्थल निर्माण प्रस्तावः यी हुन् इच्छुक कम्पनी

काठमाडौं । बहुप्रतीक्षित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ) विमानस्थल बनाउन एक नेपालीसहित...   

अकुत सम्पत्तिः १४० जनामाथि विस्तृत अनुसन्धान हुँदै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै...   

कांग्रेसमा छलफलबिनै एजेन्डा पारित

काठमाडौं । कांग्रेस केन्द्रीय समितिको असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ बुँदे...   

नेपाल रुष्ट, ओलीलाई मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई...   

मेट्रो रेलमा भारतीय र चिनीयाँबीच प्रतिस्पर्धा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण र सञ्चालन गर्न विस्तृत सम्भाव्यता अध्ययन(डिपीआर)का...   

दूधको मूल्य सिजनअनुसार हुने

काठमाडौं । दूधको उत्पादन दरअनुसार वर्षमा दुईथरी मूल्य निर्धारण गरिने भएको छ । कृषि तथा पशुपंक्षी विकास...   

थप उपचारका लागि प्रधानमन्त्री फेरि सिंगापुर जाने

काठमाडौं । प्रधानमन्त्री केपी ओली स्वास्थ्य उपचारका लागि पुनः सिंगापुर जाने भएका छन् । लगत्तै फर्कने...   

सुस्तायो सुन बजारः गहना बनाउने पेसा नै संकटमा

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा सुनचाँदी बजार सुस्ताएको छ । सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top