Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

बलात्कारपछि बालिका हत्या गर्नेलाई फाँसी

पाकिस्तानमा बलात्कारपछि एक बालिकाको हत्या गरिएको घटनामा दोषी पाइएका एक जनालाई फाँसी दिइएको छ। गत ज्यानुअरीमा बलात्कार गरी ६ वर्षीया बालिका जैनब अन्सारीको हत्या गरिएको थियो। हत्या गरी फालिएकी जैनबको शव फोहोरको थुप्रोमा फेला परेको थियो।

घटनामा दोषी पाइएका २४ वर्षीय इमरान अलीलाई लहोरस्थित एउटा जेलमा बुधवार बिहानै फाँसी दिइएको प्रहरीले जनाएको छ। दोषीलाई फाँसी दिइएका बेला जैनबको परिवार र आफन्त पनि उपस्थित थिए। कसुर नगरमा बलात्कारपछि हत्या गरिएको जघन्य अपराधले पाकिस्तानमा व्यापक आक्रोश निम्याएको थियो र घटनाको विरोधमा देशभरि प्रदर्शनहरू भएका थिए।

दोषीलाई झुण्ड्याइएको दृश्य देखेका जैनबका बुवा आमीन अन्सारीले आफूलाई \'राहत महसुस\' भएको प्रतिक्रिया दिए। उनले भने, जीवित भएको भए मेरी छोरी अहिले सात वर्ष दुई महिनाकी हुन्थी। बलात्कारीलाई झुण्ड्याइएको दृश्य टेलिभिजनमा नदेखाइएको भन्दै आमीनले दुःख व्यक्त गरे।

यसअघि आफ्नी छोरीको बलात्कारीलाई सार्वजनिक स्थानमा झुण्ड्याइनुपर्ने आमीनको माग लहोर उच्च अदालतले खारेज गरिदिएको थियो। गत ज्यानुअरी ४ मा बेपत्ता भएकी जैनबको शव हराएको पाँच दिनपछि फोहोरको थुप्रोमा भेटिएको थियो। छोरी हराएकोबारे प्रहरीमा उजुरी गरे पनि शव भेट्नु अघिसम्म प्रहरीले कुनै कदम नचालेको जैनबको परिवारले बताउने गरेको छ।

घटनापछि प्रहरीले नभइ जैनबका आफन्तले उनका अन्तिम क्रियाकलाप कैद भएको सीसीटीभीको फूटेज फेला पारेका थिए। एक व्यक्तिले बालिकालाई पछारिरहेको सीसीटीभीको फूटेज त्यसपछि सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो। मानिसहरूले #जस्टिस फर जैनब नामक अभियान चलाए र थुप्रै पाकिस्तानीहरू पीडित परिवारको न्यायको पक्षमा उत्रिए।

जैनबको घर नजिकै बसोबास गर्ने इमरान अलीलाई प्रहरीले गत ज्यानुअरी २३ मा \'डीएनए\' प्रमाणका आधारमा पक्राउ गरेको थियो। गत फेब्रअरीमा अदालतले इमरान अलीलाई जैनबको बलात्कार र हत्या गरेको अभियोगमा मृत्युदण्ड सुनाएको थियो। सो आदेशविरुद्ध उनले दिएको पुनरावेदन एउटा अदालतले खारेज गरिदियो। र, यसै महिनाको शुरूतिर पाकिस्तानी राष्ट्रपतिले पनि माफीका लागि गरिएको निवेदन अस्वीकार गरेका थिए। बिबिसि

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies