/  Wed, January 23, 2019

बडादशैं अन्तर्गत आज महानवमी पर्व मनाइँदै 

काठमाडौँ    देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । 

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ ।

प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ । सो कलशको जल अभिषेक गरी टीका–प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने जनविश्वास रहेको छ ।
हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिँदै छ ।

तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

आज बिहानैदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरुमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि दिएर जङ्गी निसानपूजा तथा कोतपूजा भइरहेको छ । आजै सवारी साधनहरुलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ ।

रासस

कात्तिक १ गते, २०७५ - ०७:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजबाट पोखरामा नेपाल–भारत जेएसटिसीको छैटौँ बैठक

काठमाडाै । नेपाल–भारत ऊर्जा तथा जलस्रोत सचिवस्तरीय छैटौँ (जोइन्ट स्टेयरिङ कमिटी (जेएसटिसी) बैठक बुधबारदेखि...   
चिलिमे–त्रिशूली प्रसारण लाइनमा वनको अवरोध

चिलिमे–त्रिशूली प्रसारण लाइनमा वनको अवरोध

त्रिशूली । चिलिमे–त्रिशूली २ सय २० केभी प्रसारण लाइन निर्माणको काम रोकिएको छ । प्रसारण लाइनअन्तर्गत...   
मलेसिया जाने कामदार ठगी मुद्दामा जिल्ला अदालतको सफाइ

मलेसिया जाने कामदार ठगी मुद्दामा जिल्ला अदालतको सफाइ

काठमाडाै । कामदारबाट कुल १ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी ठगेका मेडिकल व्यवसायीमाथि सरकारले भने करिब...   
साना हतियारको बिगबिगीले अपराध बढ्दै

साना हतियारको बिगबिगीले अपराध बढ्दै

बुटवल । प्रदेश ५ का तराई जिल्लामा साना हतियार छ्यापछ्याप्ती बढेको छ । सँगै यसबाट हुने अपराध पनि बढ्दो...   

धेरै कर्मचारीको मोह संघमा नै समायोजन हुने चाहना

काठमाडौं । संघमै समायोजन हुने चाहना कर्मचारीको संख्या अत्यधिक रहेको पाइएको छ । समायोजनमा जान फारम...   

सप्तरीमा प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु

काठमाडौं । प्रहरी इन्काउन्टरमा सप्तरीमा एक जनाको मृत्यु भएको छ । अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा...   
मुठीमा गुठी : जनकपुरमा मठमन्दिरका अर्बौंको जमिन गायब

मुठीमा गुठी : जनकपुरमा मठमन्दिरका अर्बौंको जमिन गायब

जनकपुर । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ । तर, आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ...   

नक्कली भिसामा किन नेपाल आउँछन् विदेशी ?

काठमाडौं । नेपालको नक्कली भिसा सहजै बेचबिखन भइरहेको छ भन्दा धेरैलाई पत्यार नलाग्ला तर वास्तविकता...   

प्रधानमन्त्री विश्व आर्थिक मञ्चमा सहभागी हुन आज स्विटजरल्याण्डको डाभोस पुगे

स्विटजरल्याण्ड । प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा भाग लिन नेपाली...   

हुम्लामा भारी हिमपात

हुम्ला । सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा सोमबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top