Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

किन खोजिँदैछ १ सय कर्मचारी परिचालन गरेर एउटा बघिनी ?

मध्य भारतमा ठूलो स्तरमा एउटा खोजी अभियान जारी छ। वन विभागका एक सयभन्दा बढी अधिकारी, सुरक्षाकर्मी, बेहोस पार्ने विशेषज्ञ, निशानेबाज र पशु चिकित्सक एउटा बघिनीलाई खोजिरहेका छन्।

सो नरभक्षी बघिनी करिब १६० वर्ग किलोमिटरसम्म फैलिएको क्षेत्रमा डुलिरहेको बताइएको छ। भारतीय वन विभागले सयवटा भन्दा बढी क्यामेरा जडान गरेको छ, तर अहिलेसम्म उक्त बघिनी फेला परेकी छैन। स्थानीयवासीले तत्काल बघिनीलाई समातेर सो क्षेत्रबाट हटाउनुपर्ने माग गरिरहेका छन्। पांढरकवडा रेञ्जको क्षेत्रीय वन अधिकारी केएन अपर्णा भन्छन्, \"यो पहाड, उपत्यका र घना जङ्गल भएको क्षेत्र हो। घना जङ्गल र झाडी भएकाले बघिनीलाई हामीले फेला पार्न सकिरहेका छैनौँ।\" \"\" \"यहाँका कतिपय ठाउँमा पैदलमात्र पुग्न सकिन्छ। त्यसैले हाम्रो अभियानले समय लिइरहेको छ।\" दिशा पहिल्याउने भारतीय वन विभागका अधिकारीहरूका अनुसार जनावरलाई बेहोस बनाएर समात्ने हरसम्भव प्रयत्न गरिनुपर्छ र त्यसमा सफल हुन नसकेमात्रै मार्ने अधिकार हुन्छ। भारतको पर्यावरण मन्त्रालयका अनुसार बाघ र हात्तीको आक्रमणबाट सन् २०१४ को एप्रिलदेखि सन् २०१७ को मेको बीचमा १,१४४ जना मारिएका छन्। त्यसमध्ये १,०५२ जना हात्तीको आक्रमणबाट मारिएका हुन् भने ९२ जना बाघको आक्रमणबाट। त्यसबाहेक चितुवा, सिंह र भालुले पनि मानिसहरूमाथि आक्रमण गर्छन्। सर्प र कुकुरको टोकाइबाट हरेक वर्ष हजारौँ मानिसले ज्यान गुमाउँछन्। जङ्गली जनावरमध्ये बाघ निकै डरलाग्दो मानिन्छ, तर कतिपय मानिसहरू मार्न नहुने पक्षमा हुन्छन् जसका कारण जीवितै समात्नुपर्ने बाध्यता अधिकारीहरूलाई आउँछ। वन्यजन्तु संरक्षणकर्ता अजय दुबे भन्छन्, \"जङ्गलमा कैयौँ मानिसको ज्यान गएको छ। खासमा बाघको वासस्थानमा घुसपैठ गर्ने मान्छे नै हुन्।\" तर वन विभागका अधिकारी त्यसमा सहमत देखिँदैनन्। डीएनए परीक्षणबाट ती बघिनीको आक्रमणबाटै पाँचजनाको ज्यान गएको देखिएको छ। केएम अपर्णा भन्छन्, \"ती बघिनीले हालै खेतमा काम गरिरहेका एकजनाको ज्यान लिएकी छे। मानिसहरूले ढुङ्गामुढा गर्दा पनि शव घिर्सादै गरेकी बघिनी डराइन।\" \"\" गत सेप्टेम्बरमा भारतको सर्वोच्च अदालतले ती बघिनीलाई मार्न नहुने मागसहितको एउटा रिट खारेज गरिदियो, त्यसपछि बघिनीको खोजी अभियान पुनः शुरू भएको हो। घना जङ्गलमा हिँड्न गाह्रो हुने भएर सशस्त्र वन रेञ्जरहरू हात्तीसहित खोजी अभियानमा सहभागी भइरहेका छन्। भारतमा पहिला घट्ने क्रममा रहेको बाघको सङ्ख्या संरक्षण प्रयासपछि सन् २००६ यता बढिरहेको छ। विश्वका कुल बाघमध्ये ६० प्रतिशत भारतमा छन्। सन् २०१४ मा गरिएको गणना अनुसार भारतमा बाघको सङ्ख्या २,२२६ छ। पछिल्लो नरभक्षी बघिनीसहितका कतिपय बाघहरू संरक्षित क्षेत्रभन्दा बाहिर पनि पुग्छन्। त्यही कारण मानिसहरूसँग तिनीहरूको जम्काभेट हुन पुग्छ। तीव्र गतिमा विकासतर्फ लम्किरहेको एक अर्ब ३० करोड जनसङ्ख्या भएको भारतमा त्यस्ता नगण्य ठाउँमात्रै होलान् जहाँ मानवीय गतिविधि हुँदैन। हुन त घाइते र वृद्ध बाघ मात्रै नरभक्षी हुने गरेको बताइन्छ। तर जवान बाघले पनि मान्छेलाई शिकार बनाउने गरेको देखिएको छ। भारतको वन्यजन्तु अध्ययन केन्द्रका निर्देशक उल्लास करन्थ भन्छन्, \"अधिकांश बाघ मानिसहरूका लागि पूर्ण रूपमा हानिकारक हुन्छन्। हजारमध्ये एउटा जति बाघ नरभक्षी हुने गर्छ।\" \"\" भारतका कैयौँ राज्यमा जनावरलाई बेहोस पार्ने र तिनीहरूलाई समात्ने प्रशिक्षित जनशक्तिको अभाव छ। बेहोस पार्ने डार्ट्सको प्रयोग पनि गाह्रै हुन्छ किनकि त्यसलाई नजिकबाट हान्नुपर्ने हुन्छ। करन्थ भन्छन्, \"जनावरलाई बेहोस पारेर अन्यत्र छाड्नु भनेको मानिसहरूलाई मार्न निम्तो दिनुसरह हो। शहरका मानिसहरू सुरक्षित घरमा बसेर सुन्दरताका कुरा गर्छन्, जोखिममा चाहिँ ग्रामीण क्षेत्रका बासिन्दालाई हुन्छ।\" दक्षिण भारतमा तीनजना महिलाको ज्यान लिने नरभक्षी बाघ मारिँदा स्थानीयवासी कति खुशी भएका थिए भन्ने घटना वन्यजन्तु संस्थानका पूर्व डिन जेजे जनसिंह यसरी स्मरण गर्छन्। \"चार वर्षअघि म ऊटीमा भएको बेला एउटा नरभक्षी बाघलाई गोली हानिएको थियो। मानिसहरूले बाघको शवसहित जुलुस निकालेका थिए। उनीहरूलाई ठूलो राहतको कुरा थियो त्यो।\" उनी थप्छन्, \"नरभक्षी बाघ शिकारमा हुँदा त्यहाँका सबै मानिसमा डरको माहोल सिर्जना हुन्छ। त्यसले मानवीय गतिविधि अवरुद्ध हुन पुग्छ।\" बाघका लागि संरक्षित क्षेत्र नजिकै बस्ने समुदायले शिकारीका गतिविधिबारे पनि जानकारी दिने गर्छन्। विशेषज्ञहरू भन्छन्, ती समुदायलाई त्यहाँबाट हटाउँदा संरक्षण प्रयासमा पनि असर पर्न सक्छ। अजय दुबे भन्छन्, ती बघिनीलाई बचाउनुपर्ने पक्षमा देशका कैयौँ ठाउँबाट हामीलाई सन्देश आइरहेका छन्। उनी थप्छन्, \"यदि तपाईँले त्यो बघिनीलाई मार्नुभयो भने त्यसका दुई डमरु पनि मर्नेछन्। तीनवटा बाघ मारिनु भनेको ठूलै क्षति हो।\" बीबीसी    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies