Khabar Dabali Logo
  April 22, Mon

वामदेवबारे प्रचण्डले लिए यस्तो निर्णय

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामदेव गौतम प्रकरणले पार्टी नेतृत्वबीच अविश्वास जन्माएको स्वीकार गरेका छन् । तर, अब यो प्रकरण समाप्त भएको भन्दै उनले शीर्ष तहमा अविश्वासका अवस्था नरहेको दाबीसमेत गरेका छन् ।

नेकपाका ३ नम्बर प्रदेश कमिटी पदाधिकारीहरुसँग भएको छलफलमा अध्यक्ष प्रचण्डले केही अविश्वास र असमझदारीको अवस्था सिर्जना भएपनि त्यसको सुरक्षित अवतरण भइसकेको बताए । उनले अहिलेको अवस्थामा सरकारको आलोचना गर्ने भन्दा पनि सरकारलाई बलियो बनाउन पार्टी एकढिक्का हुनुपर्ने बताए ।

प्रचण्डले भने, ‘वामदेवजीको चुनाव लड्ने सन्दर्भ अब समाप्त भइसक्यो । उनले पनि अब सम्भवतः त्यस्तो चाहना राख्नुहुन्न होला । यो कुराले केही अविश्वासको अवस्था पनि आयो तर, त्यस्तो केही थिएन ।’ प्रचण्डले गलत विषयमा सहमति दिँदा पार्टीमा विराेध हुनु स्वभाविक भएकाे भन्दै वामदेवकाे विषयमा अाफू र अाफ्नाे पार्टीले कुनै निर्णय नलिने स्पष्ट पारे ।

वामदेवका लागि सिट खाली गर्न काठमाडाैं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिन तयार रहेको पत्र सचिवालयमा बुझाएका थिए । त्यो पत्र प्रचण्ड निवासमा तयार भएको थियो । यसबारे पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली लगायतका नेताहरुलाई समेत पूर्व सूचना नभएपछि नेकपाका शीर्ष नेताहरुमा अविश्वासको अवस्था आएको थियो ।

प्रदेश ३ कमिटीका इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज हितबहादुर तामाङ, अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेलले निवासमै पुगेर प्रचण्डलाई भेटेका थिए ।

बैठकमा शाक्यले स्थायी कमिटी बैठक नबोलाइएको भन्दै नेतृत्वको आलोचना गरेकी थिइन् । पार्टीमा बैचारिक छलफल बहस हुन छाडेको र बैठकबाट नेतृत्व तर्किने गरेको भन्दै शाक्यले तत्काल पार्टीलाई जीवन दिनुपर्ने बताएकी थिइन् ।

अशोज २९ गते, २०७५ - ०९:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रामेछापमा तारा एयरको विमान रनवेमा चिप्लियो : सबै यात्री सकुशल

रामेछापमा तारा एयरको विमान रनवेमा चिप्लियो : सबै यात्री सकुशल

रामेछाप । तारा एयरको विमान सोमबार विहान रामेछाप विमानस्थलको रनवेमा चिप्लिएको छ । तर विमानका यात्रि...   
नेपाली कम्युनिष्ट आन्दोलनका ७० वर्ष : एक चर्चा

नेपाली कम्युनिष्ट आन्दोलनका ७० वर्ष : एक चर्चा

नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास ७० वर्ष पुरानो छ। हाल दर्जनौं समूहमा रहेका कम्युनिष्ट घटकहरुको...   

नेकपामा प्रचण्डको समन्वयकारी भूमिका : यसरी टुंगियो जिल्ला नेतृत्वको विवाद

काठमाडौं । लामो समयसम्म प्रक्रियागत झन्झटमा अल्झेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला तहको...   
रेनु दाहाल भेट्न किन पुगे विद्यासुन्दर भरतपुर ?

रेनु दाहाल भेट्न किन पुगे विद्यासुन्दर भरतपुर ?

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य भरतपुरकी मेयर रेनु दाहाल भेट्न भरतपुर...   

फेरी विप्लवका दुई केन्द्रिय नेता पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २ केन्द्रीय सदस्य पक्राउ परेका छन् । प्रहरीले...   

कहाँ पर्‍यो नेकपाको एकतामा गाँठो ?

काठमाडौं । नेकपाले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसका दिन पारेर पार्टीको तल्लो तहको एकता प्रक्रिया...   
ओली गिरफ्तार परेपछि विप्लवका मध्यकमाण्ड इन्चार्जमा प्रकाण्ड

ओली गिरफ्तार परेपछि विप्लवका मध्यकमाण्ड इन्चार्जमा प्रकाण्ड

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज फेरिएका छन् । अबको विप्लवको...   
जनार्दनको आक्रोस– उर्जामन्त्री वर्षमानले के गरे थाहा भएन

जनार्दनको आक्रोस– उर्जामन्त्री वर्षमानले के गरे थाहा भएन

काठमाडौं । नेकपाका नेता तथा ६ नं. प्रदेशका इन्चार्ज जनार्दन शर्मा प्रभाकरले उत्तरगंगा जलविद्युत परियोजनाको...   

नेकपामा तीन नेताको फरकफरक तीन प्रस्ताव : तर सबै लचिलो

काठमाडौं । नेकपाको एकता प्रक्रियालाई अन्तिम दिन बसिरहेका ३ नेताले तीनैथरीका प्रस्ताव छलफलमा राखेका...   
नेपालको पहिलो स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण, प्रधानमन्त्रीद्वारा वधाई

नेपालको पहिलो स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण, प्रधानमन्त्रीद्वारा वधाई

काठमाडौं । नेपालले गएराति २.३१ बजे आफ्नै स्याटेलाईट पहिलोपटक प्रक्षेपण गरेको छ । नेपालको पहिलो भुउपग्रह...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top