Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

भक्तपुरमा अनुगमनः गुणस्तरहीन मासु बिक्री

भक्तपुर। सूर्यविनायक नगरपालिका क्षेत्रका अधिकांश मासु पसलमा झिङ्गा भन्केका, गनाउने र गुणस्तरहीन मासु बिक्री वितरण भइरहेको पाइएको छ । आज सूर्यविनायक नगरपालिकाले सूर्यविनायकदेखि सल्लाघारीसम्म रहेको मासु पसलको अनुगमन गर्दा अधिकांश मासु पसल फोहर, हरियो झिङ्गा भन्केको, गन्हाउने र खान योग्य नभएको मासु बिक्री गरेको पाइएकोहो । नगरपालिकाका उपप्रमुख जुना बस्नेतको नेतृत्वमा बजार अनुगमन शाखा, स्वास्थ्य शाखाका कर्मचारी, नगर प्रहरी र सञ्चारकर्मीसहित कर्मचारीको टोलीले बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा अधिकांश मासु पसल नगरपालिकामा दर्ता नभएको, मूल्य सूची नराखिएको, साइनबोर्ड नभएको, बिक्री रसिद नभएको, कुखुरा र राँगाको मासु एउटै फ्रिजमा राखिएको, नापतौल बिगारेको, सिसी क्यामेरा प्रयोग नभएको, एप्रोनको प्रयोग नगरिएको र खान योग्य नभएको मासु बिक्रीमा राखिएको पाइएको थियो । अनुगमनका क्रममा फ्रेस मिट कर्नरमा राँगोको मासु अव्यवस्थित, फोहर र झिङ्गा भन्किएको बिक्री गरिरहेको पाइएको थियो । यसमा राँगोको टाउँको, खुट्टा, भूँडी, यत्रतत्र भूइँमै छरेर राखेको, अन्य मासु फोहर ठाउँमै राखेर बिक्री गरेको र गहाउने मासुसमेत बिक्री गरेको पाइएको छ । त्यससँगैको माइला दाइको मासु पसलमा दर्ता नभएको, बोर्ड नराखिएको र बाहिरै झिङ्गा भन्काएर राख्दै मासु बिक्री गरिरहेको पाइएको थियो । मासु राखेको कोठा अत्यन्तै फोहर, मासु राख्ने ठाउँमै कुकुरको खोर राखिएको, फ्रिजसमेत नराखिएको पाइएको छ । सूर्यविनायक मिट सपको तल्लो पसलमा राँगो र कुखुराको मासु एकै ठाउँमा राखेर बिक्री गरेको, नापतौल नमिलेको, फोहर मासु बिक्री गरेको पाइएको थियो । माथिल्लोमा पनि कुखुराको मासु धेरै नै फोहर गरिराखेको र बिक्री गरेको पाइएकोे छ । सरकारको रु २५ लाख अनुदानमा सूर्यविनायकमै सञ्चालित अर्पण मासुपसल अहिलेसम्म नगरपालिकामा दर्ता नगरेको र फ्रिज अत्यन्तै फोहर गरिराखेको पाइएको थियो । अनुदान लिएअनुसार पसल व्यवस्थित नगरेको र फोहर पाइएको छ । सूर्यविनायककै जय मिट शप पनि दर्ता नगरी सञ्चालन भएको पाइयो भने सल्लाघारीको समिरा मिट शप र सूर्य कोल्डस्टोरमा फोहर र खान योग्य नभएको मासु बिक्री गरेको पाइएको थियो । नगरपालिकाका उपप्रमुख बस्नेत, नगरपालिकाका अनिरुद्र नेपाल, पूर्णचन्द्र शर्मा, रामचन्द्र सापकोटा, शोभा घिमिरे, सुमित्रा थापा, नगरप्रहरी विश्वराम नगरकोटी र सञ्चारकर्मी सहितको टोलीले मासु पसलको अनुगमन गरेको थियो । अनुगमनमा सबै पसललाई दशैँलगत्तै सात दिनभित्र पसल दर्ता र नवीकरण गरिसक्नुपर्ने, मासु पसलमा तत्काल सुधार गर्नुपर्ने लगायतका निर्देशन दिएको नगरपालिकाका उपप्रमुख बस्नेतले बताए । उनले निर्देशन पालना नगर्ने मासु पसलमा सिलबन्दी गरिने बताए । नगरपालिकाको मापदण्ड विपरीत सञ्चालित मासु पसल बन्द गराइने बताउँदै उपप्रमुख बस्नेतले पहिलो पटक सचेत गरिएको र दोस्रो पटक पसल बन्द गराइने बताए । नगरपालिकाका प्रमुख वासुदेव थापाले दशैंपछि पसल तथा व्यवसाय दर्तालाई कडाइका साथ लागू गर्ने बताए । उनले व्यवसाय दर्ता नगर्ने, कर छलि गर्ने, अखाद्य वस्तु बिक्री गर्ने र नगरपालिकाको मापदण्ड विपरित सञ्चालन गर्नेलाई कारवाही गरिने बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies