Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यो वर्ष लोकसेवाले असोज अन्तिम साता विज्ञापन ननिकाल्ने

काठमाडौं । लोकसेवा आयोगले कर्मचारी रिक्त दरबन्दी पूर्तीका लागि असोज अन्तिम साता नियमित विज्ञापन ननिकाल्ने भएको छ । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रिया नै अगाडि नबढेकोले रिक्त दरबन्दी यकिन हुन नसक्दा आयोगको नियमित विज्ञापनमा असर परेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–आयोगले हरेक वर्ष असोजको अन्तिम हप्ता बुधबार विभिन्न सेवा समूह अन्तर्गत रिक्त पदपुर्तिका लागि विज्ञापन प्रकाशित गर्दै आएको थियो । यसपटक भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोगलाई अहिलेसम्म रिक्त दरबन्दीको विवरण दिन सकेको छैन । प्रदेश र स्थानीय तहमा समायोजन नहुँदा कति कर्मचारी रिक्त भए भन्ने टुंगो नलागेर अन्योल भएको हो । प्रदेश र स्थानीय तहमा कर्मचारी भर्नाका लागि कानुनी आधार पनि पर्याप्त नभएर अन्योल बनेको छ । संघीय मन्त्रालय स्रोतका अनुसार दुई महिनाभित्र समायोजन प्रक्रिया अगाडि बढाउने गरी समायोजन ऐनलाई संसोधन गरेर अध्यादेश ल्याउने सरकारको तयारी छ । अध्यादेश आएलगत्तै रिक्त दरबन्दीको अध्ययन गरेर कर्मचारी पदपूर्तिको विज्ञापन गर्ने योजना छ । विशेष गरी प्रशासन, प्राविधिक, शिक्षा र स्वास्थ्य समूहको विज्ञापन कम्तिमा अबको दुई महिना रोकिने छ । तर, परराष्ट्र, लेखा, संसद र न्याय सेवा समूहको विज्ञापन भने नियमित कार्यतालिका अनुसार नै आयोगले विज्ञापन गर्न सक्ने मन्त्रालयको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies