Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कोदो र मादुरो पाउनै मुस्किल

बैतडी। बैतडीको मध्यपहाडी क्षेत्रमा पछिल्लो समयमा कोदो, मादुरोजस्ता पुराना बाली लोप हुन थालेका छन् । कोदो, मादुरोजस्ता बालीमा प्रशस्त मात्रामा पोषक तत्व पाइने भए पनि बालीको महत्व नबुझ्दा लोप हुन थालेका हुन् । पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेका हुन् । केही वर्षअघिसम्म पनि सुदुरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङ र बाजुरालगायतका उच्चपहाडी तथा हिमाली भेगमा प्रशस्त मात्रामा कोदो र मादुरोको खेती गरिन्थ्यो । यस्तै कुनै समय बैतडीका किसानको खेतबारीमा पनि प्रशस्त उत्पादन हुने कोदो र मादुरो खेती अहिले लोप भइसकेको छ । अन्नहरूमध्ये स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने कोदो र मादुरो फलेको अहिले सायदै देख्न पाइने गरेको बैतडीको सुर्नया–३ का प्रेमसागर भट्टको भनाइ छ । आयतित खाद्यान्नका सामग्रीमा पोषक तत्व नपाइने भएकाले पछिल्लो समयमा बालबालिकामा कुपोषण देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिए । कोदो, मादुरो, भटमासलगायतका बालीमा प्रशस्त मात्रामा पोषक तत्व पाइने भएपनि यसको महत्वका बारेमा जानकारी नभएको उनले बताए । पुराना बालीमा पाइने पोषक तत्वका विषयमा ज्ञान नहुँदा पुराना बाली लोप हुन थालेको किसान मोहनबहादुर विष्टले बताए । पुराना बालीको संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेको उनले बताए । धानबालीसँगै फल्ने कोदो मादुरो आजभोलि देख्नसमेत नपाइने गरेको किसानको भनाइ छ । कोदो, मादुरो, भटमासका परिकारहरु गाउँघरमा पाइन छाडेका छन् । बालबालिका, गर्भवती, सुत्केरी महिलाका लागि निकै फाइदाजनक रहेका बाली नै लोप हुन थालेकाले ग्रामीण क्षेत्रमा पोषक तत्व पाइने खाद्यान्नको कमी आउन थालेको सुर्नया–२ हटैराजकी तुला चन्दले बताए । यी अन्नबालीले हुने फाइदाका बारेमा जानकारी नहुँदा यिनको अस्तित्व सङ्कटमा परेको हो । समयसँगै कृषि गर्ने तरिका परिवर्तन भयो, सँगै खेती गरिने बालीनाली पनि परिवर्तन हुँदै गए । कोदो, मादुरो, जैखेतीबाट धान, मकै आदि बालीजस्तो लाभ नहुनाले पनि यी बाली लोप हुँदै गएको किसान बताउँछन् । पछिल्लो समय गाउँघरमा भैँसीपालन घटेकाले पनि यो खेती लोप हुँदै गएको किसानको भनाइ छ । मादुरो, कोदो र जौलगायतका अन्नबाट बन्ने अधिकांश परिकार घिउ, मोही र दुग्धजन्य पदार्थबाट बन्ने भएकाले पनि भैँसी लोपसँगै यो खेती पनि लोप भएको उनीहरूको भनाइ छ । कोदो, मादुरो र भटमासबाट बनेका परिकार बालबालिका, गर्भवती सुत्केरी आमाका लागि निकै फाइदाजनक रहेपनि पछिल्लो समयमा यसको प्रयोग हुन छाडेको छ । नयाँ पुस्ताका मानिसले कोदो, मादुरोजस्ता बालीको महत्व नबुझ्दा पनि यी बाली लोप हुँदै गएको बताउनुहुन्छ, दशरथचन्द नगरपालिका–१ का देवदत्त भट्ट । हराउँदै गएका यी बालीहरुको सरंक्षण गर्नुपर्छ भन्ने चेतनाको विकास गर्नुपर्ने उनी खाँचो औँल्याउछन् । जिल्लाको तत्लोस्वराड क्षेत्रमा पर्ने शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा अहिले कतैकतै यी अन्नको खेती गरेको देख्न सकिन्छ । तर, यो तुलनात्मक रूपमा निकै कम भइसकेको छ । हुन त स्थानीय जनप्रतिनिधिले परम्परागत खेतीको संरक्षण गर्ने बताउँदै आएका छन् । पुराना बालीको संरक्षणका लागि गाउँपालिका लागिपरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीको भनाइ छ । नयाँ बालीबाट कम मेहनतमा बढी उत्पादन हुने भएकाले पुराना बाली लोप हुँदै गएका छन् । कृषि ज्ञान केन्द्रमार्फत र कृषि क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले किसानलाई यी बालीको महत्वका बारेमा बुझाएर तालीम दिन सक्यो भने संरक्षण गर्न सकिने बागबानी अधिकृत लक्ष्मीदत्त पाण्डेयको भनाइ छ । एउटा त यी अन्नबाट पाइने पौष्टिक तत्वको बारेमा किसानलाई जानकारी नभएकाले यो खेती लोप भएको छ भने अर्को गाउँमा दुग्धजन्य पदार्थको अभावका कारण पनि यो खेती घटेको पाइन्छ । त्यसैले यी परम्परागत बालीको महत्वका बारेमा जानकारी गराई यी बालीलाई व्यवस्थित तरिकाले उत्पादन, बजारीकरण र यसबाट बन्ने विभिन्न परिकारका बारेमा जानकारी गराई यस्ता बालीलाई संरक्षण गर्न जरुरी छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies