Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

विश्वकप छनोटः सिंगापुर ८१ रनमै समेटियो

काठमाडौं । मलेसियामा जारी आइसिसी विश्व टी-२० एसिया छनोट समूह ‘बी’ अन्तर्गत अन्तिम खेलमा नेपाल र सिंगापुर खेलिरहेका छन् । शुक्रबार दिउँसो १२ः१५ मा भएको खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । ब्याटिङको निम्तो पाएको सिंगापुर १७.३ ओभरमा ८१ रन बनाउँदै अलआउट भएको छ । उसका लागि आज सुरेन्द्रन चन्द्रमोहनले २५ रन बनाउनु बाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । बलिङमा नेपालका सन्दीप लामिछानेले एक्लैले ४ विकेट लिए । यस्तै, सोमपाल कामी, करण केसीले समान २ २ विकेट लिए, भने बसन्त रेग्मी र ललित राजवंशीले समान एकएक विकेट लिन सफल भए । नेपालले जवाफी ब्याटिङ केही बेरमा गर्नेछ । नेपालले प्रतियोगिताको पहिलो खेलमा नेपालले असोज १७ मा म्यानमालाई जम्मा १८ बल खेलेर आठ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा २० गते मलेसिया, २१ गते थाइल्याण्ड, २३ गते भुटान, २४ गते चीनलाई पराजित गरेको थियो । यसअघिका सबै पाँच खेलमा सिङ्गापुर पनि विजयी बन्दै उच्च मनोबलसाथ मैदानमा उत्रदै छ । नेपाल र सिङ्गापुरले समान पाँच खेलबाट १०/१० अङ्क जोडेका छन् । रनरेटको आधारमा नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ । नेपालले टी–२० मा सिङ्गापुरविरुद्ध पछिल्लो पटक सन् २०१३ मा खेलेको थियो । एसिसी टी–२० अन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उक्त खेलमा नेपालले १२१ रनको जीत निकालेको थियो । गत महिना मलेसियामा भएको ५० ओभरको खेलमा पनि नेपालले सिङ्गापुरलाई ४ विकेटले हराएको थियो । यस छनोटबाट नेपाल र सिङ्गापुरले दोस्रो चरणको छनोट स्थान बनाउँदा अर्को एक टोलीको तय हुन बाँकी छ । छनोटबाट शीर्ष तीन टोलीले एशिया छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । एशिया छनोटमा सात टोलीले खेल्नेछन् । तेस्रो स्थानका लागि भने मलेसिया र थाइल्याण्डबीचको प्रतिस्पर्धा पछि रहेको छ । तेस्रो स्थानको थाइल्याण्डले सबै खेल खेल्दै सात अङ्क जोडेको छ । तर चौंथो स्थानको मलेसियाले आज चीनसँग खेल्दैछ । मलेसियाले चीनलाई पराजित गरेमा दोस्रो चरणमा स्थान बनाउने छ । यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट युएइ, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा युएर्इ, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोलीबीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies