Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

ती उल्लासमय दशैं र यी उपभोक्तावादी दशैं

पहाडमा जन्मेको केटो । जसले किसानको जिन्दगी देख्यो भोग्यो उसलाई दशैले नछुने कसरी हुन्छ । दशै आएपछि खुशी पनि बाढी जस्तै उर्लेर मनभित्र पस्थियो । दुस्खहरु कतै बसाई सरे झै हुने बेला थियोे त्यो । रमाइलो गर्ने अबसर यही हो आखिर पहाडका आम किसानहरुलाइ । बाढी थामिएको खोला, खेतभरि झुलेको धानको बाला, बोडि लामो लहरा, झकिझकाउ बजार अनि जुन उज्यालो गाढा भएर उदाएको जुनेली रात । असार साउनको झरी अनि बाढिपहिरो थामिएपछि रमाइलो पर्यावरण । यहि विशेषताको भारी बोकेर शरद ऋतु फुत्त आइपुग्थियो । दशै भनेको यहीँ मौसमको चाड थियोे । रसुवाको बेत्राबती बजार । बेत्राबती धेरैलाई थाहा भएको ठाँउ पनि हो । नेपाल चीन युद्ध समाप्त पार्ने बेत्राबती सम्झौता बिषयमा इतिहासमा अनेकन ब्याख्या छ्न् । नेपाल केरुङ ब्यापारसग जोडिएको पुरानो सानो यो बजार मेरो मनको कुनामा स्मृति भएर बसिरहेको छ । जब बेत्राबती बजारमा चहलपहल हुन्थ्यो । मान्छेहरु भन्थे अब दशै लाग्यो । सुब्बा बा पसलमा मसाला र चामल आएपछि दशै आए झै लाग्थ्यो । सुकिला लुगा लगाएर फलाखुको तिरै तिर मानिसहरूको हुल हिड्न थालेपछि दशै आए झै लाग्थ्यो । बयर र भलायो पाक्न थालेपछि दशै आए झै लाग्थ्यो । आनन्दको पसलमा सर्ट पाइन्ट किने पछी दशै आए झै लाग्थ्यो । कवि अमृत क्षेत्रीको एउटा कविता छ लाहुरेहरु टेप र रेडियो घन्काउदै गाउँ पसेपछि दसै आए झै लाग्छ । हाम्रो बजारमा सानो छ । उता तुप्चे छ । माओवादी जनयुद्धलाई पश्चिम् नेपालमा उठाउने एक जना योद्धा पोस्टबहादुर बोगटी दिवाकरको गाउँ हो तुप्चे । यता वारितिर बोगटीटार सिम्ले माझगाउ बेतीनी बनुवा छ । अलि पारी माथितिर मबिर केराघारी गेर्खु छ । रसुवा नुवाकोट को धेरै गाउको बजार हो बेत्राबती । यसैले दशै आउन बेत्राबतीलाइ पहिला दशमी आइसक्नु पर्थियो । अनि मात्र गाउघर जिरा मसला चामल मासु दशै भएर छिर्थियो । केरुङ अहिले जस्तो बजार र नाका भैसकेको थिएन । हाम्रो गाउँ घर तिरबाट च्याङ्ग्रा लिन केरुङ जाने एउटा समूह नै थियो ।ती हुलका हुलका च्याङ्ग्रा ल्याएर स्याफ्रु धुन्चे कालिकास्थान र बेत्राबतीमा बेच्थिए । गजलकार साथी बसन्त अनुरागी पिता भट्ट साहिला नाम कहलिएका च्याङ्ग्रा ब्यापारी थिए । उनीजस्ता धेरै ब्यापारी थिए ।जो बेत्राबतीमा च्याङ्रा ल्याएर बेच्थिए । बेत्राबती च्याङ्ग्रा आएपछि चाहिँ साच्चिकै दशै आए झै लाग्थ्यो । आजकाल केरुङबाट उति च्याङ्ग्रा आउदैन । इसाईहरुको हिमाल यात्रा बढेसगै रसुवाको माथिल्लो भूगोलमा अब दशै सबैको चार्डको रूपमा रहेन । मानिसहरूमा अब परम्परागत चाडपर्व प्रति उत्साह घटेको छ । माओवादी युवा नेता रजमान तामाङ भनिरहने ज्यानमारा बजार चार्डपर्बको बाटो भएर बस्ती छिर्न थालेको छ । अब दशै लगायत चार्डपर्बमा छिरेको उपभोक्तावादको बिषयमा चर्चा गरौं । प्रलेसका पुर्ब अध्यक्ष अमर गीरी लेख्छन् नैतिक मूल्यमा आएको ह्रास, भोगवादी प्रवृत्तिको विकास, जसरी भए पनि कमाउनुपर्छ भन्ने दृष्टिकोण, मौलाउँदो भ्रष्टाचार आदिमा उपभोक्तावादी संस्कृतिको महत्वपूर्ण भूमिका छ । उपभोक्तावादी संस्कृतिका कारण जीवनविरोधी विषय पनि मानिसलाई उपयोगी लाग्दै छन् र उपभोगलाई नै जीवनको केन्द्रीय लक्ष्य बनाइँदै छ । उपभोक्ताको इच्छा अबको बजारको इच्छा अनुसार जन्मन्छ । बजारले मानिस केवल बस्तु बनाइसकेको छ । अब बेत्रावती बजार मा आउने उल्लासमय दशै कहाँ छ र ? दशै बस्ती मा होइन कोकाकोलाको बोतलमा पहिला आइपुग्छ होर्डिङ बोर्ड भएर । कवि अमृत क्षेत्रीले भने जस्तो टेप घन्काउदै गाउँ छिर्ने लाहुरे कहाँ छ्न अब । कोकाकोला र मोबाइलहरु पो गाउँ गाउँ पुग्दैछ ।माया सद्भाव कहाँ छ र अब । प्रबिधिले लाटो पारेको समाजमा दशै फेसन भैसकेको छ । आधुनिक नाति हजुरसग आशिष् मागेको भिडियो लाइभ देखाउन चाहन्छ दुनियाँलाई । फेसबुक लाइभ हेर्दै गरेकी उसकी प्रेमिका कमेन्ट गर्छे। छि तिम्रो हजुरवा क्या फोहोरी ल्याङ ल्याङ बुढो रहेछ । सो बोर । कहिले पनि बाबू आमालाई एक कल फोन समेत पनि नगर्ने छोरो गाउँ जान्छ र अनि टीका लगाएर बढो साहित्यिक पारामा स्टाटस र फोटो पोस्ट गर्छ । जन्मेको जन्मभूमि र बाआमा भनेका धर्तीका स्वर्ग हुन ।शहरकै अर्को दलालले कमेन्ट गर्छ रामजी म पनि गाउँमा असी बर्सकी आमासग टीका लगाउदै छु । शहर मा उपचार गर्न आएकी सासुलाइ फोहर भन्दै भुइँमा सुताएर आफू पलङमा सुतेकी बुहारी पोस्ट छ । गाउँ नै रमाइलो विफ सासू आमा । यसरी अब उपभो्क्तावाद र बजारवाद छिरेको गाउँ बस्तीमा । र उल्लास हराइदै गएको छ । मानिसको आत्मीय हराएको छ । सह-अस्तित्वको भाव हराएको छ । नेपाली पन हराएको छ । अब दशै पनि बहुराष्ट्रिय कम्पनी समान बेच्ने बिग सेल मेला भैसकेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies