/  Mon, December 17, 2018

तीन महीनामा आठ अर्बको सवारीसाधन भित्रिए

वीरगञ्ज । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आवको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट रु आठ अर्ब २८ करोड १८ लाख बराबरका सवारीसाधन नेपाल भित्र्याएका छन् ।

भारत तथा तेस्रो मुलुकबाट सवारीसाधन नेपाल भित्रिएपछि वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वको ४० प्रतिशत ती सवारीसाधनबाट उठ्को भन्सार अधिकृत सन्तोष यादवले जानकारी दिनुभयो । चालू आवको साउनदेखि असोज १५ गतेसम्ममा भारत तथा तेस्रो मुलुकबाट ५१ हजार ६८० थान मोटरसाइकल तथा अटोरिक्सा, एम्बुलेन्स, ट्र्याक्टर, जीप, कार, भ्यान, विद्युतीय गाडी, बस, मिनीबस तथा माइक्रोबस नेपाल भित्रिएको छ । नेपाल भित्रिने सवारीसाधनमा ९० प्रतिशत भारतबाट तथा १० प्रतिशत तेस्रो मुलुकबाट रहेको छ ।

यसैगरी आव २०७४/७५ को साउनदेखि असोज १५ गतेसम्ममा भारत तथा तेस्रो मुलुकबाट रु ६ अर्ब ८६ करोड १२ लाखको ५० हजार ८५६ थान सवारीसाधन नेपाल भित्रिएको थियो । मूल्य वृद्धि, करको दायरा फराकिलो हुनु तथा माग बढी भएकाले यस वर्ष सो अवधिमा गाडीको सङ्ख्या र रकम बढ्न गएको भन्सार अधिकृत यादवले बताए ।

सरकारले चालू आवदेखि खरीद गरिएको गाडीको मूल्यको ८० प्रतिशत भन्सार महशुल, ६० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लिने गरेको छ । बिक्रेताले गाडीको बुकिङ र राजश्व बुझाउने काम समयमै नगरेपछि नेपालतर्फको आइसिपी, सुख्खा बन्दरगाह र भारत रक्सौलको पन्टोका क्षेत्रमा हुन्डाई, मारुती, सुजुकी, फोर्ड महिन्द्रा, निशान, रिनल्ट, नेकशन, टाटा, टोयटा, मर्सिडिजलगायत जीप, कार, भ्यान, पिकअप, ट्रक, टिपर, मिनीबस, ट्र्याक्टरलगायत सवारीसाधन रोकिएका छन् ।

भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका गाडी नेपाल–भारत दुवैतर्फ गरी दुई हजार ५०० भन्दा बढी सवारीसाधन रोकिएका छन् । दशैँ, तिहार र छठमा बिक्रेताले विभिन्न प्रकारको उपहार योजना राख्ने तथा माग पनि बढ्न गएकाले बिक्री बढ्ने हुँदा वीरगञ्ज नाकाबाट ठूलो परिमाणमा सवारीसाधन नेपाल भित्रिने गरेको हो । सङ्घीय सरकारले वीरगञ्ज भन्सार कार्यालयलाई आव २०७५/७६ मा रु १७१ अर्ब राजश्व उठाउने लक्ष्य दिएको छ । रासस

अशोज २५ गते, २०७५ - १५:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिसोसँगै हुम्ला फेरिँदै, चिसो छल्न जिल्ला बाहिर जाँदै

हुम्ला । हिउँद लागेसँगै हिमाली जिल्ला हुम्लामा चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै हुम्लाका बासिन्दा...   
घ्याङ्लेख गाउँपालिकामा नेकपाको सबै वडा कमिटी गठन (नामसहित)

घ्याङ्लेख गाउँपालिकामा नेकपाको सबै वडा कमिटी गठन (नामसहित)

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) घ्याङलेख गाउँपालिकाका ५ वटै वडामा नेकपा वडा कमिटी गठन...   
कंग्रेस नेता कमलनाथले डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिने

कंग्रेस नेता कमलनाथले डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिने

भारतीय कंग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ...   
अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने चेतावनी

अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं । सरकारले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेशको बिरोधमा उत्रेको प्राविधिक सञ्जाल नेपालले...   
मान्छेको मृत्यु भएको केहि मिनेटसम्म आफैँलाई थाहा हुने अनुसन्धानबाट पत्ता लाग्यो

मान्छेको मृत्यु भएको केहि मिनेटसम्म आफैँलाई थाहा हुने अनुसन्धानबाट पत्ता लाग्यो

न्युयाेर्क । मानव मस्तिष्कले मृत्यु भएको केही मिनेटसम्म थाहा पाउने भन्दै केही वैज्ञानिकहरुले पुष्टि...   

एउटा कोठामा चार वटा कक्षा सञ्चालन

धादिङ । एउटा कोठामा पनि सबै विद्यार्थीलाई पढाउन नहुने भएपछि भिन्दाभिन्दै सेक्सन बनाएर पढाइ गर्ने...   
कोइला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु भएको आशङ्का

कोइला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु भएको आशङ्का

नयाँदिल्ली । उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी...   
यस्ता छन् थोरै मानिसमा मात्र हुने विशेष पाँच शारीरिक क्षमता

यस्ता छन् थोरै मानिसमा मात्र हुने विशेष पाँच शारीरिक क्षमता

अलौकिक शक्ति भएका मानिसहरु ‘कमिक्स’ र वैज्ञानिक आख्यानका विषयवस्तु हुन्। तर केही मानिसहरूसँग...   

पाल्पा जीप दुर्घटनाः मृत्यु हुनेको संख्या ५ पुग्यो

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पा आर्गीडाँडामा बिहीबार राति भएको जिप दुर्घटनामा मृत्यु...   

नेकपाको स्थायी कमिटी बैठक भोली बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । बैठक दिउँसो...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top