Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अोली समूहले बागी दिने 'सिग्नल' पाएपछि 'ब्याक' भए वामदेव

[caption id=\"attachment_207669\" align=\"alignleft\" width=\"850\"]\"\" फाइल फोटो[/caption] काठमाडाैं । डोल्पाबाट चुनाव लड्ने भनेका नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता वामदेव गौतमलाई काठमाडाैंबाट पनि ब्रेक लागेको छ । काठमाडाैं क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने तयारी गरेकै बेला गौतमलाई भोट नहाल्ने मतदाताको चेतावनीपछि नेकपाभित्र चर्को बहस चलेपछि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले उक्त कदम चालेका हुन् । गत सोमबार बसेको नेकपाको बैठकमा वामदेवले चुनाव लड्ने चर्चा चुलिएपछि पार्टीभित्रै असन्तुष्टी बढेर गएको हो । रामवीर मानन्धरले राजीनामा दिएपछि उनका मतदाता वामदेवलाई भोट नहाल्ने निष्र्कषमा पुगेका छन् । अध्यक्षद्वयसँग वामदेवले चुनाव हार्ने आँकडा पुगेपछि नेकपाले आफ्ना खुट्टामा आफैं बञ्चरो हान्ने नीतिबाट ब्याक भएको छ । तत्कालिन एमालेको जनवर्गीय संगठनले वामदेवले चुनाव हार्ने तथ्यांक अध्यक्षसामु पुर्याएपछि पार्टीले उक्त रिक्स नलिने भएको छ । बालुवाटारमा नेकपा काठमाडाैंबाट नेताहरुले तथ्यसहितको रिपोर्ट बुझाएपछि वामदेवलाई चुनावमा उठाउने कुराबाट पार्टी ब्याक भएको हो । यो सँगै गौतमको संसद छिर्ने सपना अधुरै जस्तो भएको छ । सरकारप्रति जनताको विश्वास घट्दै गइरहेका बेला वामदेवजस्तो विादास्पद व्यक्तिलाई निर्वाचनमा उठाउनु आफ्नै लागि घातक हुने रिपोर्ट नेकपाकै नेताहरुले बुझाइसकेका छन् । काठमाडाैं–७ का दुई जना प्रदेश सांसदले पेश गरेको रिपोर्टमा मानन्धरको राजीनामाले उक्त क्षेत्रका मतदाता रुष्ट रहेकाले गलत कदम नचालन सुझाव दिइएको छ । उनीहरुले अर्का अध्यक्ष प्रचण्डलाई सोही रिपोर्ट पेश गरेका छन् । बर्दियावबाट त हारेका उनले काठमाडाैंबाट जित्न फलामको चिउरा चापएजस्तै हुने नेकपा नेताहरुको बुझाइ छ । काठमाण्डुबाट चुनाव लड्नु गौतमको लिँडेढिपी मात्रै भएको स्वयः नेकपाकै नेताहरु स्वीकार गर्छन् । नेकपाका काठमाडाैं– ७ बाट प्रदेशसभा निर्वाचित सांसदहरु बसन्त मानन्धर र प्रकाश श्रेष्ठले अहिलेको अवस्थामा रामवीर मानन्धरलाई राजीनामा गराएर वामदेव उठे पराजित हुने रिपोर्ट पेस गरेपछि प्रचण्डसमेत झस्किएका छन् । \"\" सांसद मानन्धरले पार्टी अध्यक्ष प्रचण्डलाई राजीनामा स्वीकृत गर्ने प्रस्ताव बुझाएका थिए । गत सोमबार बसेको सचिवालयको बैठकमा महासचिव विष्णु पौडेलले उनको प्रस्ताव पढेर सुनाएका थिए । यो प्रस्ताव सुनेपछि रक्षामन्त्री ईश्वर पोखरेल, नेता भीम रावललगयातका नेताहरुले आपत्ति जनाइरहेका छन् । प्रचण्डको प्रस्तावमा सचिवालय बैठकमा इश्वर पोखरेलले विरोध गरेका थिए । पत्र पढिसकेपछि पोखरेलले विरोध स्वरुप भने, ‘यो गलत हुन्छ, नगरौं ।’ नेकपाका महासचिव विष्णु पौडेलले वामदेवलाई उपनिर्वाचन नलड्न सुझाव दिएका छन् । उनले एकपटक हारिसकेको व्यक्ति जताबाट उठेपनि हार्ने नै भएकाले त्यो गल्ती नदोहोर्याउन आग्रह गरेका छन् । उनले भने , ‘अब चाहीँ उहाँलाई काठमाडाैं ७ मा मात्रै होइन, यो प्रतिनिधिसभाको उपनिर्वाचनमा नै नलड्नु उचित हुन्छ भन्ने लागेको छ मलाई । मैले चाहिँ उहाँलाई काठमाडाैं ७ मा नजानुस् भनिसकेको छु ।’ \"\"   स्रोतका अनुसार मानन्धरले राजीनामा दिनेबारे शुरूमा प्रचण्ड र गाैतमसँग सल्लाह गरेका थिए । राजीनामाबारे अोलीलार्इ थाहा पत्ताे थिएन् । शुरूमा अोली निकट मानिएका सांसद् मानन्धरले अाफुलार्इ केहि जानकारी नदिइ सिधै प्रचण्डको गएको भन्दै अोली रूष्ट थिए । राजीनामा दिनेबारे प्रचण्ड र गाैतमबाहेक नेकपा अन्य नेताहरू बेखबर थिए । तत्कालिन एमाले एक नेतालार्इ काठमाडाैं-७ बाट उठाएर अाफुलार्इ हराउने सुचना पाएलगत्तै गाैतम चुनाव उठ्न ब्याक भएको उनी निकट एक नेताले बताए । र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies