/  Mon, December 17, 2018

जुम्लामा प्रहरीको ‘विशेष सुरक्षा योजना’ सञ्चालन

जुम्ला । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘विशेष सुरक्षा योजना’ सञ्चालन गरेको छ ।

नेपालीको महान् पर्व विजयादशमी तथा तिहारलाई लक्षित गरी प्रहरीले ‘विशेष सुरक्षा योजना’ सञ्चालन गरेको हो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतलगायत यहाँका सबै जिल्लाका बस्ती तथा टोलमा आपराधिक घटना नघटुन् भन्ने उद्देश्यले यो योजना सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।

‘विशेष सुरक्षा योजना’अन्तर्गत हामीले नेपालगञ्जलगायत बाहिरी जिल्लाबाट सुर्खेत भित्रिने हरेक सवारीसाधनलाई कडा जाँच गरेका छौँ”, प्रवक्ता चौधरीले भने“यसमा तालीम प्राप्त कुकुरले सुँघेर गरिने अवैध मालसमान जाँच निकै प्रभावकारी बनेको छ ।”

प्रहरीले काठमाडौँ, नेपालगञ्जबाट प्रवेश गर्ने प्रवेशद्वार सुर्खेतको सुब्बाकुनामा जाँच प्रक्रियालाई तीव्र बनाएको छ भने जिल्लाभित्रसमेत मदिरा तथा जुवातास नियन्त्रण, गाँजा फँडानी, घरेलु मदिरा बरामद तथा नष्ट गर्दै आएको छ । त्यसको साथै प्रहरीले अहिलेसम्म सरकारी तथा सामुदायिक विद्यालय, बस्ती, समुदाय, टोलटोलमा सचेतनामूलक कार्यक्रम गर्दै आएको प्रवक्ता चौधरीले बताए ।

“चाडबाडसम्बन्धी सुरक्षा व्यवस्थालाई मजबुत बनाएका छौँ”, उनले भने “सवारी दुर्घटना न्यूनीकरण गर्न, घरेलु हिंसा, लागुऔषध, अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण, मानव बेचबिखन, बाल तथा महिला हिंसा र साइबर अपराधसम्बन्धी जनचेतनामूलक तथा अन्तक्र्रिया कार्यक्रमलाई पनि अभियानमा रुपमा अघि बढाइएको छ ।”

यसका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्लाका २६ वटै प्रहरी एकाइलाई आआफ्नो वडा एरियामा नागरिकका लागि शान्ति सुरक्षा महसुस गर्ने गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको जनाइएको छ । रासस

अशोज २५ गते, २०७५ - १३:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिसोसँगै हुम्ला फेरिँदै, चिसो छल्न जिल्ला बाहिर जाँदै

हुम्ला । हिउँद लागेसँगै हिमाली जिल्ला हुम्लामा चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै हुम्लाका बासिन्दा...   
घ्याङ्लेख गाउँपालिकामा नेकपाको सबै वडा कमिटी गठन (नामसहित)

घ्याङ्लेख गाउँपालिकामा नेकपाको सबै वडा कमिटी गठन (नामसहित)

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) घ्याङलेख गाउँपालिकाका ५ वटै वडामा नेकपा वडा कमिटी गठन...   
कंग्रेस नेता कमलनाथले डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिने

कंग्रेस नेता कमलनाथले डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिने

भारतीय कंग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ...   
अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने चेतावनी

अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं । सरकारले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेशको बिरोधमा उत्रेको प्राविधिक सञ्जाल नेपालले...   
मान्छेको मृत्यु भएको केहि मिनेटसम्म आफैँलाई थाहा हुने अनुसन्धानबाट पत्ता लाग्यो

मान्छेको मृत्यु भएको केहि मिनेटसम्म आफैँलाई थाहा हुने अनुसन्धानबाट पत्ता लाग्यो

न्युयाेर्क । मानव मस्तिष्कले मृत्यु भएको केही मिनेटसम्म थाहा पाउने भन्दै केही वैज्ञानिकहरुले पुष्टि...   

एउटा कोठामा चार वटा कक्षा सञ्चालन

धादिङ । एउटा कोठामा पनि सबै विद्यार्थीलाई पढाउन नहुने भएपछि भिन्दाभिन्दै सेक्सन बनाएर पढाइ गर्ने...   
कोइला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु भएको आशङ्का

कोइला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु भएको आशङ्का

नयाँदिल्ली । उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी...   
यस्ता छन् थोरै मानिसमा मात्र हुने विशेष पाँच शारीरिक क्षमता

यस्ता छन् थोरै मानिसमा मात्र हुने विशेष पाँच शारीरिक क्षमता

अलौकिक शक्ति भएका मानिसहरु ‘कमिक्स’ र वैज्ञानिक आख्यानका विषयवस्तु हुन्। तर केही मानिसहरूसँग...   

पाल्पा जीप दुर्घटनाः मृत्यु हुनेको संख्या ५ पुग्यो

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पा आर्गीडाँडामा बिहीबार राति भएको जिप दुर्घटनामा मृत्यु...   

नेकपाको स्थायी कमिटी बैठक भोली बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । बैठक दिउँसो...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top